नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असार १८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • 'बार र बेञ्चवीच अन्योन्याश्रित सम्बन्ध'
'बार र बेञ्चवीच अन्योन्याश्रित सम्बन्ध'
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, फागुन १, २०७७ बागेश्वरी पोस्ट
'बार र बेञ्चवीच अन्योन्याश्रित सम्बन्ध'

नेपालगन्ज । उच्च अदालत दाङ तुलसीपुरका मुख्य न्यायाधीश निता गौतम दिक्षितले न्यायपूर्ण समाज स्थापनाका लागि न्यायमूर्तिहरु सक्षम र कटिबद्ध रहेको बताउनुभएको छ ।

उच्च अदालत बार एसोसिएसन नेपालगन्जको तेस्रो साधारणसभामा बोल्दै प्रमुख अतिथि दिक्षितले नागरिकलाई न्याय दिलाउने बार र बेञ्चको साझा उद्देश्य रहेको बताउँदै गहिरो अनुसन्धानले मात्र उचित न्याय निरुपण हुने भएकाले कानुन व्यवसायीहरु संवेदनशील र सतर्क हुनुपर्नेमा जोड दिनुभयो ।

पछिल्लो समय समाज असहिष्णु भइरहेको भन्दै उहाँले त्यसको असर न्यायमा पनि पर्ने जोखिमका वीच संवैधानिक सर्वोच्चता र विधिको शासन अनुरुप न्याय निरुपण हुने वताउनुभयो । उच्च अदालत तुलसीपुर बुटवल इजलासका वरिष्ठतम् न्यायाधीश शिवराज अधिकारीले न्यायपालिकालाई सुदृढ तरिकाले अघि बढाउन बारको भूमिका हुने भन्दै बार र वेञ्चवीच अन्योन्याश्रित सम्बन्ध रहेको बताउनुभयो । बार र वेञ्च एक रथका दुई पांग्रा भएको उहाँको भनाई छ ।

अधिकारीले वारलाई आफ्नो बारेमा समिक्षा गर्दै व्यवसायिक उत्तरदायित्व वहनका निम्ति गम्भीर बन्न आग्रह समेत गर्नुभयो । उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासका वरिष्ठतम् न्यायाधीश रत्न बहादुर बागचनले सुक्ष्म र विस्तृत अनुसन्धानले उचित निर्णयमा पुग्न सहज हुने भएकाले कानुन व्यवसायीहरुको अहम् भूमिका हुने बताउनुभयो ।

उद्घाटन सत्रमा नेपाल बार एसोसिएसनका वरिष्ठ उपाध्यक्ष सुनिल कुमार श्रेष्ठले संवैधानिक संकटमा बारले अग्रणी भूमिका खेल्दै आएको स्मरण गराउँदै अहिलेको संकटलाई पनि सर्वोच्च अदालतले उचित निर्णय गरेर निकास दिने विश्वास ब्यक्त गर्नुभयो । बारका महासचिव लिलामणि पौडेलले मुलुकमा संवैधानिक सर्वोच्चता नरहेको भन्दै राज्यका हरेक निकायहरु अख्तियारको दुरुपयोग गर्न उद्यत रहेको बताउनुभयो । पौडेलले प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक भएको बताउनुभयो ।

साधारणसभाको उद्घाटन सत्रमा नेपाल बार एसोसिएसनका उपाध्यक्ष मीन बहादुर महत, बाँके जिल्ला अदालतका न्यायाधीश षडानन्द तिवारी, वरिष्ठ अधिबक्ता गिरिवर प्रसाद अग्रवाल, नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा.धवल शमशेर राणा, उपमेयर उमा थापा मगर, बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ, बाँके जिल्ला अदालत बार एसोसिएसनका अध्यक्ष जनक बहादुर शाही, बर्दिया जिल्ला अदालत बार एसोसिएसनका अध्यक्ष काशीराम चौधरी, नेपाल पत्रकार महासंघका पूर्व महासचिव पोषण केसी, राष्ट्रिय बाणिज्य बैंक लुम्बिनी प्रदेश कार्यालय नेपालगन्ज प्रमुख आनन्द सुवेदी, राष्ट्रिय मानव अधिकार आयोग नेपालगन्जकी द्वारिका अधिकारीले शुभकामना मन्तव्य ब्यक्त गर्नुभएको थियो ।

उच्च अदालत बार एसोसिएसन नेपालगन्जका अध्यक्ष विकास आचार्यको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा उपाध्यक्ष रामगोपाल बर्माले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको संचालन सचिव चित्र बहादुर शाही र सहसचिव कुसुमा बस्यालले गर्नुभएको थियो । त्यसक्रममा विभिन्न ब्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।


प्रकाशित मिति: शनिबार, फागुन १, २०७७  १७:१६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
३५० क्षमताको जेलमा ८७२ कैदीबन्दी, संसदीय समितिले देख्यो दयनीय अवस्था
३५० क्षमताको जेलमा ८७२ कैदीबन्दी, संसदीय समितिले देख्यो दयनीय अवस्था
बाँके जिल्ला स्तरीय चौथो नागरिक सम्मेलन सम्पन्न
बाँके जिल्ला स्तरीय चौथो नागरिक सम्मेलन सम्पन्न
गैसस महासंघ बाँकेको अध्यक्षमा मन भण्डारी
गैसस महासंघ बाँकेको अध्यक्षमा मन भण्डारी
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP