prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, साउन ६, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • ओली सरकारले राज्यशक्तिको चरम दोहन गर्दै, संगठन विस्तारको लागि अर्थसँग माग्यो १० अर्ब
ओली सरकारले राज्यशक्तिको चरम दोहन गर्दै, संगठन विस्तारको लागि अर्थसँग माग्यो १० अर्ब
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, फागुन ३, २०७७ बागेश्वरी पोस्ट
ओली सरकारले राज्यशक्तिको चरम दोहन गर्दै, संगठन विस्तारको लागि अर्थसँग माग्यो १० अर्ब
फाइल फोटो

नेपालगन्ज। प्रधानमन्त्री केपी शर्मा ओली समूहले शनिबार बुटवलमा राजनीतिक सभाको आयोजना गर्यो । प्रधानमन्त्री केपी शर्मा ओली सो सभाका प्रमुख वक्ता थिए । आफ्नै समूहले आयोजना गर्ने सबै जसो सभाहरुमा ओली नै प्रमुख वक्ता हुने गरेका छन् ।

paribartan 1

उनकै सम्बोधन सुनाउनका लागि सो समूहका नेताहरुले देशव्यापी रुपमा ओलीको माग गर्ने गरेका छन् । तर त्यो सभामा प्रधानमन्त्री ओलीलाई लैजान कार्यकर्ता वा त्यहाँको पार्टी कमिटीले खर्च गरेको छ त भन्ने प्रश्न उठ्न थालेको छ । गत शुक्रबार काठमाडौंमा विशाल सभाको आयोजना भयो। आमसभामा पूर्वदेखि पश्चिम नेपालसम्मका मानिसहरुको सहभागिता रहेको थियो । स्थानीय सरकार पनि कतिपय स्थानमा ओलीकै कब्जामा भएकाले राजधानीमा मानिसहरु ल्याउन स्थानीय नगरपालिका र गाउँपालिका प्रमुखहरुले सरकारी खर्च प्रयोग गरेका छन् ।

कतिपय गाउँपालिका र नगरपालिकाहरुका प्रमुख र मेयरहरुले मान्छे ओसार्न प्रयोग गरिएको गाडी भाडा भुक्तानी गर्न नमान्ने कार्यकारी प्रमुखलाई गाउँपालिका छाडेर जान धम्की दिइरहेका छन् । चितवन, बुटवल लगायतका सभामा जान प्रधानमन्त्री ओलीले पार्टीको खर्च गरेका छैनन्। उनले नेपाली सेनाको हेलिकोप्टरलाई भाडा तिरेर पार्टीका सभामा सम्बोधन गरिरहेका छन् । मानिसहरुलाई काठमाडौं बाहिरबाट काठमाडौं ल्याउन र काठमाडौंबाट अतिथि बाहिर लैजान नै सरकारी रकम दूरुपयोग हुन थालेको प्रधानमन्त्री कार्यालयका एक अधिकारीले बताए ।

काठमाडौं मानिस ल्याउन के कति खर्च कसको प्रायोजनामा भयो भन्ने केही खुलेको छैन । तर पनि सहजै अनुमान गर्न सकिन्छ कि ओलीले सत्ताको राम्रै दूरुपयोग गरेका छन् । त्यस्तै बुटवल र चितवनमा भएका सभामा पनि राज्यशक्तिको दूरुपयोग भएको थियो । अब फागुन ८ गते विराटनगरमा हुने सभा पनि ओलीले प्रदेश संसद र स्थानीय तहबाट खर्च गराएर मानिसहरु जम्मा पार्दै भाषण गर्नेछन् । ‘यतिबेला राज्यको साधन र स्रोतमाथि दाइँ गर्दै आफ्नो गुट विस्तारमा लागेका छन् ।

राज्यको साधन र स्रोतमाथि उनले गरेको ज्यादती विगतका शासकको भन्दा सयौँ गुणा बढी भएको सहजै अनुमान गर्न सकिन्छ’, प्रधानमन्त्री कार्यालयका एक सरकारी अधिकारीले भने । ओली गुट विस्तार र यस्तै आमसभाका लागि भन्दै अर्थमन्त्रालयबाट विभिन्न शीर्षकमा बजेट निकासा गर्न थालिएको छ। अर्थ मन्त्रालयका बजेट महाशाखाका एक अधिकारीका अनुसार पछिल्ला दिनमा अल्पमतमा रहेको नेकपाको ओली गुटले गुट विस्तारका लागि भन्दै अर्थमन्त्रालयमा बजेट माग गरेका छन् ।

राज्यसँग पैसा नभएको भन्दै माग गरेकै भरमा पैसा दिन नसकिने अर्थमन्त्रालयका ती अधिकारीको भनाइ छ । ती अधिकारी भन्छन्, ‘पछिल्ला दिनमा बजेटमा व्यवस्था भए भन्दा झण्डै १० अर्ब बराबरको बजेट थप माग भइ आएको छ । त्यसको अन्तर्यमा गुट विस्तार नै रहेको छ ।’ ओलीले निर्वाचन घोषणा गरेपछि पनि पार्टीका विभिन्न कार्यक्रमहरु गरेर राज्यशक्तिको दोहोन गरिरहेका छन् । उनले पार्टीकै कार्यक्रममा चितवनदेखि बुटवलसम्म देशका विभिन्न भागमा नेपाली सेनाको हेलिकोप्टर प्रयोग गरेका छन् ।

लाखौंलाख खर्च गरेर पार्टीको कार्यक्रममा सहभागी भएकाले पनि यतिबेला कामचलाउ सरकारले शक्ति दुरुपयोग गरेको हो । पार्टीकै कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा ‘बादल’, उर्जामन्त्री टोपबहादुर रायमाझी, उपप्रधानमन्त्री ईश्वर पोखरेल तथा उद्योगमन्त्री लेखराज भट्टले शक्तिको दुरुपयोग गरेका हुन् । ओलीले नेकपा फुटेपछि स्थानीय स्तरका मैले काम गरेको छु भन्ने देखाउनसमेत शक्तिको दुरुपयोग गरेका हुन् । यतिबेला राज्यकोषको पैसामा हाल हाल्ने र अनियमित तरिकाले खर्च गर्न नै पाइँदैन ।

तर ओलीले जुनखालको आर्थिक दुरुपयोगलाई संस्थागत गरेका छन त्यसले आगामी दिनमा समेत राम्रो सन्देश गएको छैन । राज्यशक्ति दुरुपयोगकै क्रममा करिब तीन महिना पहिले निर्माण सम्पन्न भएको हो, ढल्केबर सवस्टेसन नेपाल विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङको जोडबलमा नै सम्पन्न भएको हो । तर राज्यको साधन र स्रोतमाथि धुलो उडाएर अरूलाई देखाउनका लागि नै भनेर ओली हेलिकप्टर चढेर ढल्केबर पुगेर उद्घाटन गरे । प्राधिकरणका कार्यकारी निर्देशकले नै सो परियोजना उद्घाटन गर्न सक्थे वा ऊर्जामन्त्रीले नै गर्न सक्थे ।

तर प्रतिघण्टा एक लाख ५० हजार बराबरको भाडा पर्ने सेनाको हेलिकप्टर दुरुपयोग गर्दे उदघाटन गर्न पुगेका थिए । त्यहाँ पुगेर उनले चुनावी भाषण जस्तै गरी सभालाई सम्बोधन गरेका थिए । त्यस्तै राज्यको स्रोत र साधनको दुरुपयोग गर्दै पर्वतको कुस्मा पुगे । प्राधिरकणले ५० प्रतिशत मात्रै काम सकिएको बताएको प्रसारण लाइनको उद्घाटन गरेर अर्को चटक गरेका थिए ओलीले। प्रतिनिधि सभा विघटन गरेर निर्वाचन घोषणा गरेको सरकारको कामचलाउ प्रधानमन्त्रीले विकास निर्माणका काम, घोषणा, शिलान्यास, उद्घाटनसमेत गर्न पाउँदैनन् ।

तर ओली आफूलाई नियमित प्रधानमन्त्री जसरी नै कानुन, विधि र संविधानमाथि चुनौति दिएर सरकारी रकमको दुरुपयोग गरिरहेका छन् । झण्डै एक वर्ष पहिले निर्माण सम्पन्न भएको दाङको पुल यहिबेला उद्घाटनमा पनि पुगे । एक महिना अघि दाङ पुगेका ओलीले शनिवार बुटवल पुगेर लुम्बिनी केवलकारको उद्घाटन गरे। त्यसक्रममा बुटवलको सभालाई सम्बोधन गरे । यसले के देखाउँछ भने ओली आफ्नो पक्षमा नेकपाका नेता कार्यकर्ता तान्दै निर्वाचनको माहोल खडा गर्न शिलान्यास उद्घाटन तथा संगठन निर्माण गर्न राज्यकोषको दुरुपयोग गरिरेका छन् ।हाम्राकुराबाट साभार।


प्रकाशित मिति: सोमबार, फागुन ३, २०७७  ११:२३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
वीपी कोइरालाको ४३औं स्मृति दिवसमा बाँकेमा विभिन्न कार्यक्रम गरिँदै
वीपी कोइरालाको ४३औं स्मृति दिवसमा बाँकेमा विभिन्न कार्यक्रम गरिँदै
नेकपा एमाले शिक्षा तथा मानव स्रोत विभागद्वारा सम्मान
नेकपा एमाले शिक्षा तथा मानव स्रोत विभागद्वारा सम्मान
नेपालगञ्ज-१८ मा काँग्रेसको वडा कार्यालय निर्माण द्रुत, तीनै तहको सरकारसंग सहयोगको अपेक्षा
नेपालगञ्ज-१८ मा काँग्रेसको वडा कार्यालय निर्माण द्रुत, तीनै तहको सरकारसंग सहयोगको अपेक्षा
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP