Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, भदौ २८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • गणेशमान सिंहको त्यो गाडी जसले पायो पुनर्जीवन
गणेशमान सिंहको त्यो गाडी जसले पायो पुनर्जीवन
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, फागुन १४, २०७७ बागेश्वरी पोस्ट
गणेशमान सिंहको त्यो गाडी जसले पायो पुनर्जीवन

नेपालगन्ज।नेपाली कांग्रेसका सर्वमान्य नेता, लौह पुरुष तथा जनआन्दोलन २०४६ का सर्वोच्च कमान्डर गणेशमान सिंह चढ्ने गरेको ऐतिहासिक गाडी मर्मत गरी सिंहकै निवास चाक्सीबारीमा संरक्षण गरिएको छ ।

नेपाली कांग्रेसका नेता तथा पर्यटन व्यवसायी राजेन्द्र बजगाईँको पहलमा गाडीको मर्मत गरी चाक्सीबारीमै लगेर राखिएको छ । ‘एक जना ऐतिहासिक नेताको सम्पत्ति संरक्षण गर्नुपर्छ भनेर काम थालेका हौं’ बजगाईले भने, ‘यही गाडी चढेर गणेशमानजीले मुलुकमा ऐतिहासिक सफलता दिलाउनुभयो ।’

नैतिकता बचाउन लोभ र ईर्ष्या त्याग्नुपर्छ भनेर आजीवन प्रजातन्त्रका लागि लड्नु भएका गणेशमानजीका हरेक सामाग्रीहरूको संरक्षण गर्नुपर्छ भन्ने लक्ष्य अनुरूप प्राथमिकताका साथ गाडीको मर्मत र संरक्षण गरिएको नेता बजगाँइले बताए । ‘यही गाडी चढेर उहाँले नेपालको राजनीतिलाई ठुलो सफलता दिलाउनुभयो, प्रजातन्त्र स्थापित गराउनुभयो र नेपाली जनतालाई निरंकुश ताको पन्जाबाट बचाउनुभयो त्यसैले एउटा इतिहास बचाउने प्रयास गरिएको हो’ बजगाइँले भने ।

वि.स. २०४२ सालमा आफ्ना सुपुत्र प्रकाशमान सिंहको शुभ विवाहमा सोही गाडी चढेर गोरखा जन्ती आउनुभएको कांग्रेस नेतृ तथा गणेशमानकी बुहारी सिर्जना सिंह स्मरण गर्दै भन्छिन्, ‘०४२ सालअघि नै खरिद गर्नुभएको रहेछ पछि सत्याग्रहको बेला नेता कृष्णप्रसाद भट्टराईसँग सोही गाडीमा देश दौडाहामा निस्किनुभयो, ०४६ सालको आन्दोलन सशक्त बनाउने पनि सोही गाडी धेरै प्रयोग गर्नुभएको हो ।’

कांग्रेस नेता बिपी कोइरालाको निधनपछि सर्वोच्च नेताका रूपमा सिंहले २०४२ सालको सत्याग्रह आन्दोलन सुरु गरेका थिए । पछि उनैको नेतृत्वमा २०४६ सालको जनआन्दोलन सफल भएको थियो । अमेरिकन कम्पनीको उक्त गाडी चाक्सीबारीमै राखिएको थियो ।

सत्याग्रह आन्दोलन, जिल्ला जिल्लामा कार्यकर्ता भेटघाट देखि ०४६को आन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्रीको प्रस्तावका लागि दरबार बोलाउँदा पनि गणेशमान सोही गाडीमा चढेर पुगेका थिए । त्यति मात्र नभई पीएल सिंहले पनि काठमाडौंको मेयरका रूपमा उम्मेदवार भई मत माग्न घरदैलो जाँदा पनि सोही गाडी प्रयोग गरिएको इतिहास छ ।हाम्राकुराबाट।


प्रकाशित मिति: शुक्रबार, फागुन १४, २०७७  १३:३२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादव दिइन् राजीनामा
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादव दिइन् राजीनामा
बीपी कोइरालाको ११३औं जन्मजयन्तीमा कांग्रेस बाँकेद्वारा माल्यार्पण
बीपी कोइरालाको ११३औं जन्मजयन्तीमा कांग्रेस बाँकेद्वारा माल्यार्पण
सामाजिक सञ्जालमा गालीगलौज रोक्न एमाले बाँकेको चेतावनी, ‘स्क्रिनसट पुस्तिका बनाएर घर–घर पठाउँछौँ’
सामाजिक सञ्जालमा गालीगलौज रोक्न एमाले बाँकेको चेतावनी, ‘स्क्रिनसट पुस्तिका बनाएर घर–घर पठाउँछौँ’
जेनजी आन्दोलनको एक वर्ष: सडकमा उठेको प्रश्नको जवाफ अब परिणामबाट खोजिँदै
जेनजी आन्दोलनको एक वर्ष: सडकमा उठेको प्रश्नको जवाफ अब परिणामबाट खोजिँदै
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP