prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, भदौ २, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • बाँकेका सरकारी कार्यालय प्रमुखहरुको बैठक नरैनापुरमा सम्पन्न
बाँकेका सरकारी कार्यालय प्रमुखहरुको बैठक नरैनापुरमा सम्पन्न
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, मंसिर ५, २०७६ बागेश्वरी पोस्ट
बाँकेका सरकारी कार्यालय प्रमुखहरुको बैठक नरैनापुरमा सम्पन्न

नरैनापुर ( बाँके )।बाँके जिल्लाभरीका सरकारी कार्यालयका प्रमुखहरुको बैठक बिहीवार नरैनापुर गाउँपालिकामा बसेको छ। हरेक महिना नियमित रुपमा बस्दै आएको बैठक गत बर्षदेखि गाउँपालिका स्तरमा पनि बस्न थालेको हो ।

प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काको अध्यक्षता तथा बाँके क्षेत्र नम्बर १ ‘क’ की प्रदेश सभा सांसद् कृष्णा केसी नमुनाको प्रमुख आतिथ्यता एवम् नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहको विशिष्ट आतिथ्यता र सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेका प्रमुख एसपी दिपक अधिकारी, बाँके जिल्ला प्रहरी प्रमुख एसपी वीर बहादुर वलीको  आथित्यमा बसेको बैठकमा विकासमा पछाडि परेको नरैनापुर गाउँपालिकामा विशेष प्राथमिकताका साथ काम गर्नुपर्नेमा जोड दिइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले बताए ।

बैठकमा स्थानीय समस्यालाई समयमै समाधान गर्दै विकास निर्माणका कामलाई जनताले महसुस गर्ने गरी द्रुत गतिमा अघि बढाउनुका साथै प्रभावकारी जनसेवामा ध्यान दिनुपर्ने आवश्यकता औंल्याइएको थियो । गाउँपालिकामा रहेका विभिन्न विषयगत कार्यालयहरुलाई पनि प्रभावकारी सेवा प्रवाहका लागि प्रतिबद्ध रहनुपर्नेमा जोड दिइएको थियो। सांसद  नमुनाले बर्षौंसम्म विकासमा पछि परेको बघौडा क्षेत्रको विकासका लागि आफू प्रतिबद्ध भएर लागेको बताउँदै जनतालाई प्रभावकारी सेवा सुविधा प्रवाह गर्नेदेखि विकासका काममा कार्यालय प्रमुखहरुले समन्वय र सहकार्य गर्नुपर्ने बताइन् ।

गाउँपालिका अध्यक्ष शाहले विस्तारै विकासमा गति लिँदै गरेको नरैनापुर गाउँपालिकामा सरकारी कार्यालयहरुले विशेष ध्यान दिनुपर्ने बताए । बैठकपछि प्रमुख जिल्ला अधिकारी खड्काको नेतृत्वमा रहेको सरकारी टोलीले नेपाल भारत सीमा क्षेत्रको निरीक्षणसमेत गरेको थियो । अर्को महिनाको बैठक राप्तीसोनारी गाउँपालिकामा बस्नेछ ।


प्रकाशित मिति: बिहीबार, मंसिर ५, २०७६  १९:३०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लायन्य क्लब अफ नेपालगञ्जका पदाधिकारीको  सपथ ग्रहण
लायन्य क्लब अफ नेपालगञ्जका पदाधिकारीको सपथ ग्रहण
बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु
बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु
गैसस महासंघ लुम्बिनी रणनीतिक र प्रभावकारी कार्यक्रममा केन्द्रित
गैसस महासंघ लुम्बिनी रणनीतिक र प्रभावकारी कार्यक्रममा केन्द्रित
मारुती नन्दन अर्डर एण्ड सप्लायर्सलाई २० हजार रुपैयाँ जरिवाना
मारुती नन्दन अर्डर एण्ड सप्लायर्सलाई २० हजार रुपैयाँ जरिवाना
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP