नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असार १९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • नेपालगन्जको ट्याक्टर कम्पनीले सहमती पालना नगरेको भन्दै तालाबन्दी
नेपालगन्जको ट्याक्टर कम्पनीले सहमती पालना नगरेको भन्दै तालाबन्दी
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, माघ २४, २०७७ बागेश्वरी पोस्ट
नेपालगन्जको ट्याक्टर कम्पनीले सहमती पालना नगरेको भन्दै तालाबन्दी
नेपालगन्जको खजुरा रोडमा रहेको क्षेत्रीय कार्यालयमा तालाबन्दी गर्दै

नेपालगन्ज । कोरोना महामारी चलिरहेका बेला गत असार १ गते राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ र ३ जोड्ने बाँकेको अगैयास्थित सिक्टा ब्यारेजबाट ट्याक्टर खस्दा दुई जनाको घटनास्थलमै मृत्यु भयो ।

ना ७ त ५१८ नम्बरको उक्त ट्याक्टर ब्यारेजको रेलिङ भत्काएर राप्ती नदीमा खसेको थियो । दुर्घटनामा राप्तीसोनारी गाउँपालिका वडा नम्बर ३ निवासी ट्याक्टर चालक १८ बर्षका सुनिल थारु र अर्का २५ बर्षिय चुर्णबहादुर थारुको मृत्यु भयो । दुर्घटनाबाट मृत्यु भएका सुनिलको परिवारलाई ट्याक्टर धनी रामसिंङ थारुले ब्यक्तिगत रुपमा ५ लाख रुपैयाँ क्षतिपुर्ति दिए ।

दुर्घटनाग्रस्त ट्याक्टरको उनीसँग न ब्लुबुक थियो, न त बीमा नविकरण । रामसिंङले एक वर्षअघि मात्र दुगड ब्रदर्श एण्ड सन्स प्रा.लि.अन्तर्गतको ‘जोन डियर’ कम्पनीको उक्त ट्याक्टर खरिद गरेका थिए । उनले खरिद गरे वापत डेढ लाख रुपैयाँ कम्पनीलाई बुझाउनुपर्ने बाँकी रहँदै ट्याक्टर दुर्घटनामा परेपछि कम्पनी र ट्याक्टर धनीबीच द्धन्द्ध सुरु भयो ।

ट्याक्टर कम्पनी बिस्तारै आफ्नो जिम्मेवारीबाट पन्छिन थाल्यो । कम्पनीले ट्याक्टरको बीमा नविकरण नगरिदिएकै कारण रामसिंङले मृतकका परिवारलाई ब्यक्तिगत रुपमा ५ लाख क्षतिपुर्ति दिए । आर्थिक रुपले मारमा परेका रामसिंङले क्षतिग्रस्त ट्याक्टर मर्मत गर्न सक्ने सम्भवै थिएन । उनले कम्पनीलाई ट्याक्टर मात्र मर्मत गरिदिन आग्रह गरे ।

पार्वतीपुरस्थित सोरुममा तालाबन्दी गर्दै

ईलाका प्रहरी प्रहरी कार्यालय कोहलपुरमा रामसिंङ र ट्याक्टर कम्पनीका कर्मचारीबीच केही महिनाअघि एउटा सहमती भयो । ‘मैले ट्याक्टर खरिद गरेर लगेपनि मलाई कम्पनीले ब्लुबुक दिएको थिएन, अनि बीमा नविकरण पनि गर्न छुटाइदिएछ, ट्याक्टर दुर्घटनामा परेपछि मात्र मलाई थाहा भयो, कि बीमा गरिएको रहेनछ,’ उनले भने ‘दुर्घटनाको भोलिपल्ट मात्र कम्पनीले बीमा नविकरण गरेछ ।’ रामसिंङ भन्छन्, ‘दुर्घटनामा मैले छोरो गुमाए, कम्पनीले बिमा नविकरण नगरिदिएका कारण ब्यक्तिगत रुपमा अर्का मृतकको परिवारलाई ५ लाख क्षतिपुर्ति दिए, कमाई गरेर खाने ट्याक्टर क्षतिग्रस्त अवस्थामा छ, कम्पनीले ट्याक्टर बनाईदिन्छु भन्छ, तर बनाउँदैन ।’

उक्त सहमती अनुसार ट्याक्टर मर्मत गरिदिने कम्पनीका कर्मचारीले प्रतिवद्धता जनाए । तर, सो सहमतीलाई कम्पनीले अहिलेसम्म पनि पालना नगरेपछि रामसिंङ मानसिक तनावमा छन् । रामसिंङमाथी कम्पनीले गरेको अन्यायविरुद्ध स्थानीय बासिन्दाले शुक्रबार जोड डियर ट्याक्टरको पार्वतीपुरस्थित सोरुम र नेपालगन्ज खजुरा रोडमा रहेको क्षेत्रीय कार्यालयमा तालाबन्दी गरिदिए ।

उक्त आन्दोलनको अगुवाई गरेका राप्तीसोनारी गाउँपालिका वडा नम्बर ३ का युवा सन्तोष चौधरीका अनुसार तालाबन्दी पश्चात कम्पनीले आइतबार बार्तामा बसेर समस्या समाधान गर्ने आश्वासन दिएको छ ।


प्रकाशित मिति: शनिबार, माघ २४, २०७७  ०९:५४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
३५० क्षमताको जेलमा ८७२ कैदीबन्दी, संसदीय समितिले देख्यो दयनीय अवस्था
३५० क्षमताको जेलमा ८७२ कैदीबन्दी, संसदीय समितिले देख्यो दयनीय अवस्था
बाँके जिल्ला स्तरीय चौथो नागरिक सम्मेलन सम्पन्न
बाँके जिल्ला स्तरीय चौथो नागरिक सम्मेलन सम्पन्न
गैसस महासंघ बाँकेको अध्यक्षमा मन भण्डारी
गैसस महासंघ बाँकेको अध्यक्षमा मन भण्डारी
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP