नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, फागुन ८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • सेमी लकडाउनको तयारी गर्दै सरकार
सेमी लकडाउनको तयारी गर्दै सरकार
banijya office RSG-2
बागेश्वरी पोस्ट
आइतबार, चैत २९, २०७७ बागेश्वरी पोस्ट
सेमी लकडाउनको तयारी गर्दै सरकार

नेपालगन्ज । सरकारले फेरी लकडाउनको तयारी गरेको छ। कोरोनाको नयाँ प्रजातिको जोखिम कम गर्न भन्दै लकडाउनको तयारी गरेको हो।

उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको कोभिड सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले सेमी लकडाउनको खाका तयार पारेको छ। 

विभिन्न ११ बुँदे स्वास्थ्य मापदण्डसहितको निर्देशिका जारी गर्दै लकडाउन हुने सङ्केत गरेपछि अहिले सञ्चालित विद्यालय विश्वविद्यालयहरू बन्द गर्नुपर्ने हो कि भन्ने त्रास सिर्जना भएको छ। 

कोभिड सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को शनिवार सम्पन्न बैठकले पारित गरेको प्रस्ताव मन्त्रिपरिषद् बैठकबाट अनुमोदन भएपछि नयाँ मापदण्ड लागु हुने बताइएको छ।

उपप्रधानमन्त्री तथा सीसीएमसीका संयोजक पोखरेलको अध्यक्षमा सिंहदरबारमा बसेको बैठकले सङ्क्रमण बढी भएका स्थानहरूका विद्यालय तथा कलेजहरू कम्तीमा ३ सातासम्म बन्द गर्ने प्रस्ताव गरेको छ।

काठमाडौँ, पोखरा लगायतका ठाउँ र केही विद्यालय तथा कलेजमा एस जिन नेगेटिभ (बेलायतको नयाँ भेरियन्ट) को मात्रा बढेको र विद्यालय जाने उमेर समूहमा पनि सङ्क्रमण बढी रहेकाले त्यस्ता स्थानमा अनलाइन माध्यमबाट पठनपाठन सञ्चालन गर्न डिसिसिएमसी (जिल्ला कोभिड नियन्त्रण केन्द्र) हरूले व्यवस्था गर्ने भएका जनाइएको छ।

सपिङ मल, नाचघर, सिनेमा हल, पार्टी प्यालेस, हेल्थ क्लब, स्विमिङ पुल लगायतका क्षेत्र तथा धार्मिक स्थानहरूमा जनस्वास्थ्यका मापदण्डहरू पूर्ण रूपमा पालना गर्न र डीसीसीएमसीले कडाइका साथ अनुगमन गर्न निर्देशन दिएको छ। 

रात्रिकालीन व्यवसायहरू राति १० बजेपछि बन्द गर्नुपर्ने र सङ्क्रमणको अवस्था हेरि एउटा स्थानीय तहबाट अर्कोमा नियन्त्रित आवागमन गर्ने निर्णय समेत भएको छ।

बैठकले जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्न र नयाँ प्रजातिको कोरोना भाइरसको जोखिमबाट जोगिन सबैलाई अपिल समेत गरेको छ। 

बैठकमा उपस्थित कतिपय विज्ञले नाइट क्लब, सिनेमा घर, शैक्षिक संस्था जस्ता भिडभाड हुने क्षेत्र बन्द गर्न सुझाव दिएका छन्। तर सरकारले अहिले नै पूर्ण रूपमा बन्द गर्ने वा नगर्ने निर्णय गरेको छैन। 

सहरी क्षेत्रका शैक्षिक संस्था भने कम्तीमा तीन साता बन्द गर्ने प्रस्ताव अघि बढाइएको छ। सार्वजनिक तथा निजी निकायका प्रमुखले आफ्नो तथा अन्तर्गत कार्यालयहरूमा जनस्वास्थ्यका मापदण्डको पूर्ण रूपमा पालना गर्ने गराउने प्रस्ताव गरेको छ।

सिसिएमसी स्रोतका अनुसार विदेशबाट फर्केपछि घरमा क्वारेन्टिन बसेका र सङ्क्रमित भएर घरमै आइसोलेसनमा रहेकाले सो सम्बन्धी मापदण्ड पालना गर्न प्रेरित गर्ने र आवश्यक निगरानीका लागि सबै पालिकाहरूले स्थानीय तहमा निगरानी वा अनुगमन समिति बनाई नियमित अनुगमन र निगरानी गरी सो को विवरण डीसीसीएमसी मार्फत सीसीएमसीमा पठाउनु पर्ने छ।
 
सार्वजनिक यातायातमा यात्रा गर्दा मास्क प्रयोग अनिवार्य गरी जनस्वास्थ्यका अन्य मापदण्ड समेत पालना गर्ने, सिट सङ्ख्याका अनुपातमा यात्रुको सङ्ख्या सीमित रहने गरी यात्राको व्यवस्था गर्ने,सो को नियमित अनुगमन यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरीबाट गर्न लगाउने, रात्रिकालीन डान्स वार, नाइट क्लब, दोहरी साँझ जस्ता धेरै भिडभाड हुने क्रियाकलापहरू राति १० बजेपछि बन्द गर्ने र सो को अनुगमन डीसीसीएमसीले गर्ने, सङ्क्रमणको अवस्था हेरी महानगरपालिकाहरूमा ५००, उप महानगरपालिकामा ३००, नगरपालिकामा २००, गाउँपालिकाहरूमा १०० वा सो भन्दा बढी सक्रिय सङ्क्रमित भएमा सम्बन्धित पालिकाहरूको समन्वयमा नियन्त्रित आवागमन गर्ने व्यवस्था डीसीसीएमसीले मिलाउने र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको समन्वयमा सम्बन्धित पालिकाले टेस्टिङ, क्वारेन्टिन र आइसोलेसन लगायतका व्यवस्था मिलाउने जस्ता विषयहरूलाई मन्त्रिपरिषद्मा पठाउने निर्णय गरेको स्रोतले जनाएको छ।हाम्राकुराबाट।


प्रकाशित मिति: आइतबार, चैत २९, २०७७  ०६:०२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
देउडा खेलमार्फत मत माग्दै उम्मेदवार पाण्डे
देउडा खेलमार्फत मत माग्दै उम्मेदवार पाण्डे
‘देशको नीति राम्रो भएपछि मात्र राष्ट्र र जनता समृद्ध हुने हो’ : उम्मेदवार कोइराला
‘देशको नीति राम्रो भएपछि मात्र राष्ट्र र जनता समृद्ध हुने हो’ : उम्मेदवार कोइराला
रुकुमेली सेवा समाज बाँकेले कोइरालालाई जिताउने, दिनभर मतदाता भेटघाटमै ब्यस्त
रुकुमेली सेवा समाज बाँकेले कोइरालालाई जिताउने, दिनभर मतदाता भेटघाटमै ब्यस्त
हराएका दुई बालक भेटिए
हराएका दुई बालक भेटिए
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP