Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, भदौ २८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेसमा गिरी परिवारको ठूलो योगदान छ : वरिष्ठ नेता पौडेल
कांग्रेसमा गिरी परिवारको ठूलो योगदान छ : वरिष्ठ नेता पौडेल
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, चैत ५, २०७७ बागेश्वरी पोस्ट
कांग्रेसमा गिरी परिवारको ठूलो योगदान छ : वरिष्ठ नेता पौडेल

दाङ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशको राजनीतिक अवस्था संकटमा परेको वताउनुभएको छ । दाङ तुलसीपुर निवासी लोकतान्त्रिक आन्दोलनका अथक योद्धा काङग्रेस नेता स्वर्गिय लोकमणि गिरीको आज १३ औं दिनको पुण्यतिथीका अवसरमा आयोजित श्रद्धाञ्जली सभामा पौडेलले अहिले कांग्रेस अन्यौलमा परेकोले देशको अवस्था झनै अन्यौलमा परेको दावी गर्नुभयो । उहाँले भन्नुभयो- "एउटा लडाईं पार गरेका छौं, संसद पुन:स्थापना भयो, देश विघटनबाट वच्यो तर फेरि विकृतिबाट वचाउन जरुरी छ, यहाँ विभिन्न षड्यन्त्र भैरहेका छन्, प्रतिनिधि सभालाई फेरि मार्ने खेल भैरहेको छ," नेता पौडेलले भन्नुभयो । पौडेलले सत्ता भन्दा व्यवस्था ठूलो र महत्वपूर्ण भएकाले व्यवस्थालाई कसरी वचाउन सकिन्छ, यसतर्फ सोचेर लाग्न सवै कार्यकर्ता र पार्टी नेतृत्वलाई आग्रह गर्नुभयो । पौडेलले नेतृत्वको अन्धभक्त भएर होइन सही वोलेर पार्टी सही दिशामा जाने स्पष्ट पार्नुभयो । "मोई माग्ने ढुङग्रो लुकाउने नगरौं, आन्तरिक कुरा खुलस्त पारौं, ढाकछोपले पार्टी वलियो र मजवुत बन्दैन त्यसैले कार्यकर्ताले नेताको र नेताले कार्यकर्ताको ख्याल गरेर हिंड्न सक्यौं भने अवश्य लक्ष्यमा पुग्छौं", वरिष्ठ नेता पौडेलले भन्नुभयो । लोकतन्त्रको कालो वादल हटाउने जिम्मेवारी कांग्रेसको काँधमा आएको समेत नेता पौडेलले स्पष्ट पार्नुभयो । श्रद्धाञ्जली सभामा नेता पौडेलले पार्टीमा गिरी परिवारले पुर्याएको योगदानको चर्चा गर्दै कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री दिपक गिरीका वुवा स्वर्गीय लोकमणि गिरीको योगदान अझ अहम् रहेको स्मरण गर्दै सच्चा निष्ठाको राजनीति गर्न उहाँवाट सिक्नुपर्ने बताउनुभयो । कार्यक्रममा कांग्रेस केन्द्रिय सदस्य तथा पूर्व मन्त्री रामकृष्ण यादव र केन्द्रिय सदस्य देवेन्द्रराज कँडेलले विचारको राजनीतिमा खडेरी नलागेको बताउँदै लोकतान्त्रिक संविधानको रक्षा गर्ने जिम्मेवारी कांग्रेसको काँधमा आएको बताउनुभयो । काङग्रेस दाङका सभापति कृति वहादुर खड्काको अध्यक्षता एवं उपसभापति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कांग्रेस नेताहरु डिल्ली वहादुर चौधरी, राजु खनाल, अनिता देवकोटा, शंकर गिरी, कृष्ण किशोर घिमिरे, बर्दियाका सभापति संजय गौतम, टेक बहादुर वली, महिला संघ दाङका अध्यक्ष गोमा रावत, तरुण दलका अध्यक्ष टिका घर्ती, पूर्व सभापतिहरु, अन्य जिल्लाका नेता लगायतले श्रद्धाञ्जली मन्तव्य व्यक्त गर्नुभएको थियो । स्वर्गीय गिरीका जेठा छोरा दिपक गिरीले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सहजीकरण कांग्रेस दाङका सचिव शंकर डाँगीले गर्नुभएको थियो ।


प्रकाशित मिति: बिहीबार, चैत ५, २०७७  २१:१७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादव दिइन् राजीनामा
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादव दिइन् राजीनामा
बीपी कोइरालाको ११३औं जन्मजयन्तीमा कांग्रेस बाँकेद्वारा माल्यार्पण
बीपी कोइरालाको ११३औं जन्मजयन्तीमा कांग्रेस बाँकेद्वारा माल्यार्पण
सामाजिक सञ्जालमा गालीगलौज रोक्न एमाले बाँकेको चेतावनी, ‘स्क्रिनसट पुस्तिका बनाएर घर–घर पठाउँछौँ’
सामाजिक सञ्जालमा गालीगलौज रोक्न एमाले बाँकेको चेतावनी, ‘स्क्रिनसट पुस्तिका बनाएर घर–घर पठाउँछौँ’
जेनजी आन्दोलनको एक वर्ष: सडकमा उठेको प्रश्नको जवाफ अब परिणामबाट खोजिँदै
जेनजी आन्दोलनको एक वर्ष: सडकमा उठेको प्रश्नको जवाफ अब परिणामबाट खोजिँदै
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP