prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, साउन ५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • नेपालले दिए ओलीलाई टक्कर,देशभर समानान्तर कमिटीको तयारी
नेपालले दिए ओलीलाई टक्कर,देशभर समानान्तर कमिटीको तयारी
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, चैत ३, २०७७ बागेश्वरी पोस्ट
नेपालले दिए ओलीलाई टक्कर,देशभर समानान्तर कमिटीको तयारी
फाइल फोटो

नेपालगन्ज। एमाले अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल पक्षलाई निषेध गरेर फागुन २८ गते बालुवाटारमा नेपाल पक्षीय नेतारुको जिम्मेवारी खोसेपछि राष्ट्रिय भेलामार्फत समानान्तर कमिटी निर्माणको तयारीमा लागेका छन् ।

paribartan 1

एकलौटी रुपमा नेपाल पक्षका नेताहरुको जिम्मेवारी खोसेपछि नेपाल पक्षले चैत ४ र ५ गते पार्टीको राष्ट्रिय भेला बोलाएर समानान्तर कमिटी बनाउन लागेका हुन् । देशव्यापी रुपमा समानन्तर कमिटी निर्माणको तयारीमा लाग्न आफू पक्षीय कार्यकर्ताहरुलाई निर्देशन दिइसकेका छन् । नेपाल पक्षले राष्ट्रिय भेलामार्फत आफ्ना कार्ययोजनाहरु तयार गर्ने भएको हो । राष्ट्रिय भेलामा केन्द्रीय सदस्य, सांसद, प्रदेश कमिटीका सदस्यहरु, जिल्ला कमिटीका पदाधिकारी, जनसंगठनका पदाधिकारी र जनसंगठनका जिल्ला अध्यक्षहरु सहभागी हुने बेदुराम भुषालले जानकारी दिए ।

‘केपी ओलीले एमालेलाई विभाजनको दिशामा लैजानु भयो, हामी पुनर्गठन गर्छौं,’ उनले भने। ओलीले नेपाल पक्षलाई बाइपास गरेर नेताहरुलाई जिम्मेवारीविहीन बनाएपछि गत शुक्रबार आकस्मिक रुपमा सो पक्षका स्थायी समिति सदस्यहरुको बैठक बसेको थियो । शनिबार केन्द्रीय सदस्यहरुको बैठक राखेको थियो ।

आइतबार पनि नेपाल पक्षका नेताहरुले राष्ट्रिय भेलाको तयारी गरेका थिए । नेपाल पक्षले राष्ट्रिय भेलाको आयोजना गरेपछि दबाबमा परेको ओली समूहले सोमबार नेपाल पक्षसँग कुराकानी गरेका थियो । कुराकानीको क्रममा ओली पक्षले भेला रोकेर मंगलबारको चियापान र ७ गतेको केन्द्रीय कमिटीको बैठकमा आउन आग्रह गरेको थियो । तर नेपाल समूहले २८ गतेको निर्णयलाई फिर्ता नलिएसम्म आफूहरुले कुनै पनि गतिविधि नरोक्ने चेतावनी दिएपछि वार्ता निष्कर्षविहीन भएको थियो ।

सोमबार ओलीसँगको भेटपछि सोमबार साँझ नेपाल पक्षीय नेताहरुले अर्याल होटलमा आफू निकटका सांसदहरुलाई ब्रिफिङ गरेका थिए । त्यस लगत्तै सोही समूहको स्थायी कमिटी सदस्यहरुबीच छलफल भएको थियो । सो छलफलले ओलीले आफूहरुलाई अल्मल्याउने नीति लिएको निष्कर्ष निकालेपछि राष्ट्रिय भेला नरोक्ने नीतिमा पुगेका छन् । महाधिवेशन हुन नसकेको अवस्थामा महाधिवेशनले गर्ने महत्वपूर्ण निर्णयहरु त्यसअघि नै गर्नुपरेमा राष्ट्रिय भेलाको आयोजना गरिन्छ ।

प्रधानमन्त्री ओलीले आफ्नो पक्षमा रहेका सांसदहरुविरुद्ध पनि केही कदम चाले के गर्ने भन्ने बारेमा पनि नेपाल पक्षले छलफल शुरु गरिसकेको छ । नेपाल पक्षका नेताहरुले सोमबार राति अबेरसम्म आफू पक्षका नेताहरुलाई राष्ट्रिय कार्यकर्ता भेलामा आउन आग्रह गरेका छन् ।

उनीहरुले सबै जसो जिल्ला कमिटीका सदस्यहरु र राष्ट्रिय प्रतिनिधि परिषद सदस्यहरुलाई भेलामा आउन आग्रह गरेका छन् । भेलामा ओली समूहमा रहेका केही नेताहरु पनि सहभागी हुने उनीहरुले अपेक्षा गरेका छन् । ‘पार्टी एक हुनपर्छ भन्ने समूहले ओलीलाई दबाब सिर्जना होस् भन्ने उदेश्यले सो समूहमा रहेका तर केही समय निष्कृय बसेका नेताहरु पनि सहभागी हुँदै हुनुहुन्छ’, नेपाल समूहका एक नेताले भने । हाम्राकुराबाट।


प्रकाशित मिति: मंगलबार, चैत ३, २०७७  ०९:१७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
वीपी कोइरालाको ४३औं स्मृति दिवसमा बाँकेमा विभिन्न कार्यक्रम गरिँदै
वीपी कोइरालाको ४३औं स्मृति दिवसमा बाँकेमा विभिन्न कार्यक्रम गरिँदै
नेकपा एमाले शिक्षा तथा मानव स्रोत विभागद्वारा सम्मान
नेकपा एमाले शिक्षा तथा मानव स्रोत विभागद्वारा सम्मान
नेपालगञ्ज-१८ मा काँग्रेसको वडा कार्यालय निर्माण द्रुत, तीनै तहको सरकारसंग सहयोगको अपेक्षा
नेपालगञ्ज-१८ मा काँग्रेसको वडा कार्यालय निर्माण द्रुत, तीनै तहको सरकारसंग सहयोगको अपेक्षा
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP