Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, भदौ २९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • 'योगी नरहरिनाथलाई चिनौं, बुझौं, पूर्वीय दर्शन अंगालौं'
'योगी नरहरिनाथलाई चिनौं, बुझौं, पूर्वीय दर्शन अंगालौं'
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, फागुन ७, २०७७ बागेश्वरी पोस्ट
'योगी नरहरिनाथलाई चिनौं, बुझौं, पूर्वीय दर्शन अंगालौं'

नेपालगञ्ज । 'योगी नरहरिनाथलाई चिनौं' भन्ने अभियान थालिएको छ । विश्व हिन्दु महासंघ नेपालले यसको अगुवाई गरिरहेको छ । फागुन १७ गते योगी नरहरिनाथको जन्मजयन्तिमा देशभरका उहाँका आश्रमहरुमा विशेष कार्यक्रम राखिएको छ ।

विश्व हिन्दु महासंघका कर्णाली प्रदेश अध्यक्ष ऋषिकेशजंग शाहले पशुपतिनाथको मृगस्थली, देवघाटसंगै देशभरका योगी नरहरिनाथका आश्रममा उहाँको सम्झनामा विशेष कार्यक्रम गर्न लागिएको जानकारी दिनुभयो । नेपालगञ्जमा आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष शाहले योगी नरहरिनाथले देखाएको बाटोमा अगाडि बढ्नुको विकल्प अब नरहेको बताउनुभयो ।

No description available.

"जसले हाम्रो देशको भूमीको विचारलाई संकलन गरेर, कितावहरु निकालेर, यसका दस्ताबेजहरु तयार गरेर, प्रमाणका आधारमा इतिहास खोजर, पुरातत्व खोजेर बाटो देखाउनुभएको छ, उहाँलाई चिनौं, उहाँले देखाएको बाटोमा हिंडौं । यो भूमीका लागि उत्पन्न भएको विचार नै पूर्वीय दर्शन हो, यो विचार नै उत्कृष्ट रहेछ । योगी नरहरिनाथले देखाएको बाटोको देशले समीक्षा गर्नुपर्छ, सबै राजनीतिक दलहरुले समीक्षा गर्नुपर्छ, राम्रा कुरालाई ग्रहण गरेर राष्ट्र निर्माणमा लागौं," शाहले भन्नुभयो । बैदिक सनातन धर्ममा आस्था राख्ने ९४ प्रतिशत ओमकार परिवारलाई एकताबद्ध भएर अघि बढ्न उहाँले आह्वान गर्नुभयो । "नेपालमा धर्मनिरपेक्षता लागू भइसकेपछि हाम्रो धर्म, संस्कृति, परम्परा, सभ्यता, लिपी, भाषा मानिसहरुले छोड्दै गएका छन्, विदेशी संस्कार संस्कृतिलाई अंगाल्दै गइरहेका छन्, यसले कहीँ पनि समृद्धिको छेउँ टुप्पो देखिँदैन," शाहले भन्नुभयो ।

विश्वकै एक मात्र हिन्दु राष्ट्रको पहिचान मेटाएर ठूलो भूल गरिएको भन्दै शाहले सबै एककृत भएर आफ्नो संस्कार र संस्कृतिलाई जोगाउने बेला आएको बताउनुभयो । "मानव सभ्यताको विकास भएको भनिएको भूमी, प्राणी जगतका सृष्टिकर्ता महादेवको निवासस्थल भनिएको माटोलाई चिन्न नसक्दा अहिले अन्योलग्रस्त अवस्थामा छौं," उहाँले भन्नुभयो । अध्यक्ष शाहले देवघाटमा पञ्चभाषा विश्वविद्यालय स्थापना गर्ने निर्णय गरिएको पनि जानकारी दिनुभयो ।

२०३८ सालमै श्रीलंकामा भएको विश्व हिन्दु सम्मलेनमा यो निर्णय भएकाले यसलाई अब विश्व हिन्दु महासंघले अघि बढाउने निर्णय गरेको शाहले बताउनुभयो । योगी नरहरिनाथकै अगुवाई र पहलमा २०३८ सालमै उक्त निर्णय भएको उहाँले जानकारी दिनुभयो । पञ्चभाषा विश्वविद्यालयका संरक्षक योगी पिताम्बरले नेपालीहरुले आफ्नो संस्कार संस्कृतिको अध्ययन गर्दै त्यसलाई अंगीकार गर्नुपर्नेमा जोड दिँदै योगी नरहरिनाथलाई सबै नेपालीहरुले कम्तिमा चिन्नु र बुझ्नुपर्ने बेला आएका बताउनुभयो ।


प्रकाशित मिति: शुक्रबार, फागुन ७, २०७७  ११:५२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आज हरितालिका तीज, शिव–पार्वतीको पूजा गर्दै व्रत बस्दै महिला
आज हरितालिका तीज, शिव–पार्वतीको पूजा गर्दै व्रत बस्दै महिला
रुकुम पश्चिम जिप दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु,९ जना घाइते
रुकुम पश्चिम जिप दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु,९ जना घाइते
सल्यानमा बोलेरो जिप दुर्घटना: दुई जनाको मृत्यु, ४ घाइते 
सल्यानमा बोलेरो जिप दुर्घटना: दुई जनाको मृत्यु, ४ घाइते 
लुम्बिनी प्रदेशमा भदाै २९ गते सार्वजनिक बिदा
लुम्बिनी प्रदेशमा भदाै २९ गते सार्वजनिक बिदा
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP