prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, भदौ २, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • जनकपुरबाट बुद्ध एयरको उडान जहिल्यै ढिला ! [सूचीसहित]
जनकपुरबाट बुद्ध एयरको उडान जहिल्यै ढिला ! [सूचीसहित]
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, असोज ३०, २०७६ बागेश्वरी पोस्ट
जनकपुरबाट बुद्ध एयरको उडान जहिल्यै ढिला ! [सूचीसहित]

जनकपुर । सांसद साहले तोडफोड गरेपछि डोमेस्टिक उडानमा विमानहरू समयमा नउड्ने गरेको तथ्यलाई सतहमा ल्याइदिएको छ । जनकपुरबाट काठमाडौंका लागि उडान गर्ने बुद्ध एयरको विमान कहिल्यै निर्धारित समयमा नउड्ने गरेको यात्रुहरूको गुनासो रहँदै आएको छ ।

बुद्ध एयरका जनकपुरस्थित स्टेसन म्यानेजर विजयप्रसाद सिंह भने विगतमा उडान ढिला हुने गरेको भएपनि अहिले समयमै उड्ने गरेको दाबी गर्छन्, तर उनको दाबी झुटो रहेको नागरिक उड्डयन कार्यायल जनकपुरमा रहेको अभिलेख केलाउँदा पुष्टि हुन्छ ।

लोकान्तरले नागरिक उड्डयन कार्यालय जनकपुरमा पुगेर उदाहरणका रूपमा २०७६ वैशाख र असोज महिनाको अभिलेख केलाउँदा समस्या सेवाग्राहीले भनेजस्तै रहेको पाइयो ।

वैशाख महिनामा बुद्ध एयरले जनकपुरबाट दैनिक दुई उडान गरेको थियो । पहिलो उडान बिहान ११ः२० र दोस्रो उडान साँझ ५ः१५ मा भएको थियो । तथ्यांक हेर्दा पहिलो उडान कहिल्यै समयमा भएको देखिँदैन, दोस्रो उडान भने केही दिन समयमा भएका छन् ।

वैशाख १ गतेको पहिलो उडान स्थगित भयो । काठमाडौंबाट जनकपुरका लागि उडान भरेपनि खराब मौसमका कारण जनकपुरबाट बिहान काठमाडौं फर्किन सम्भव भएन । 

वैशाख २ गतेको पहिलो उडान २ घण्टा ढिला भएको थियो भने दोस्रो उडानमा विमान निर्धारित समयभन्दा २० मिनेट ढिला गरी उड्यो ।

वैशाखमा उडान कुन दिन कति ढिला ? (सूची)

वैशाख १ : पहिलो उडान स्थगित, दोस्रो समयमै ।
वैशाख २ : पहिलो उडान २ घण्टा र दोस्रो २० मिनेट ढिला ।
वैशाख ३ : पहिलो उडान ३ घण्टा र दोस्रो २५ मिनेट ढिला ।
वैशाख ४ : पहिलो उडान डेढ घण्टा र दोस्रो ३५ मिनेट ढिला ।
वैशाख ५ :पहिलो उडान ५० मिनेट ढिला र दोस्रो समयमै ।
वैशाख ६ : पहिलो उडान १ घण्टा र दोस्रो १० मिनेट ढिला ।
वैशाख ७ : पहिलो उडान ४० मिनेट र दोस्रो १० मिनेट ढिला ।
वैशाख ८ : पहिलो उडान १ घण्टा ढिला र दोस्रो समयमै ।
वैशाख ९ : पहिलो उडान २ घण्टा र दोस्रो १५ मिनेट ढिला ।
वैशाख १० : पहिलो उडान २ घण्टा र दोस्रो४५ मिनेट ढिला ।
वैशाख ११ : पहिलो उडान ४ घण्टा ढिला र दोस्रो स्थगित ।
वैशाख १२ : पहिलो उडान साढे २ घण्टा र दोस्रो ४५ मिनेट ढिला ।
वैशाख १३ : पहिलो उडान डेढ घण्टा र दोस्रो ४० मिनेट ढिला ।
वैशाख १४ : पहिलो उडान १ घण्टा ढिला र दोस्रो समयमै ।
वैशाख १५ : पहिलो उडान डेढ घण्टा ढिला र दोस्रो समयमै ।
वैशाख १६ : पहिलो उडान पौने २ घण्टा ढिला र दोस्रो समयमै ।
वैशाख १७ : पहिलो उडान सवा २ घण्टा र दोस्रो ४५ मिनेट ढिला ।
वैशाख १८ : पहिलो उडान डेढ घण्टा ढिला र दोस्रो समयमै ।
वैशाख १९ : पहिलो उडान डेढ घण्टा ढिला र दोस्रो समयमै ।
वैशाख २० : पहिलो उडान साढे २ घण्टा र दोस्रो आधा घण्टा ढिला ।
वैशाख २१ : पहिलो उडान डेढ घण्टा ढिला र दोस्रो समयमै ।
वैशाख २२ : पहिलो उडान डेढ घण्टा ढिला र दोस्रो समयमै ।
वैशाख २३ : पहिलो उडान ४५ मिनेट ढिला र दोस्रो समयमै ।
वैशाख २४ : पहिलो उडान डेढ घण्टा ढिला र दोस्रो समयमै ।
वैशाख २५ : पहिलो उडान डेढ घण्टा र दोस्रो ४० मिनेट ढिला ।
वैशाख २६ : पहिलो उडान पौने ३ घण्टा र दोस्रो १ घण्टा ढिला ।
वैशाख २७ : पहिलो उडान २ घण्टा र दोस्रो ३० मिनेट ढिला ।
वैशाख २८ : पहिलो उडान २ घण्टा र दोस्रो ३० मिनेट ढिला ।
वैशाख २९ : पहिलो उडान १ घण्टा ढिला र दोस्रो उडान स्थगित ।
वैशाख ३० : पहिलो र दोस्रो दुवै उडान स्थगित ।
वैशाख ३१ : पहिलो उडान १ घण्टा ढिला र दोस्रो समयमै ।

माथिको तथ्यांक हेर्ने हो भने दिनको पहिलो उडानमा बुद्ध एयर जनकपुरबाट कुनै पनि दिन समयमा उडेको देखिँदैन । अधिकत् ४ घण्टादेखि न्यूनतम ४० मिनेटसम्म डिले भएको छ । 

३१ मध्ये २८ वडा उडान १ घण्टादेखि ४ घण्टासम्म डिले भएका छन् । ३ वटा उडान मात्र १ घण्टाभन्दा कम समय डिले भएको देखिन्छ । 

यो तथ्यंकले यात्रुहरूले भोगिरहेको सास्तीलाई छर्लङ्ग पार्छ ।

अब चलिरहेको महिना असोजको तथ्यांक हेरौं । गएको जेठयता दैनिक ३ उडान हुँदै आएको छ । पहिलो उडान बिहान ९ः४०, दोस्रो दिउँसो २ः२० र तेस्रो साँझ ५ः०० बजेका लागि तोकिएको छ । तेस्रो अर्थात् साँझको उडानमा वैशाख महिनाको जस्तै केही ढिलाइ हुन्छ, तर पहिलो र दोस्रो उडान ३/४ घण्टासम्म डिले हुने गरेको छ ।

दैनिक ३ उडानमध्ये असोज महिनामा भएका पहिलो र दोस्रो उडानको सूची हेरौं ।

असोजमा उडान कुन दिन कति ढिला ? (सूची)

असोज १ : पहिलो उडान पौने ३ घण्टा र दोस्रो डेढ घण्टा ढिला । 
असोज २ : पहिलो उडान डेढ घण्टा र दोस्रो ३ घण्टा ढिला ।
असोज ३ : पहिलो उडान डेढ घण्टा र दोस्रो ३ घण्टा ढिला ।
असोज ४ : पहिलो उडान आधा घण्टा र दोस्रो डेढ घण्टा ढिला ।
असोज ५ : पहिलो र दोस्रो दुवै उडान १–१ घण्टा ढिला ।
असोज ६ : पहिलो उडान २ घण्टा र दोस्रो १ घण्टा ढिला ।
असोज ७ : पहिलो उडान २ घण्टा र दोस्रो ३ घण्टा ढिला ।
असोज ८ : पहिलो उडान २ घण्टा र दोस्रो ३ घण्टा ढिला । 
असोज ९ : पहिलो उडान डेढ घण्टा र दोस्रो २ घण्टा ढिला ।
असोज १० : पहिलो उडान आधा घण्टा र दोस्रो ३ घण्टा ढिला ।
असोज ११ : पहिलो उडान आधा घण्टा र दोस्रो ३ घण्टा ढिला । 
असोज १२ : पहिलो उडान आधा घण्टा र दोस्रो साढे २ घण्टा ढिला । 
असोज १३ : पहिलो उडान पौने ३ घण्टा ढिला, दोस्रो समयमै ।
असोज १४ : पहिलो र दोस्रो दुवै उडान १–१ घण्टा ढिला ।
असोज १५ : पहिलो उडान समयमै र दोस्रो उडान ३ घण्टा ढिला ।
असोज १६ : पहिलो उडान समयमै र दोस्रो उडान १ घण्टा ढिला ।
असोज १७ : पहिलो उडान समयमै र दोस्रो उडान १ घण्टा ढिला । 
असोज १८ : पहिलो उडान समयमै र दोस्रो आधा घण्टा ढिला । 
असोज १९ : पहिलो उडान १ घण्टा र दोस्रो ४० मिनेट ढिला । 
असोज २० : पहिलो र दोस्रो दुवै समयमा ।
असोज २१ : पहिलो उडान ४० मिनेट र दोस्रो आधा घण्टा ढिला । 
असोज २२ : पहिलो र दोस्रो दुवै समयमा ।
असोज २३ : पहिलो उडान समयमै र दोस्रोे डेढ घण्टा ढिला । 
असोज २४ : पहिलो उडान समयमै र दोस्रो १ घण्टा ढिला । 
असोज २५ : दुई उडान समयमै तेस्रो स्थगित ।
असोज २६ : पहिलो समयमा, दोस्रो र तेस्रो उडान स्थगित (शी चिनफिङको भ्रमण) ।
असोज २७ : पहिलो उडान २५ मिनेट, दोस्रो १५ मिनेट, तेस्रो २ घण्टा ३४ मिनेट, चौंथो ४० मिनेट र पाचौं ३० मिनेट ढिला । (शीको भ्रमणका कारण २६ गते स्थगित भएका उडानहरू पनि थपिएको)
असोज २८ : पहिलो २ घण्टा २४ मिनेट, दोस्रो ३ घण्टा ४५ मिनेट ढिला ।
असोज २९ : पहिलो २ घण्टा ५० मिनेट, दोस्रो ३ घण्टा मिनेट ढिला ।

वैशाखमा दिनको दोस्रो उडानमा केही सन्तोषजनक अवस्था रहेपनि असोजमा आउँदा दोस्रो उडान समेत ३ घण्टासम्म ढिला भएको देखिन्छ । उडान डिले हुने समस्यामा अहिले सुधार आएको भन्ने बुद्ध एयरका जनकपुरस्थित स्टेसन म्यानेजर विजयप्रसाद सिंहको दाबी शत्प्रतिशत झुटो रहेको यसबाट पुष्टि हुन्छ ।

बाहिरैको समस्या देखाएर पन्छिने काम !

उडानमा ढिलाइ किन हुन्छ भनेर सोध्दा जिम्मेवार अधिकारीहरूले बाहिरी समस्यालाई कारण देखाउँछन् । जनकपुर विमानस्थल प्रमुख सन्तोष ढकालका अनुसार जनकपुरमा विमान डिले हुनुको प्रमुख कारण त्रिभुवन विमानस्थल हो । ‘काठमाडौंमै पालो कुर्दाकुर्दै ढिला हुने गरेको छ,’ ढकालले भने, ‘पालो कुर्न जमिनमा वा आकाशमै प्लेन होल्ड गर्नुपर्ने हुँदा समस्या भएको हो ।’

विमानस्थलको ग्राउण्ड समय २० मिनेट जति दिएको हुन्छ, त्यही समयमा विमानको सरसफाइदेखि इन्धन भर्ने समेत काम गर्नु पर्दा समेत ढिला हुने गरेको जनकपुर विमानस्थलका एयर ट्राफिक कन्ट्रोलर मोहनकुमार ठाकुर बताउँछन् । 

तर, खास समस्या बुद्ध एयरको टाइट शेड्यूल र कम विमान रहेको स्रोतको दाबी छ । जनकपुरबाट उड्नुपर्ने विमान सोही समयमा अर्कै ठाउँबाट उडिरहेको अवस्था समेत देखिन्छ । बुद्ध एयरका जनकपुरस्थित स्टेसन म्यानेजर सिंहपनि टाइट शेड्यूल रहेको कुरालाई भने स्वीकार्छन् ।

जनकपुरबाट बुद्धका अलावा यति एयरलाइन्सले पनि उडान गर्छ । तर, यतिको विमान उड्न बुद्धको जस्तो ढिला नहुने गरेको यात्रुहरू बताउँछन् ।

विमानस्थलमा उडानको निर्धारित समयभन्दा आधा घण्टादेखि १ घण्टा पहिले नै यात्रुहरू पुग्ने गर्छन्, ४ घण्टासम्म ढिला हुँदा गाडीमै गन्तव्यमा पुग्नेजति समय विमानस्थलमा कुर्दैमा बित्ने गरेको छ । समय सबैका लागि महत्त्वपूर्ण छ, अझ बिरामीहरूले त समयमै उपचार नपाउने खतरा झनै चिन्ताजनक छ । 


प्रकाशित मिति: बिहीबार, असोज ३०, २०७६  १३:३६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लायन्य क्लब अफ नेपालगञ्जका पदाधिकारीको  सपथ ग्रहण
लायन्य क्लब अफ नेपालगञ्जका पदाधिकारीको सपथ ग्रहण
बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु
बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु
गैसस महासंघ लुम्बिनी रणनीतिक र प्रभावकारी कार्यक्रममा केन्द्रित
गैसस महासंघ लुम्बिनी रणनीतिक र प्रभावकारी कार्यक्रममा केन्द्रित
मारुती नन्दन अर्डर एण्ड सप्लायर्सलाई २० हजार रुपैयाँ जरिवाना
मारुती नन्दन अर्डर एण्ड सप्लायर्सलाई २० हजार रुपैयाँ जरिवाना
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP