Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ ३०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • बालविवाह न्यूनीकरणमा सकारात्मक पुरुषत्वको भूमिका सम्बन्धि तालिम सम्पन्न
बालविवाह न्यूनीकरणमा सकारात्मक पुरुषत्वको भूमिका सम्बन्धि तालिम सम्पन्न
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, चैत १०, २०७७ बागेश्वरी पोस्ट
बालविवाह न्यूनीकरणमा सकारात्मक पुरुषत्वको भूमिका सम्बन्धि तालिम सम्पन्न

खजुरा (बाँके) । बाँकेको खजुरा गाउँपालिकामा सञ्चालित बालविवाह न्यूनीकरणमा सकारात्मक पुरुषत्वको भूमिका सम्बन्धि दुई दिने तालिम आज सम्पन्न भएको छ ।

प्लान इन्टरनेशनल नेपाल क्षेत्रीय कार्यालय सुर्खेतको सहयोग तथा सामाजिक सचेतन सरोकार मञ्च (स्याक) नेपालको आयोजनामा भएको तालिममा २० जना सहभागी थिए । तालिममा बालविवाह न्यूनीकरण गर्न पुरुषले खेल्नुपर्ने भूमिकाका विषयमा छलफल गरिएको थियो । बालविवाह न्यूनीकरण गर्न पुरुषको संलग्नता बढाउँदै बाल विवाहमुक्त वडा घोषणाका लागि प्रतिबद्ध बनाउने उद्देश्यका साथ तालिम आयोजना गरिएको स्याक नेपालका बालविवाह रोकथाम परियोजना संयोजक जगदिश थापाले बताउनुभयो ।

तालिममा लैंगिक सवाल, लैंगिक हिंसा, निर्णय प्रक्रियामा पुरुष र महिलाबीचको भूमिका, समाज परिवर्तनमा पुरुषको भूमिका, बालविवाह न्यूनीकरण गर्न पुरुषको महत्व, संलग्नता लगायतका विषयमा पत्रकार नवीन गिरीले सहजीकरण गर्नुभएको थियो ।

त्यस अवसरमा सहभागीहरुबाट बालविवाह न्यूनीकरणका लागि कार्ययोजना तयार गराउनुका साथै प्रतिबद्धता संकलन गरिएको थियो । तालिममा खजुरा गाउँपालिकाकी उपाध्यक्ष एकमाया विकले बालविवाह न्यूनीकरणका लागि सबैले हातेमालो गरेर संगसंगै अघि बढ्नुपर्ने बताउनुभयो । सरोकारवाला सबैको साझा प्रयासले मात्र बालविवाह जस्तो सामाजिक विकृतिलाई अन्त्य गर्न सकिने उपाध्यक्ष विकको धारणा थियो । उहाँले खजुरा गाउँपालिकालाई बालविवाह मुक्त पालिका बनाउन आफूहरु प्रतिबद्ध भएर लागेको बताउनुभयो ।

स्याक नेपालका अध्यक्ष शिवलाल पाण्डेले पुरुषप्रधान समाजमा सकारात्मक पुुरुषत्वले बालविवाह न्यूनीकरणमा अहम् भूमिका खेल्ने बताउनुभयो । बालविवाह मुक्त समाज निर्माणका लागि सरोकारवाला सबैको इमान्दार पर्यत्न जरुरी रहेको पाण्डेले बताउनुभयो । बालविवाह नहुने सुनिश्चित वातावरण सिर्जना गर्न सके त्यसले सार्थकता पाउने उहाँको भनाई छ ।

तालिमको व्यवस्थापन स्याक नेपालकी फिल्ड सुपरभाइजर कल्पना आचार्यले गर्नुभएको थियो ।
 


 


प्रकाशित मिति: मंगलबार, चैत १०, २०७७  १४:३२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आज हरितालिका तीज, शिव–पार्वतीको पूजा गर्दै व्रत बस्दै महिला
आज हरितालिका तीज, शिव–पार्वतीको पूजा गर्दै व्रत बस्दै महिला
रुकुम पश्चिम जिप दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु,९ जना घाइते
रुकुम पश्चिम जिप दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु,९ जना घाइते
सल्यानमा बोलेरो जिप दुर्घटना: दुई जनाको मृत्यु, ४ घाइते 
सल्यानमा बोलेरो जिप दुर्घटना: दुई जनाको मृत्यु, ४ घाइते 
लुम्बिनी प्रदेशमा भदाै २९ गते सार्वजनिक बिदा
लुम्बिनी प्रदेशमा भदाै २९ गते सार्वजनिक बिदा
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP