नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार २२, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • ओली सरकार र पार्टीभित्र अल्पमतमा....
ओली सरकार र पार्टीभित्र अल्पमतमा....
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, फागुन २३, २०७७ बागेश्वरी पोस्ट
ओली सरकार र पार्टीभित्र अल्पमतमा....
फाइल फोटो

काठमाडौँ। तत्कालीन एमाले र तत्कालीन माओवादी केन्द्र एकीकरण भएर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई सर्वोच्च अदालतले बदर गरेपछि संसद्मा भएका सांसद कुन पार्टीको भन्ने प्रश्न उठेसँगै प्रधानमन्त्री केपी शर्मा ओली अल्पमतमा परेका छन्।

सर्वोच्चको फैसलापछि साबिक एमाले र माओवादी केन्द्र एकताबाट बनेको नेकपाको एकीकरण समेत भङ्ग भएपछि ओली अल्पमतमा परेका छन्। प्रतिनिधिसभामा साबिक नेकपाबाट एक सय ७४ सांसद रहेकोमा अहिले सभामुखसहित एक सय ७२ सांसद छन् तर त्यसमा एमालेको मात्रै १ सय २१ सांसद रहेकाले उनी अल्पमतमा परेका हुन्।

सरकारका बनाउन एक सय ३८ सांसद आवश्यक पर्नेछ तत्कालीन एमालेको तर्फबाट भने सानु शिवाको निधन भएको छ। एकीकरण भङ्ग भएसँगै अब ओलीलाई तत्कालीन एमालेका एक सय २० सांसदको मात्र समर्थन कायम रहनेछ। माओवादी केन्द्रसँग ५३ सांसद रहेका छन्। अब ओलीका लागि बहुमत कायम गर्न कम्तीमा १६ सांसद आवश्यक पर्छ। तर, ओली अल्पमतमा पर्नका लागि अब भङ्ग भएको नेकपा माओवादी केन्द्रले विश्वासको मत फिर्ता लिनुपर्छ। उसले फिर्ता लिए ओलीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ। यसले गर्दा ओली अप्ठेरोमा परेका छन्। त्यसमा माधव नेपाल निकटका सांसदहरूले ओली अब कुन दलको प्रधानमन्त्री भनेर प्रश्न उठाइसकेका छन्। माधव नेपाल समूहका नेता रावलले अब ओली कुन दलको तर्फबाट प्रधानमन्त्री बनेको भनेर प्रश्न उठाएका हुन्।

संविधानको धारा १०० मा विश्वासको मत र अविश्वासको प्रस्तावसम्बन्धी व्यवस्था छ। धारा १०० को उपधारा १ मा प्रधानमन्त्रीले कुनै पनि बखत आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने कुरा स्पष्ट गर्न आवश्यक वा उपयुक्त ठानेमा विश्वासको मतका लागि प्रतिनिधिसभासमक्ष प्रस्ताव राख्न सक्नेछ। यसअनुसार उनले विश्वासको मत लिन प्रस्ताव नगरे माओवादी केन्द्रले विश्वासको मत फिर्ता लिन सक्नेछ। उपधारा २ मा प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभासमक्ष प्रस्ताव राख्नुपर्नेछ भनिएको छ।

अब माओवादीले विश्वासको मत फिर्ता लिएमा यो धाराअनुसार नै विश्वासको मत लिन कोसिस गर्नेछन्। यसले गर्दा ओली केही दिन प्रधानमन्त्री भए पनि अबका दिनमा भने झन् समस्यामा परेका छन्। साथै तत्कालीनमा एमालेमा पदाधिकारीसहित बहुमत केन्द्रीय सदस्य माधव नेपालसँग रहेका छन्।हाम्राकुराबाट।


प्रकाशित मिति: आइतबार, फागुन २३, २०७७  २१:३५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP