prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ ३, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश १ का सबै मन्त्री ऋणमा !
प्रदेश १ का सबै मन्त्री ऋणमा !
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, मंसिर १३, २०७६ बागेश्वरी पोस्ट
प्रदेश १ का सबै मन्त्री ऋणमा !

नेपालगन्ज । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईबाहेक सबै मन्त्रीहरू ऋणमा देखिएका छन् । गत वर्ष मन्त्रीहरूको सम्पत्ति विवरण खुलाउन आनाकानी गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले यसपालि सार्वजनिक गरेको छ । गतवर्षजस्तै यो वर्ष पनि चारै जना मन्त्रीले आफूहरू ऋणमा रहेको देखाएका हुन् ।

प्रदेश सरकारको ढुकुटी सञ्चालन गर्ने आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बो २ करोड ७१ लाख ऋणमा छन् । उनले नेपाल इन्भेस्टमेन्ट बैंकबाट २ करोड ५१ लाख र कुमारी बैंकबाट २० लाख रुपैयाँ व्यवसायका लागि ऋण लिएको उल्लेख गरेका छन् । सामाजिक विकासमन्त्री जीवन घिमिरेले बैंक अफ काठमान्डुबाट १ करोड १८ लाख ५५ हजार र एक्सल बैंकबाट ४ लाख ३२ हजार गरी १ करोड २२ लाख ८७ हजार रुपैयाँ ऋण लिएको विवरण गत वर्ष पेस गरेका थिए । एक वर्षमा उनले एक्सल बैंकबाट लिएको ४ लाख ३२ हजार रकम ऋण घटाएको उल्लेख गरेका छन् । उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियत पनि १८ लाख रुपैयाँ ऋणमा छन् । उनले गत वर्ष ज्योति विकास बैंकमा ६३ लाख र विजेन्द्र श्रेष्ठलाई १० लाख रुपैयाँ ऋण तिर्न बाँकी देखाएका थिए । उनले एक वर्षमा विजेन्द्र श्रेष्ठको १० लाख र ज्योति विकास बैंकको ६३ लाखमध्ये ४५ लाख ऋण चुक्ता भएको विवरण पेस गरेका छन् । त्यसअनुसार उनले एक वर्षमा ५५ लाख रुपैयाँ सम्पत्ति थप गरेको देखिन्छ ।

आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले गत वर्षझैं यो वर्ष पनि सम्भावी सहकारी बानेश्वरमा ३ लाख रुपैयाँ ऋण रहेको विवरण पेस गरेका छन् । सेयर लगानी र सम्पत्तिका हिसाबले गत वर्ष सबैभन्दा धनीदेखिएका सामाजिक विकासमन्त्री घिमिरे यो वर्ष पनि अगाडि देखिएका छन् । उनको विभिन्न स्कुल, हाइड्रो, कृषि फार्म लगायतमा १ करोड ३४ लाख २० हजार बराबरको सेयर, १२ तोला सुन, २० तोला चाँदी रहेको सम्पत्ति विवरणमा उल्लेख छ । उनको बैंक मौज्दात रकम भने घटेको छ । गत वर्ष ५ लाख नगद रहेको उल्लेख गरेका मन्त्री घिमिरेले यो वर्ष २२ हजार रुपैयाँ मात्र बैंक मौज्दात देखाएका छन् । गत वर्ष एउटा मारुती कार, एउटा स्कुटर र एउटा मोटरसाइकल, विराटनगर–११ मा १ कट्ठा जग्गामा बनेको घर, कटहरी–४ मा ३३८६ वर्गमिटर जमिन, विराटनगर–११ मा ३४५ वर्गमिटर जग्गा र श्रीमती विमला घिमिरेको नाममा केराबारी–२ मा १६ रोपनी जग्गा देखाएका उनको यो वर्षको विवरणमा मारुती कार उल्लेख छैन ।

मन्त्री कार्कीले श्रीमती र आफ्ना नाममा स्कुल, अस्पताल र हाउजिङमा गरी ३२ लाख ८८ हजार बराबरको सेयर राखेका छन् । उनीसँग २२ लाखमा खरिद गरेको सेन्ट्रो कार, ६ तोला सुन, १० तोला चाँदी र श्रीमती अन्जना पाण्डेको नाममा लुम्बिनी बैंकमा ३५ लाख नगद मौज्दात रहेको उल्लेख छ । यसैगरी दाजु दीपक कार्कीसँगको साझेदारीमा गौरादह–१ मा डेढ कट्ठा जग्गा रहेको विवरण उनले बुझाएका छन् । मन्त्री कार्कीले यही वर्ष ललितपुरको महालक्ष्मी नगरपालिकामा घर किनेको स्रोतको दाबी छ । तर सम्पत्ति विवरणमा उनले यो खुलाएका छैनन् । मन्त्री आङ्बोले पाँचथरको फिदिम–११ मा सगोलको ५ रोपनी जग्गामा बनेको घर, ५० रोपनी जग्गा, श्रीमती कुमारी लावतीको नाममा झापाको बिर्तामोड र कमलमा ६० लाख रुपैयाँमा खरिद गरेको ३ कट्ठा जग्गा, इलामको चुलाचुलीमा मिक्लाजुङ कृषि फार्मका नाममा रहेको २ बिघा जग्गालाई सम्पत्ति विवरणमा देखाएका छन् । विभिन्न बैंकमा उनको र श्रीमतीका नाममा ६ लाख बराबरको रकम मौज्दात भएको र १० तोला सुन तथा २० तोला चाँदी रहेको खुलाएका छन् । उनको पालुङ खोला हाइड्रो पावरमा १० प्रतिशत सेयर र ३० लाखको लगानीमा सञ्चालन गरेको फेन्सी पसलसमेत छ ।

मन्त्री कुसियतलको सुनसरीको कोसी गाउँपालिका–५ मा २ कट्ठा जग्गामा बनेको घर र ७ बिघा जग्गा, काठमाडौंमा ७५ लाखमा किनेको जग्गा छ । उनले गत वर्ष पेस गरेको विवरणमा विभिन्न बैंकमा २ लाख १२ हजार मौज्दात देखाएका थिए । एक वर्षमा उनको बैंक मौज्दात ३७ लाख ६२ हजार पुगेको छ । २९ लाख रुपैयाँमा खरिद गरेको टाटा कारसहित ४० वटा पशुचौपाया रहेको उनले उल्लेख गरेका छन् । मुख्यमन्त्री राईसँग कृषि विकास बैंक, हाइड्रो र स्कुलमा १२ लाख २४ हजार बराबरको सेयर छ । उनले विभिन्न व्यक्तिलाई ४ लाख ५० हजार ऋण दिएका छन् । उनीसँग टोयटा कम्पनीको एउटा जिप, १५ तोला सुन, ३० तोला चाँदी पनि छ । गत वर्ष विभिन्न बैंकमा गरी १० लाख ४७ हजार नगद रहेकोमा यो वर्ष बढेर १४ लाख ५० हजार पुगेको उनले उल्लेख गरेका छन् । उनको भोजपुरको आमचोक–३ मा ९ हेक्टर ८ रोपनी जग्गा र पैतृक घर र इटहरी–५ मा ८ धुर जग्गा छ । कान्तिपुर दैनिकबाट


प्रकाशित मिति: शुक्रबार, मंसिर १३, २०७६  ०८:२४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लायन्य क्लब अफ नेपालगञ्जका पदाधिकारीको  सपथ ग्रहण
लायन्य क्लब अफ नेपालगञ्जका पदाधिकारीको सपथ ग्रहण
बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु
बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु
गैसस महासंघ लुम्बिनी रणनीतिक र प्रभावकारी कार्यक्रममा केन्द्रित
गैसस महासंघ लुम्बिनी रणनीतिक र प्रभावकारी कार्यक्रममा केन्द्रित
मारुती नन्दन अर्डर एण्ड सप्लायर्सलाई २० हजार रुपैयाँ जरिवाना
मारुती नन्दन अर्डर एण्ड सप्लायर्सलाई २० हजार रुपैयाँ जरिवाना
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP