prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, भदौ २, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • नेपालगन्ज उद्योग वाणिज्य संघको चुनाबी सरगर्मी बढ्दै
नेपालगन्ज उद्योग वाणिज्य संघको चुनाबी सरगर्मी बढ्दै
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, मंसिर १०, २०७६ बागेश्वरी पोस्ट
नेपालगन्ज उद्योग वाणिज्य संघको चुनाबी सरगर्मी बढ्दै

नेपालगन्ज ।नेपालगन्ज उद्योग वाणिज्य संघको वर्तमान कार्यसमितिको कार्यकाल सकिंदैछ । नेपालगन्ज उद्योग वाणिज्य संघको कार्यकाल तीन बर्षको हुने प्रावधान छ । संघको विधानले ६ महिना कार्यकाल बढाउन सक्ने व्यवस्था अनुसार, वर्तमान कार्यसमितिले थप ६ महिना संघको नेतृत्व सम्हालेको छ संघको पछिल्लो निर्वाचनमा तीन वटा व्यवसायी संगठनहरु प्यानल बनाएर निर्वाचनमा होमिएका थिए ।

तीन वटै प्यानलको नेतृत्वमा राजनीतिक प्रतिबद्ध व्यक्त भएपनि समग्र प्यानलमा भने मिश्रित राजनीतिक आस्था राख्नेहरुको थियो। तर, अहिले अवस्था पहिले भन्दा फेरिएको छ । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर नेकपा कम्प्युनिष्ट पार्टी बनिसकेको छ । जिल्लामा सबै जसो राजनीतिक पार्टीका व्यवसायिक संगठन सक्रिय रहेकाले अबको चुनावमा राजनीतिक छायाँ भने स्पष्ट देखिने आँकलन गरिएको छ । नेपालगन्जमा नेकपाको व्यवसायिक संगठन एक भैसकेको भने छैन । काँग्रेस समर्थित प्रजातान्त्रिक व्यवसायिक संगठन पनि संघको निर्वाचनका लागि सक्रिय रहेको छ ।

नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन आगामी निर्वाचन सम्भवत माघ दोस्रो साता हुनेछ । त्यसका लागि आन्तरिक छलफलमा उम्मेदवार बन्न आकांक्षा राख्नेहरु जुटिसकेका छन् । व्यवसायिक संगठनका अगुवाहरु समेत नेतृत्व र सम्भावित उम्मेदवारहरुको सूचित बनाउन तत्लीन पाइन्छन् । उनीहरु भेला हुने, छलफल गर्ने र सम्भावित उम्मेदवारका विषयमा छलफलमा जुटेका हुन् । नेपालगन्ज उद्योग वाणिज्य संघले गत शनिबार २८ औं साधारणसभा आयोजना गर्यो । सभामा संघका सदस्यहरु बीच अनौपचारिक रुपमा उम्मेदवारको चर्चा समेत गरिएका छन् । संघको बन्दसत्र चलिरहेका बेला व्यवसायीहरु बीच अध्यक्ष पदका लागि हालका वरिष्ठ उपाध्यक्ष अब्दुल वाहिद मन्सुरी, ललित रौनियार, ज्ञानेन्द्र श्रेष्ठ उम्मेदवार हुने चर्चा चलेको थियो । मन्सुरी र रौनियार छुट्टाछुट्टै व्यवसायिक संगठनको समर्थनमा अध्यक्षको दाबेदारी गर्न लागेको व्यवसायीहरु बताउँछन् ।

उसो मन्सुरी र रौनियार बाहेक अन्य पनि संघको अध्यक्षमा उम्मेदवार बन्ने भन्दै व्यवसायी माझ पुगिरहेका छन् । संघका वर्तमान कोषाध्यक्ष आदेश अग्रवाल आफु हरेक ढंगले अध्यक्ष पदका लागि उपयुक्त रहेकाले आफ्नो दाबेदारी रहेको बताउँछन् । उनले  भने, ‘म आफ्नो समूहमा अध्यक्ष पदका लागि छलफलमा छु ।’ अब्दुल वाहिद मन्सुरीले लामो समयदेखि अध्यक्ष पदका लागि तयारी गर्दैछन् । उनी पनि निकट व्यवसायीहरुसँग साथ र समर्थनका लागि आन्तरिक छलफलमा नै रहेका छन् । संघका यसअघिको निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार कपिल प्रसाद अधिकारीलाई यसपटक अध्यक्ष पदमा उम्मेदवार बनाइनु पर्ने धारणा राख्ने व्यवसायीहरु पनि छन् ।

तर, अधिकारी भने यसपटक संघको निर्वाचनका लागि आफुले उम्मेदवार हुने आकांक्षा नराखेको बताउँछन् । ‘केही साथीहरुले भन्नुभएको छ, तर मैले त्यसतर्फ सोंच बनाएको छैन’, उनले भने, ‘तर, अब आउने नेतृत्व सबल, सक्षम र बौद्धिक होस् भन्ने चाहना छ ।’ अधिकारी सहितको टिम ज्ञानेन्द्र श्रेष्ठलाई उम्मेदवारका रुपमा अघि बढाउन छलफलमा छ । तत्कालीन एमाले समर्थित व्यवसायिक संगठनबाट श्रेष्ठको नाम अगाडि सार्ने तयारी भैरहेको व्यवसायीहरु बताउँछन् । ललित रौनियारले आगामी निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी दिने प्रबल सम्भावना छ । उनी र उनी निकट त्यसका लागि माहोल बनाउन जुटिसकेका छन् ।

‘हाम्रो तर्फबाट यसपटक अध्यक्ष पदका लागि ललित रौनियारजीलाई अघि सार्ने टुङ्गोमा पुगिसकेका छौं’, प्रजातान्त्रिक व्यवसायिक संगठनका विष्णु प्रसाद लामिछाने यो भनिरहँदा उपाध्यक्ष पदका दाबेदार अमित बस्नेत पनि संगै थिए । अध्यक्ष पदमा चर्चा चलेका अब्दुल बलियो दाबेदारका रुपमा व्यवसायी माझ रहेका छन् । उपाध्यक्ष पदमा आन्तरिक तयारीमा रहेका छन्, व्यवसायी भीम बहादुर रानाभाट । उनी तयारी, कपडा, जुत्ता, चप्पल तथा खुद्रा व्यवसायी संगठन, जुमा स्पोर्टस् क्लबका अध्यक्ष पनि हुन् । विगत देखि खेलकुद र सामाजिक उत्तरदायित्वका काममा क्रियाशिल रानाभाटले उपाध्यक्ष पदमा दाबेदारी गर्दै आन्तरिक तयारीमा जुटिसकेका छन् । व्यवसायी रानाभाटले संघको आउँदै गरेको चुनावका लागि आफु छलफलमा रहेको बताउँछन् ।

व्यवसायी कपिल प्रसाद अधिकारीको अगुवाई संघको निर्वाचनकै सन्दर्भलाई लिएर आइतबार व्यवसायीहरुको एउटा भेला समेत आयोजना गरिएको छ । तर, उनले भेला आफुले नेतृत्वका लागि दाबेदारी गर्न आयोजना नगरेको स्पष्ट पारेका छन् । अधिकारीले वस्तुगत संगठन, महिला उद्यमीलाई संघमा बलियो उपस्थिति सुनिश्चित गर्नका लागि पहल गरिरहेको बताउँछन् । ‘मुलुक स्थानीय तहमा गएपछि सबै स्थानीय तहमा छुट्टाछुट्टै संघहरु बन्नसक्छन्, त्यसबेला नेपालगन्ज उद्योग वाणिज्य संघले जिल्लाको नेतृत्व गर्नुपर्छ’, व्यवसायी अधिकारीले भने, ‘स्थानीय तहमा बन्ने संघका प्रनिनिधिलाई समेत नेपालगन्ज उद्योग वाणिज्य संघमा प्रतिनिधित्व सुनिश्चित गर्ने हो भने संघ थप बलियो हुनसक्छ ।’

व्यवसायीहरु संघमा दुई वटा प्लानल हुनेमा स्पष्ट रहेपनि एउटा प्यानल थपिन सक्ने सम्भावना व्यक्त गर्दछन् । ‘संघमा हुने निर्वाचनमा राजनीतिक दलको प्रभावले प्यानल कति हुन्छ भन्ने स्पष्ट हुन्छ’, व्यवसायी भन्छन्, ‘त्यसका लागि अझै केही दिन कुर्नुपर्छ ।’ संघमा नेतृत्वका लागि राजनीतिक आस्था हाबी विगत देखि हाबी छ । यसपटक पनि नेतृत्व बाहेक प्यानलमा भने विभिन्न राजनीतिक आस्थाका व्यक्ति समेटिने व्यवसायिक क्षेत्रका अगुवाहरु बताउँछन् ।

नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले आज मंगलबार हुने कार्यसमितिले आगामी कार्यकालका लागि हुने निर्वाचनको तिथि तोक्ने जानकारी दिएका छन् । ‘कार्यसमिति बैठकले निर्वाचनको तिथि तोक्नेछ’, अध्यक्ष वैश्यले भने, ‘व्यवसायिक मुद्दा समाधानका लागि प्रतिबद्ध नेतृत्व आओस् भन्ने चाहना छ ।’नेपालगन्ज न्यूजबाट साभार।


प्रकाशित मिति: मंगलबार, मंसिर १०, २०७६  १६:३४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
काँग्रेस बाँकेले नेता कार्यकर्तालाई दक्ष बनाउन प्रशिक्षण दिने
काँग्रेस बाँकेले नेता कार्यकर्तालाई दक्ष बनाउन प्रशिक्षण दिने
वीपी कोइरालाको स्मृति दिवसको अवसरमा सरसफाई तथा वृक्षारोपण
वीपी कोइरालाको स्मृति दिवसको अवसरमा सरसफाई तथा वृक्षारोपण
वीपी स्मृति दिवसको अवसरमा सरसफाई
वीपी स्मृति दिवसको अवसरमा सरसफाई
४३औं वीपी स्मृति दिवसमा बाँकेमा विभिन्न कार्यक्रम
४३औं वीपी स्मृति दिवसमा बाँकेमा विभिन्न कार्यक्रम
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP