prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, साउन ५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • पूर्वमाओवादी केन्द्रका मन्त्रीको पद धरापमा
पूर्वमाओवादी केन्द्रका मन्त्रीको पद धरापमा
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, फागुन २४, २०७७ बागेश्वरी पोस्ट
पूर्वमाओवादी केन्द्रका मन्त्रीको पद धरापमा

नेपालगन्ज। नपाल कम्युनिस्ट पार्टी (नेकपा) को नाम विवाद सर्वोच्च अदालतले टुङ्ग्याएसँगै नेपाली राजनीति थप अन्योलको अवस्थामा पुगेको छ।

paribartan 1

निर्वाचन आयोगले दल विभाजनको छिनोफानो नगरिरहेको अवस्थामा आइतबार अदालतले गरेको फैसलाले राजनीतिक जटिलता थपिएको छ। अदालतको फैसलाले राजनीतिलाई नै २०७५ जेठ ३ गते अगाडिको अवस्थामा पुर्‍याइदिएको छ । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बीच पार्टी एकता गरेर नपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेर गठन भएको सरकारको हैसियतमाथि प्रश्न उठेको छ । केपी शर्मा ओली नेतृत्वको सरकारमा रहेका केही मन्त्रीहरूको पद जान सक्ने अवस्थामा पुगेको छ ।

ओली पक्षमा लागेका पूर्व माओवादी केन्द्रका नेताहरू अर्थात् उनीहरूको सांसद पद धरापमा परेको छ । त्यति मात्र नभई ओली इतर पक्षमा लागेका पूर्व प्रधानमन्त्रीहरू माधव नेपाल, झलनाथ खनाललगायतको हैसियत के हुने भन्ने अन्योल सिर्जना भएको छ । उपनिर्वाचनबाट निर्वाचित जनप्रतिनिधि र नेकपाबाट निर्वाचित राष्ट्रियसभा सदस्यको कानुनी हैसियत के हुने भन्ने पनि प्रश्न उठेको छ। यी सबै विषयमा कानुनविद् तथा राजनीतिक दलका नेताहरूले प्रस्ट रूपमा कानुनी तर्क दिन सकेका छैनन् । अदालतको फैसलाले तत्कालीन नेकपा एमालेभित्रका नेपाल–खनाल पक्षलाई ठुलो झट्का दिएको छ।

फैसलाले नेपाल–खनाल पक्षलाई ओली नेतृत्वको एमालेमै बस्नुपर्ने अवस्थामा पुर्‍याइदिएको छ। वरिष्ठ अधिवक्ता ओम प्रकाश अर्याल अदालतले राजनीतिक निकास दिनुको सट्टा थप अन्योल सिर्जना गरिएको तर्क राख्छन् । अधिवक्ता अर्याल भन्छन्, ‘अदालतले नयाँ दल दर्ता गर भन्नुको साटो कम्तीमा नाम संशोधन गर भन्नुपर्ने हो तर एकीकरण नै भत्काइदिएपछि राजनीतिक सङ्कट झन् बढेर गएको छ ।' ‘ओली–प्रचण्डका दुवै पक्षले आफ्ना सांसद, मन्त्री वा केन्द्रीय सदस्यहरूलाई फिर्ता बोलायो वा कारबाही गर्‍यो भने दुवै पक्षलाई कानुनी जटिलताहरू थपिन जान्छ, हाल मन्त्री समेत रहेका नेताहरूलाई फिर्ता बोलाएर सरकारको समर्थन फिर्ता लिएको खण्डमा सरकार नै अल्पमतमा पर्ने र मुलुक झनै अन्योल अवस्थामा फस्न सक्छ,’ उनले भने ।

तत्कालीन नेकपाबाट अहिले ओली पक्षमा लागेका राष्ट्रियसभा सदस्य रामबहादुर थापा बादल, प्रतिनिधि सभाका सांसदहरू टोपबहादुर रायमाझी, प्रभु साह, लेखराज भट्ट, मणि थापाको सांसद पद धरापमा पर्ने त निश्चित छ नै उनीहरूको मन्त्री पद गएपछि ओली नेतृत्वको सरकार नै ढल्न सक्ने आकलन गरिएको छ । अदालतको फैसलासँगै ओलीको प्रधानमन्त्रीको हैसियत संविधानको धारा ७६ (२) अनुसार हुन पुगेको छ। धारा ७६ (१) को प्रधानमन्त्रीलाई विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता छैन।

तर, धारा ७६ (२) को प्रधानमन्त्रीले सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्ने बाध्यता रहेको वरिष्ठ अधिवक्ता अर्यालको बुझाइ छ । माओवादी केन्द्रको समर्थनमा प्रधानमन्त्री बनेका ओली उक्त दलले समर्थन फिर्ता लिने बित्तिकै अल्पमतमा पर्नेछन् । त्यसो हुँदा उनले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने बाध्यता छ । प्रतिनिधिसभा विघटन गर्दा १ सय ७२ सांसद अर्थात् संसद्को ६४ प्रतिशत सदस्यको समर्थनमा आफू प्रधानमन्त्री भएको र आफ्नो नेतृत्वको सरकार नहुँदा संसद्बाट फेरि अर्को सरकार बन्न सक्ने अवस्था नरहेको दाबी गर्दै आएका ओली सरकार पनि धरमरको अवस्था पुगेको कानुनविद्हरूको भनाइ छ ।

माओवादी केन्द्रबाट समर्थन फिर्ता हुने बित्तिकै ओली अल्पमतमा पर्ने र विश्वासको मत जुटाउन हाल एमालेसँग रहेका १ सय २० सांसदमा अन्य दलबाट १८ जना सांसद थपे मात्र विश्वासको मत लिन सक्ने अवस्था रहेको देखिन्छ । जसका लागि माओवादी केन्द्र, कांग्रेस वा जसपाको समर्थन नभई एमालेले सरकार बनाउन सक्ने अवस्था देखिंदैन ।

राजनीतिक कानुनबारे जानकार राष्ट्रिय सभामा सांसद रामनारायण विडारी अदालतले बढी न्यायिक सक्रियता देखाउन खोजेर राजनीतिक अन्योल बढाएको बताउँछन् । उनी भन्छन्, ‘अदालतले राजनीतिक निकास दिनुपर्ने हो त्यो भएन, अब यसलाई सच्याउनका लागि पुनरावलोकन जाने वा निर्वाचन आयोगमा गएर हामी पार्टीको नाम परिवर्तन गराउन चाहन्छौं भनेर निवेदन गर्न सकिन्छ ।’ यस्तो खालको फैसलाले दुवै पक्षका नेताहरूलाई समस्या भएको विडारीको भनाइ छ । उनी भन्छन्, ‘कुनै पनि नेताहरू नैतिकताका हिसाबले पुरानो घरमा फर्किन सक्ने अवस्थामा छैनन्, अबको निकास भनेको नयाँ शिराबाट अघि बढ्ने मात्र हो ।’

विडारीको भनाइको आशयलाई आधार मान्ने हो भने पूर्व एमाले र पूर्व माओवादीको कित्ता छुट्याइदिएपछि सबैभन्दा अप्ठ्यारोमा माधवकुमार नेपाल, झलनाथ खनाल र उनको समूहमा रहेका करिब ४० जना सांसद परेका छन् । एमालेका १ सय २० सांसदमध्ये प्रचण्ड–नेपाल पक्षमा ४० सांसद रहेको उक्त पक्षले दाबी गर्दै आएको थियो । नेपाल पक्षलाई ठुलो समस्या यति बेला परेको छ । किनकि ओलीलाई कारबाही गरिसकेकाले ओली नेतृत्वको एमालेमा फर्किन सक्ने अवस्था पनि छैन ।

साबिक एमालेको केन्द्रीय कमिटीमा नेपाल पक्षीय नेताहरू ४० प्रतिशत भए पनि संसदीय दलमा ४० प्रतिशत पुग्ने अवस्थामा छैन । राजनीतिक दलसम्बन्धी ऐनको दफा ३३ अनुसार उनले दल विभाजन गर्न त सक्छन् तर त्यसरी पार्टी फुटाउँदा सांसद पद नरहन सक्ने संभावना धेरै छ । हाल संघीय संसद्को सदस्य, प्रदेशसभाको सदस्य वा स्थानीय तहको सदस्यले दल त्याग गर्ने व्यवस्था भए पनि त्यसको संभावना तत्काल देखिंदैन । राजनीतिक दल सम्बन्धी ऐनको परिच्छेद ६ मा दल त्यागको व्यवस्था छ।हाम्राकुराबाट।


प्रकाशित मिति: सोमबार, फागुन २४, २०७७  १९:०७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
वीपी कोइरालाको ४३औं स्मृति दिवसमा बाँकेमा विभिन्न कार्यक्रम गरिँदै
वीपी कोइरालाको ४३औं स्मृति दिवसमा बाँकेमा विभिन्न कार्यक्रम गरिँदै
नेकपा एमाले शिक्षा तथा मानव स्रोत विभागद्वारा सम्मान
नेकपा एमाले शिक्षा तथा मानव स्रोत विभागद्वारा सम्मान
नेपालगञ्ज-१८ मा काँग्रेसको वडा कार्यालय निर्माण द्रुत, तीनै तहको सरकारसंग सहयोगको अपेक्षा
नेपालगञ्ज-१८ मा काँग्रेसको वडा कार्यालय निर्माण द्रुत, तीनै तहको सरकारसंग सहयोगको अपेक्षा
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP