prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, साउन १७, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • फेसबुकमा 'गल्र्स आउट लाउड' ग्रुप मार्फत् संगठित हुँदै किशोरी
फेसबुकमा 'गल्र्स आउट लाउड' ग्रुप मार्फत् संगठित हुँदै किशोरी
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, फागुन १७, २०७७ बागेश्वरी पोस्ट
फेसबुकमा 'गल्र्स आउट लाउड' ग्रुप मार्फत् संगठित हुँदै किशोरी

नेपालगञ्ज । बाँके र सिन्धुलीका ५० जना किशोरीहरुलाई जोडेर सिर्जना बज्राचार्यले फेसबुकमा 'गल्र्स आउट लाउड' नामक फेसबुक ग्रुप खोलेर अभियानको सुरुवात गर्नुभयो । क्याम्पेन स्पेससिष्ट बज्राचार्यले शुरु गरेको यो अभियानमा अहिले देशभरका ७ सय ५० जना किशोरी जोेडिएका छन् । लैंगिक समानताका लागि किशोरीहरुलाई सशक्त बनाउँदै फेसबुकलाई पावरका रुपमा अंगिकार गर्न 'गल्र्स आउट लाउड' अभियान थालिएको बज्राचार्य बताउनुहुन्छ ।

paribartan 1

"किशोरीहरुलाई इन्टरनेटमा जोड्दै अनलाइन प्लेटफर्ममा कसरी सुुरक्षित गर्न सकिन्छ भन्ने उद्देश्यले यो ग्रुप बनाएका हौं, अहिले विश्वभरका १८ मुलुकमा यो अभियान चलिरहेको छ", उहाँले भन्नुभयो-"किशोरीका इस्यु, समाजमा विद्यमान कुप्रथा, प्रजनन स्वास्थ्य लगायतका विषयमा पोष्ट गर्ने, शेर गर्ने, अन्तरक्रिया गर्ने, धारणा राख्ने, समस्या समाधानका उपाय पहिल्याउने, सोसल मिडियामा कसरी सुरक्षित हुने जस्ता कुरामा किशोरीहरुले मन्थन गर्छन् ।"

'गल्र्स आउट लाउड' अभियानलाई अझ सशक्त बनाउन प्लान इन्टरनेशनल नेपालले बाँके र बर्दियाका ४० जना किशोरीहरुलाई अभिमुखीकरण गरेको छ । नेपालगञ्जमा दुुई छुट्टाछुट्टै समूह बनाएर चार दिनसम्म चलेको अभिमुखीकरण कार्यक्रमको समापन समारोहमा प्रमुख अतिथि नेपालगञ्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापा मगरले प्लान इन्टरनेशलन नेपालले राम्रो सुरुवात गरेको भन्दै सोसल मिडियाको सही सदुपयोग गर्न सके त्यसले सकारात्मक परिणाम दिने बताउनुभयो । थापा मगरले 'गल्र्स आउट लाउड' किशोरीहरुले जान्नैपर्ने, बुझ्नैपर्ने थलोका रुपमा विकास हुनु अत्यन्त राम्रो भएको बताउनुभयो । "बोल्न नडराउनुुहोला, आफूलाई मात्र होइन साथीहरुलाई अप्ठेरो पर्दा पनि बोल्दिनुस्, सशक्तीकरणका लागि सबैले हातेमालो गर्नुपर्दछ", उपमेयर थापा मगरले भन्नुभयो । उहाँले नेपालगञ्जलाई सुरक्षित सहरका रुपमा विकास गर्न लागिपरेको बताउँदै सहरका गल्ली गल्लीमा बत्ती लगाइएको जानकारी दिनुभयो ।

प्लान इन्टरनेशनल नेपालकी सिनियर टेक्निकल एड्भाइजर रक्षा पौडेलले प्लानले विगत ४० बर्षदेखि बालबालिकाको क्षेत्रमा काम गर्दै आइरहेको जानकारी दिँदै इन्टरनेट र मोबाइलमा पहुुँच बढाएर किशोरीहरुलाई सशक्त बनाउन यो अभियान थालिएको बताउनुभयो । पौडेलले प्रविधिमा किशोरीहरुको पहुँच नहुंँदा र उनीहरुलाई सबल नबनाउँदासम्म लैंगिक समानता हुन नसक्ने बताउनुभयो ।

प्लान इन्टरनेशनल नेपालको बालविवाह रोकथाम परियोजना प्रमुख आशा बुढा मगरले सामाजिक सञ्जालमा किशोरीहरुलाई जोड्दै एकअर्कामा अन्तरक्रियात्मक बनाउन यो अभियान सफल बन्दै गएको बताउनुभयो । यो ग्रुपमा सक्रियरुपमा सहभागी भई अन्तरक्रियात्मक हुने, विचार आदानप्रदान गर्ने, धारणा बनाउने लगायतका क्रियाकलाप गर्ने किशोरीहरु मध्ये एक जनालाई हरेक महिनामा 'लाउडेष्ट गर्ल अफ द मन्थ' घोषणा गर्ने गरिएको बताउनुुभयो । यसमा अहिलसम्म बाँकेकै चार जना किशोरी 'लाउडेष्ट गर्ल अफ द मन्थ' घोषित भएर मोबाइल उपहार पाएको जानकारी दिनुुभयो ।

यो अभियान बालविवाह रोकथाम परियोजना अन्तर्गत् हो । अन्तर्राष्ट्रिय नारी दिवसको सन्दर्भ पारेर लैंगिक समानता र महिला सशक्तीकरणका लागि किशोरीहरुलाई संगठित बनाउन अभिमुखीकरण गरिएको हो । किशोरी चन्द्रकला थारुको सभापतित्वमा भएको समापन कार्यक्रममा बैजनाथकी दिपा दर्लामी र कोहलपुरकी विपना बुढाले तालिममा सिकेका कुराहरु व्यवहारमा उतार्न आफूहरु प्रतिबद्ध रहेको बताउनुभएको थियो ।

फोटो फिचर

No description available.

No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.


प्रकाशित मिति: सोमबार, फागुन १७, २०७७  १८:२३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यथास्थितिमा मिडिया काउन्सिल विधेयक मान्दैनौंः पत्रकार महासंघ बरिष्ठ उपाध्यक्ष आचार्य
यथास्थितिमा मिडिया काउन्सिल विधेयक मान्दैनौंः पत्रकार महासंघ बरिष्ठ उपाध्यक्ष आचार्य
प्रेस युनियनको 'सय दिने सदस्यता विशेष अभियान' सुरु
प्रेस युनियनको 'सय दिने सदस्यता विशेष अभियान' सुरु
प्रधानमन्त्रीको भारत भ्रमणमा 'नेपालगञ्ज–दिल्ली हवाई उडान' लाई एजेण्डा बनाउन माग
प्रधानमन्त्रीको भारत भ्रमणमा 'नेपालगञ्ज–दिल्ली हवाई उडान' लाई एजेण्डा बनाउन माग
आज साउन १५ खिर खाएर मनाइँदै
आज साउन १५ खिर खाएर मनाइँदै
paribartan 2 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP