prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, साउन ५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • जसपालाई एकै समयमा बालुवाटार र बुढानीलकण्ठबाट निम्ता
जसपालाई एकै समयमा बालुवाटार र बुढानीलकण्ठबाट निम्ता
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, फागुन २८, २०७७ बागेश्वरी पोस्ट
जसपालाई एकै समयमा बालुवाटार र बुढानीलकण्ठबाट निम्ता

नेपालगन्ज। नेकपाको आधिकारिकता विवादको टुङ्गो सर्वोच्च अदालतले लगाएसँगै राजनीतिक परिदृश्य फरक हुँदै आइरहेको छ । यही परिदृश्यका बीच संसद्को चौथो ठुलो दल जनता समाजवादी पार्टी सत्ता समीकरणमा निर्णायक देखिएको छ ।

paribartan 1

सत्ता समीकरणका लागि निर्णायक देखिएको जसपाका नेताहरूले बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर आफ्ना शर्त राखिसकेका छन् । प्रधानमन्त्री ओलीसमेत जसपाले राखेका शर्तमा सहमत भएको दाबी गरिँदै छ । उनी जसपालाई विश्वासमा लिएर सत्ता टिकाउने मनस्थितिमा छन् । जसपाले प्रधानमन्त्री समक्ष रेशम चौधरीको मुद्दा फिर्ता र रिहाइ, मधेस आन्दोलनका आन्दोलनकारीहरूमाथि लगाइएका मुद्दा फिर्ता र संविधान संशोधन लगायतका शर्त राखेको थियो ।

संसद्को दोस्रो ठुलो दल कांग्रेस पनि जसपासँग सत्ता सहकार्यका लागि सक्रिय छ । कांग्रेस नयाँ सत्ता समीकरणमा माओवादी केन्द्र र जसपासँग सहयात्रा गर्दै अघि बढ्ने रणनीतिमा छ । सो रणनीति बनाउनका लागि कांग्रेसले आजै पदाधिकारी बैठकसमेत बोलाइसकेको छ । पदाधिकारी बैठकपछि आजै कांग्रेस सभापति शेरबहादुर देउवाले साँझ ४ बजे जसपाका नेताहरूलाई बुढानीलकण्ठ बोलाएका छन् ।

यसै गरी सोही समयमा प्रधानमन्त्री ओलीले समेत जसपा नेताहरूलाई बालुवाटार बोलाएका छन् । जसपा अध्यक्ष उपेन्द्र यादवले चार बजे छलफलका लागि कांग्रेस सभापति शेरबहादुर देउवाले बोलाएको जानकारी दिए । ‘चार बजे छलफलका लागि देउवा जीले बुढानीलकण्ठ बोलाउनु भएको छ, के कसरी अघि बढ्ने भन्ने विषयमा छलफल होला,’ नेता यादवले भने । जसपा नेतृ चन्दा चौधरीले चार बजे नै प्रधानमन्त्रीले छलफलका लागि बोलाएको जानकारी दिइन् ।

‘प्रधानमन्त्रीले हिजो पनि बोलाउनु भएको थियो, आज पनि चार बजे बोलाउनु भएको भन्ने छ, हाम्रो बैठक सकिएपछि जाने कुरा छ,’ नेतृ चौधरीले भनिन् । कांग्रेसले बोलाएको समय पारेर नै प्रधानमन्त्रीले किन बोलाए भन्ने बारे जसपा नेताहरूले बोल्न चाहेनन्। समय जुध्नु संयोग हो वा अरु केहि भन्ने प्रष्ट भएको छैन। संसदमा जसपाको ३४ जना सांसद छन् । यो संख्या हालका प्रधानमन्त्री ओलीलाई सत्तामा टिकाइ राख्न र कांग्रेस र माओवादी केन्द्र बीचको गठबन्धन बनेमासमेत निर्णायक हो ।

हाल जसपा भित्र पनि सत्ता गठबन्धनबारे दुई धार देखिएको छ । जसपाका नेताहरू बाबुराम भट्टराई र उपेन्द्र यादव देउवा(प्रचण्डसँग सहकार्य गरेर अघि बढ्नु पर्ने मनस्थितिमा छन् भने नेताहरू महन्थ ठाकुर र राजेन्द्र महतोसहित लक्ष्मणलाल कर्ण ओलीसँग नजिक देखिएका छन् ।हाम्राकुराबाट।


प्रकाशित मिति: शुक्रबार, फागुन २८, २०७७  १४:१७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
वीपी कोइरालाको ४३औं स्मृति दिवसमा बाँकेमा विभिन्न कार्यक्रम गरिँदै
वीपी कोइरालाको ४३औं स्मृति दिवसमा बाँकेमा विभिन्न कार्यक्रम गरिँदै
नेकपा एमाले शिक्षा तथा मानव स्रोत विभागद्वारा सम्मान
नेकपा एमाले शिक्षा तथा मानव स्रोत विभागद्वारा सम्मान
नेपालगञ्ज-१८ मा काँग्रेसको वडा कार्यालय निर्माण द्रुत, तीनै तहको सरकारसंग सहयोगको अपेक्षा
नेपालगञ्ज-१८ मा काँग्रेसको वडा कार्यालय निर्माण द्रुत, तीनै तहको सरकारसंग सहयोगको अपेक्षा
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP