नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार २२, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • माओबादी केन्द्रबाट एमालेमा गएका सांसदहरुको पद गुम्दै
माओबादी केन्द्रबाट एमालेमा गएका सांसदहरुको पद गुम्दै
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, चैत १, २०७७ बागेश्वरी पोस्ट
माओबादी केन्द्रबाट एमालेमा गएका सांसदहरुको पद गुम्दै

नेपालगन्ज। माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आइतबार बस्दैछ । बैठकमा पार्टीको नाम, आगामी रणनीति, नयाँ सरकार गठनका लागि अन्य दलहरुसँगको समीकरण र प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको समर्थन लगायतका विषयमा छलफल हुने बताइएको छ ।

त्यसैगरी बैठकमा माओवादी केन्द्रबाट सरकारमा सहभागी मन्त्री र एमालेको केन्द्रीय सदस्यमा मनोनित भएका २३ जना नेताहरुलाई कारबाही गर्ने लगायतका विषयमा पनि छलफल हुने नेताहरुले बताएका छन् । यसैबीच माओवादी केन्द्र त्यागेर नेकपा एमालेमा गएका नेताहरुको सांसद पद गुम्ने भएको छ । ओलीले २३ जनालाई एमालेको केन्द्रीय सदस्य नियक्त गरेसँगै माओवादीको तर्फबाट निर्वाचित सांसदहरुको पद कानुन बमोजिम गुम्ने भएको हो ।

मन्त्रीहरु रामबहादुर थापा बादल, लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह लगायतलाई केन्द्रीय सदस्य बनाए लगत्तै उनीहरुको सांसद पद गुम्ने भएको छ । राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३१ मा दल त्याग गर्न नहुने व्यवस्था छ । सो दफाको उपदफा १ मा कुनै पनि दलको तर्फबाट उम्मेद्वार भइ निर्वाचित संघीय संसद सदस्य, प्रदेश सभाको सदस्य वा स्थानीय तहको सदस्यले त्यस्तो पदको पदावधि कायम रहेसम्म जुन दलको उम्मेद्वार भइ निर्वाचित भएको हो त्यो दल त्याग गर्न नसक्ने उल्लेख छ ।

यस्तै उपदफा २ मा उपदफा १ बमोजिम कसैले दल त्याग गरे त्यस्तो सदस्यको पद जाने स्पष्ट व्यवस्था छ । त्यसैगरी उपदफा २ मा १ बमोजिम निर्वाचनमा प्रतिकुल हुनेगरी कुनै सदस्यले दल त्याग गरे निज निर्वाचित भएको पद दल त्यागेको मितिले रिक्त हुने उल्लेख छ । यदि माओवादी केन्द्रका सांसदहरुले पद जोगाउने हो भने ४० प्रतिशत सांसद पुर्याएर एमालेमा प्रवेश वा अर्को पार्टी खोल्न सक्ने व्यवस्था छ । यो हैसियतमा बादलहरु पुग्न नसक्ने भएकाले उनीहरुको पद गुम्ने निश्चित छ ।

माओवादीबाट एमालेमा गएका खानेपानी मन्त्री मणिचन्द्र थापाले त पद भन्दा विचार ठूलो कुरा भएको बताइसकेका छन् । केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब फेरि नयाँ आन्दोलनको आवश्यक भएको भन्दै नेता कार्यकर्तालाई एकीकृत गर्न खोजेका छन् ।


प्रकाशित मिति: आइतबार, चैत १, २०७७  १०:४९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP