prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, साउन १६, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • विश्व रेडियो दिवसमा सामुदायिक रेडियोको चर्चा: रेडियो नै सशक्त माध्यम हुन्
विश्व रेडियो दिवसमा सामुदायिक रेडियोको चर्चा: रेडियो नै सशक्त माध्यम हुन्
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, माघ ३०, २०७७ बागेश्वरी पोस्ट
विश्व रेडियो दिवसमा सामुदायिक रेडियोको चर्चा: रेडियो नै सशक्त माध्यम हुन्

नेपालगञ्ज । दशौं विश्व रेडियो दिवसका अवसरमा नेपालगञ्जमा अन्तरक्रिया गरिएको छ । हरेक बर्षको फेब्रुअरी १३ तारिखमा मनाइने विश्व रेडियो दिवसको यस बर्षको नारा नयाँ विश्वःनयाँ रेडियो रहेको छ ।

paribartan 1

विपत् र महामारीमा सामुदायिक रेडियोले खेलेको भूमिकाका विषयमा गरिएको अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले बाढी, पहिरो, डुवान, भूकम्प, कारोना, आगलागी लगायतका विपत्मा सामुदायिक रेडियोहरुले खेलेको भूमिका प्रशंसनीय भएको बताउँदै आउँदा दिनहरुमा पनि समाजको भावनालाई सम्बोधन गर्दै समय सापेक्ष हुनुपर्नेमा जोड दिएका छन् । उनीहरुले रेडियोले आफूले प्रशारण गर्ने सामग्री र विषयबस्तुलाई समयानुकुल बनाउनुपर्ने बताए । रेडियो शैलीलाई स्रोताको रुची र चाहना अनुरुप परिमार्जन गरेर लैजान सके सान्दर्भिकता अझ बढ्ने सहभागीहरुको भनाई छ ।

सामुदायिक रेडियो प्रशारक संघ लुम्बिनी प्रदेशको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख अतिथि बरिष्ठ साहित्यकार प्राज्ञ सनतकुमार रेग्मीले रेडियो अहिले पनि सशक्त सञ्चार माध्यम भएको बताउँदै रेडियोले समय सापेक्ष आफ्नो शैली बदल्दै स्रोतामुखी हुनुपर्ने आवश्यकता औंल्यानुभयो । समाजका हरेक तप्कालाई समेट्ने गरी कार्यक्रम र समाचार उत्पादन हुन सके त्यसले समाजको सही प्रतिनिधित्व गर्ने रेग्मीको भनाई छ । राजनीतिक परिवर्तन र विपत्मा रेडियाहरुले खेलेको भूमिका अतुलनीय रहेको रेग्मीले बताउनुभयो ।

सामुदायिक रेडियो प्रशारक संघका बरिष्ठ उपाध्यक्ष अर्जुन गिरीले रेडियोका स्रोता घटेको भन्ने भ्रम मात्र रहेको बताउँदै विभिन्न सर्वेक्षणहरुले रेडियोको स्रोता नघटेको देखाएको उल्लेख गर्र्नुभयो । रेडियो सधैं जिवित रहने भन्दै बरिष्ठ उपाध्यक्ष गिरीले रेडियोहरु समुदायका सम्पत्ति भएकाले सबैले जगेर्ना गर्न हातेमालो गर्नुपर्नेमा जोड दिनुभयो । गिरीले सरकारको अव्यवहारिक संचार नीति रेडियो विकासको बाधक बनिरहेको टिप्पणी गर्नुभयो । स्थानीय सरकारहरुले मिडियासंग सम्बन्धित व्यक्तिहरुसंग घनीभूत छलफल गरेर परिपक्व र व्यवहारिक सञ्चार नीति बनाउनुपर्नेमा उहाँको जोड छ । विपत्मा रेडियोहरुको महत्व र आवश्यकता अझ बढेर गएको पुष्टि विभिन्न घटनाक्रमले गरिसकेको भन्दै बरिष्ठ उपाध्यक्ष गिरीले रेडियाहरुले पनि आफ्नो आन्तरिक जीवनमा रुपान्तरण गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर उमा थापा मगरले रेडियोलाई प्राथमिकतामा राखेर काम गरिरहेको भन्दै मिडिया नीति बनाएर मिडियाको विकास गर्ने गरी काम अन्तिम चरणमा पुगेको बताउनुभयो । राप्तीसोनारी गाउँपालिकाकी उपाध्यक्ष धनी कुमारी खत्रीले मिडियाले विपत्मा राम्रो भूमिका खेलेको बताउँदै स्थानीय सरकार र मिडिया बीच अझ गहिरो सहकार्य हुनुनपर्नेमा जोड दिनुभयो । मिडियाका लागि स्थानीय सरकारले बजेट बढाउनुपर्ने उहाँको धारणा छ ।

अन्तरक्रिया कार्यक्रममा संविधानसभा सदस्य मोहम्मदी सिद्दिकीले ग्रामीण समुदायमा रेडियोको महत्व उस्तै रहेको चर्चा गर्दै सामाजिक सद्भाव अभिबृद्धि र कोरोना महामारीमा रेडियोले खेलेको भूमिका कदरयोग्य रहेको बताउनुभयो । नेपाल पत्रकार महासंघका पूर्व महासचिव पोषण केसीले विपत्, महामारी र राजनीतिक परिवर्तनहरुमा रेडियोहरुले खेलेको भूमिका अतुलनीय रहेको बताउनुभयो । नेपाल पत्रकार महासंघका पूर्व उपाध्यक्ष हेमन्त कर्माचार्यले रेडियोको दिगो विकासका लागि सबै गम्भीर बन्नुपर्ने बताउँदै संख्यात्मक बृद्धि भएपनि गुणात्मकतामा ध्यान पुग्न नसकेको टिप्पणी गर्नुभयो ।

सामुदायिक रेडियो प्रशारण संघ लुम्बिनी प्रदेश कमिटि अध्यक्ष केपी घिमिरेको सभापतित्वमा भएको अन्तरक्रिया कार्यक्रममा सामुदायिक रेडियो प्रशारक संघका उपाध्यक्ष भुवनसिंह सुनार, प्रदेश कमिटि सदस्यद्वय इन्द्र प्रसाद श्रेष्ठ र चेतकान्त भट्टराई, गैरसरकारी संस्था महासंघ नेपाल बाँकेका अध्यक्ष नमस्कार शाहले मन्तब्य व्यक्त गर्नुभएको थियो । अन्तरक्रिया कार्यक्रमको छलफल सत्रमा बरिष्ठ सञ्चारकर्मी कमल विके निर्मोही, रेडियो गुर्बावाकी स्टेशन म्यानेजर पुष्पा चौधरी, भुवरभवानीकी स्टेशन म्यानेजर विमला चौधरी, कृष्णसारकी सावित्री गिरी, प्रेस युनियन बाँकेका सचिव विजय मल्ल, डेक नेपालका जीवन गिरी, पत्रकारहरु गोविन्द आचार्य, प्रियास्मृति ढकाल, कमल खत्री, मधु पौडेल, जिल्ला बाल क्लब संजाल बाँकेकी अध्यक्ष मेनका रावतले रेडियोको महत्व, आवश्यकता र सुधार गर्नुपर्ने पक्षबारे बोल्नुभएको थियो ।


प्रकाशित मिति: शुक्रबार, माघ ३०, २०७७  १७:१२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यथास्थितिमा मिडिया काउन्सिल विधेयक मान्दैनौंः पत्रकार महासंघ बरिष्ठ उपाध्यक्ष आचार्य
यथास्थितिमा मिडिया काउन्सिल विधेयक मान्दैनौंः पत्रकार महासंघ बरिष्ठ उपाध्यक्ष आचार्य
प्रेस युनियनको 'सय दिने सदस्यता विशेष अभियान' सुरु
प्रेस युनियनको 'सय दिने सदस्यता विशेष अभियान' सुरु
प्रधानमन्त्रीको भारत भ्रमणमा 'नेपालगञ्ज–दिल्ली हवाई उडान' लाई एजेण्डा बनाउन माग
प्रधानमन्त्रीको भारत भ्रमणमा 'नेपालगञ्ज–दिल्ली हवाई उडान' लाई एजेण्डा बनाउन माग
आज साउन १५ खिर खाएर मनाइँदै
आज साउन १५ खिर खाएर मनाइँदै
paribartan 2 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP