prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, साउन ५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • गिरिजाप्रसाद कोइरालाको आज ११ औं स्मृति दिवस
गिरिजाप्रसाद कोइरालाको आज ११ औं स्मृति दिवस
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, चैत ७, २०७७ बागेश्वरी पोस्ट
गिरिजाप्रसाद कोइरालाको आज ११ औं स्मृति दिवस

नेपालगन्ज । गिरिजाप्रसाद कोइरालाको ११ औं स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपाली इतिहासमा सबैभन्दा बढी पाँच पटक प्रधानमन्त्री भएर कीर्तिमान रचेका गिरिजाबाबुले ०६२–६३ को आन्दोलनको नेतृत्व गरेका थिए ।

paribartan 1

त्यसो त उनले नेपाली राजनीतिका हरेक परिवर्तनमा अग्रणी भूमिका खेल्दै आएका छन् । नेपाली मजदूरहरुका सारथी गिरिजाबाबुले २००३ सालमा विराटनगर जुट मिलमा मजदूरको रुपमा रहेर त्यहींबाट मजदूर आन्दोलन थालेरै नेपाली राजनीतिमा नेतृत्व गरेका थिए । त्यसयता नेपालमा भएका हरेक परिवर्तनमा उनले अग्रणी भूमिका खेले ।

विशेष गरी उनी गणतन्त्रका लागि भएको २०६२–६३ को आन्दोलनका एक्ला नायक नै थिए । त्यही आन्दोलनले नै अहिले मुलुक गणतन्त्रमय भएको छ । गिरिजाबाबुले अडान नलिएका भए अहिले पनि राजसंस्था हावी भएको हुने थियो । गिरिजाबाबुले ‘बेबिकिङ’ को अवधारणा ल्याउन खोजे पनि राजसंस्थाबाट कुनै पनि संकेत र सन्देश नआएपछि झोंक्की कोइरालाले गणतन्त्रको लालमोहरका लागि नेताहरुलाई तयार गरेका थिए ।

आफ्नो राजनीतिक जीवनलाई नै दाउमा राखेर माओवादीलाई शान्ति प्रक्रियामा ल्याएको बताउने गिरिजाबाबुको अडानले नै संसद पुनस्र्थापना हुँदै मुलुकबाट राजतन्त्रको अन्त्य गरायो । १२ बुँदे शान्ति प्रक्रियामा हस्ताक्षर गरेर सशस्त्र द्धन्द्धमा होमिएको माओवादीलाई राजनीतिको मूलधारमा ल्याएका गिरिजाबाबुले सोचेअनुसार समयमै जनताको संविधान जारी गर्न भने भ्याएनन् ।

उनले माओवादीलाई मुलधारमा ल्याए पनि ०६४ मा भएको चुनावमा आफैं सभापति भएको नेपाली कांग्रेसलाई जिताउन सकेनन् । उनले आफ्नो राजनीतिक करियर दाउमै परे पनि देश बच्छ भने कुनै समस्या छैन भन्दै चुनाव गराएका थिए । सरकारबाट काँग्रेस टाढिन पुग्दा संविधान समयमा लेखिएन । शान्ति र संविधान निर्माण प्रक्रियाका सूत्रधार गिरिजाबाबुको २०६६ साल चैत ७ गते निधन भयो । ०७२ सालमा मात्र नयाँ संविधान लेखियो ।

गिरिजाबाबुको निधनपछि अब देशको जिम्मा ममाथि आयो भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भन्दै आएका छन् । आफू सत्तामा पुग्दा गिरिजाबाबुलाई बिर्सने अनि सडकमा छट्पटिनु पर्यो भने प्रचण्डले गिरिजाबाबुको नाम अलाप्ने गर्छन् । गिरिजाबाबु कार्यकर्ता एकजुट गर्न सक्षम नेता । सम्भवतः दाजु बीपी कोइरालापछि उनले नै काँग्रेसलाई सफलतापूर्वक डोहोर्याए । तर शत्रूविहीन कोही हुन नसक्ने प्रमाण बोकेर उनी पनि हिँडिरहे। त्यसैले त नेपाली राजनीतिमा सबैभन्दा बढी ताली, गाली खाँदै अन्त्यमा महानायकको उपाधि पाए गिरिजाबाबुले।

उनलाई एसियाकै स्टारका रुपमा लिइयो । यो सम्मान २१ औं शताब्दीमा कुनै पनि नेपाली नेताले पाएका छैनन् । गणतन्त्रका धरोहर गिरिजाबाबु ०६२–६३ पछि काँग्रेसका मात्र नेता रहेनन्। उनको उचाइले सबै दलका एक्ला नेताको रुप लियो । उत्तराद्र्धमा उनी महान् नेता बने । कुनै पनि प्रतिपक्षी दलको नेता उनको अगाडि गएर उभिने हैसियत राखेनन् । बहुदल आएपछि ‘माले र मसाले एकै हुन्’ भन्दै विवादमा आएका गिरिजाबाबुले आखिर तिनै कम्युनिष्टहरुसंग मिलेरै राजतन्त्रको जरो फाले ।

राजावादीहरु गिरिजाबाबुलाई दुस्मनकै रुपमा हेर्छन् भने कम्युनिष्टहरु एकाएक आदर्श नेताको रुपमा मान्दै आएका छन् । गणतन्त्रको खम्बा जहाँजहाँ गाडिन्छ गिरिजाबाबु त्यहाँ त्यहाँ उपस्थित हुनेछन् । गणतन्त्रका लागि थुप्रै नेताहरु लडे, थुप्रै शहीद भए, तर गिरिजाबाबु त्यस्ता नेतृत्वकर्ता भए जसको योगदानले नै गणतन्त्र आयो । कांग्रेसले किन भुल्यो गिरिजाबाबुलाई कांग्रेसले गिरिजाबाबुलाई भुल्दै गएको छ । विशेषगरी नेतृत्वले वास्ता गर्दैन । उनको स्मृतिमासमेत कांग्रेसले कुनै चासो देखाउँदैन ।

यसबारेमा केन्द्रीय सदस्य डा। शेखर कोइराला भन्छन् ‘नेतृत्वले नेताहरुलाई सम्मान गर्न सकेन ।’ उनी कांग्रेसको जग बलियो बनाउन योगदान दिने नेताहरुलाई भुल्दा नेतृत्वले आफू कुन दिशा गइरहेको छु भन्ने थाहा पाउन नसकेको बताए । त्यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेल भन्छन्, ‘गिरिजाबाबुले शान्ति प्रक्रियाका लागि अग्रणि भूमिका खेल्नुभयो । संसद पुनःस्थापनामात्र अगाडि बढाउनु भएन देश अगाडि बढ्यो । संसद बचाउन अगाडि बढ्नु भयो ।’ उनले आफू गिरिजाबाबुकै लाइनमा हिँडिरहेको दाबी गर्छन् ।

भन्छन्, ‘म त उहाँको लाइनअनुसार नै चलिरहेको छु । उहाँले संसद पुनःस्थापना गराउनु भएको थियो । मैले पनि त्यही लाइन समातेँ । संसद पुनःस्थापना भएको छ ।’ यस्तो छ गिरिजाबाबुको पारिवारिक पृष्ठभूमि महामानव विपी कोइरालाका कान्छा भाइ गिरिजाबाबुको भारतको बिहार राज्यको सहरसा जिल्लाको टेडी भन्ने गाउँमा वि.स. १९८१ असार १८ मा जन्म भएको थियो । बुवा कृष्णप्रसाद कोइराला र आमा दिव्या कोइराला निर्वासित भएको बेला गिरिजाबाबुको जन्म भएको हो।

उनका दुई दाजुहरू विपी कोइराला तथा मातृकाप्रसाद कोइराला नेपालका प्रधानमन्त्री भएका थिए। सन् १९२९ मा परिवारसँगै नेपाल फर्केका गिरिजाबाबुले सुष्मा कोइरालासित विवाह गरे। कांग्रेस नेतृ सुजाता कोइराला गिरिजाबाबुकी एक मात्र सन्तान हुन् । गिरिजाबाबुको नेतृत्वमा २००४ सालमा नेपाल मजदुर कांग्रेसको स्थापना भयो । अहिले त्यसलाई नेपाल ट्रेड युनियन कांग्रेसको रूपमा चिनिने गरेको छ। २००८ सालमा गिरिजाबाबु नेपाली कांग्रेस मोरङ सभापति बने र २०१७ सालमा राजा महेन्द्रले सत्ता कब्जा गरी पञ्चायती शासनको स्थापना हुनु पूर्वसम्म मोरङ सभापतिमा रहिरहे।

करिब ६ वर्ष जेल जीवन विताएका रिहाई भएपछि भारतमा निर्वासित भएका गिरिजाबाबु मेलमिलापपछि २०३५ सालमा नेपाल फर्किए। गिरिजाबाबु २०३१ सालदेखि २०४७ सालसम्म कांग्रेसको महामन्त्री भए । २०५३ सालदेखि मृत्यु नहदाँसम्म लगातार कोइराला पार्टी सभापति भइरहे। हाम्राकुराबाट।


प्रकाशित मिति: शनिबार, चैत ७, २०७७  ०९:५८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
वीपी कोइरालाको ४३औं स्मृति दिवसमा बाँकेमा विभिन्न कार्यक्रम गरिँदै
वीपी कोइरालाको ४३औं स्मृति दिवसमा बाँकेमा विभिन्न कार्यक्रम गरिँदै
नेकपा एमाले शिक्षा तथा मानव स्रोत विभागद्वारा सम्मान
नेकपा एमाले शिक्षा तथा मानव स्रोत विभागद्वारा सम्मान
नेपालगञ्ज-१८ मा काँग्रेसको वडा कार्यालय निर्माण द्रुत, तीनै तहको सरकारसंग सहयोगको अपेक्षा
नेपालगञ्ज-१८ मा काँग्रेसको वडा कार्यालय निर्माण द्रुत, तीनै तहको सरकारसंग सहयोगको अपेक्षा
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP