नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार २२, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • नेकपा केपी ओली समूहका २ लाख कार्यकर्ता काठमाडौँमा
नेकपा केपी ओली समूहका २ लाख कार्यकर्ता काठमाडौँमा
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, माघ २३, २०७७ बागेश्वरी पोस्ट
नेकपा केपी ओली समूहका २ लाख कार्यकर्ता काठमाडौँमा
फाइल फोटो

काठमाण्डौं।नेकपाको ओली समूहको जनसभा शुक्रबार दरबारमार्गमा हुँदैछ । प्रधानमन्त्री एवं नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले सम्वोधन गर्ने उक्त सभामा दुई लाख कार्यकर्ता उतारिने प्रदेश संगठन कमिटी अध्यक्ष आनन्दप्रसाद पोखरेलले जानकारी दिएका छन् ।

उनका अनुसार काठमाडौंका तीन जिल्लाबाट र केही नजिकका जिल्लाबाट गरी दुई लाख कार्यकर्ता नारायणहिटी संग्रहालय अगाडि हुने जनसभामा सहभागी हुनेछन् । उक्त जनसभामा प्रधानमन्त्री ओलीसहित तीन जना शीर्ष नेताहरुले सम्बोधन गर्ने भएका छन् । ‘अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धिमार्फत राजनीतिक स्थायित्वका लागि ताजा जनादेश’ भन्ने नाराका साथ हुने जनसभालाई प्रधानमन्त्री ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले सम्बोधन गर्ने भएका हुन् ।

नेकपा बागमती प्रदेश सङ्गठन कमिटीले सभामा काठमाडौँ उपत्यकासहित बागमती प्रदेशका १३ जिल्ला र देशभरिबाट पार्टी नेता, कार्यकर्ता र समर्थक आउने बताएको छ । मध्याह्न १२ बजेदेखि हुने सभाअघि काठमाडौँ उपत्यकाका १३ स्थानबाट सांगीतिक प्रस्तुतिसहित जुलुस निकालिने जनाइएको छ । पार्टीमा देखिएको सङ्कटबारे जानकारी दिन, सरकारले गरेका राम्रो कामको प्रचार गर्न, ताजा जनादेशमा जान र कम्युनिष्ट आन्दोलनलाई अझ एकताबद्ध गराउन सभा गर्न लागिएको आयोजकले जनाएको छ ।

सरकारले ताजा जनादेशमा जान भन्दै प्रतिनिधि सभा विघटन गरी आगामी बैशाख १७ र २७ गते आम निर्वाचनको घोषणा गरेको छ । तर यो मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले चुनाव हुने नहुने टुंगो छैन । प्रधानमन्त्रीले यो सम्बोधनमार्फत विशेष नयाँ कुरा बताउने दाबी उनी पक्षीय नेताहरुले गर्दै आएका छन् । विभिन्न सामाजिक संजालमार्फत नारायणहिटी अगाडि सम्वोधन गरेर ओलीले नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्नेसमेत चर्चा चलाइएको छ ।

प्रतिनिधिसभा विघटन भएपछि फुटेको नेकपाको प्रचण्ड–नेपाल समूहले काठमाडौंमा बृहत सभा गरेको थियो । उक्त सभामा भेला भएका कार्यकर्ताप्रति व्यङ्ग्य गर्दै ओलीले सभा कस्तो हुन्छ २३ गते देखाइदिने बताएका थिए । यसका लागि पनि यो समूहले जिल्लाजिल्लाबाट कार्यकर्ता भेला गरेको जनाइएको छ । बिहीबारमात्र सुरक्षाकर्मीको स्कर्टिङमा गाडीमा कार्यकर्ताहरु ल्याइएको बताइएको छ । मध्यान्ह १२ बजेपछि दरबारमार्गमा कार्यक्रम हुनेछ । त्यसअघि उपत्यकाका विभिन्न रुटबाट नारा जुलुससहित सभास्थलमा नेता कार्यकर्ता पुग्नेछन् ।हाम्राकुराबाट


प्रकाशित मिति: शुक्रबार, माघ २३, २०७७  ०९:५३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP