नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार २२, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • गृहमन्त्रीले माओवादी निकट कर्मचारीलाई मन्त्रालय प्रवेशमा रोक लगाए
गृहमन्त्रीले माओवादी निकट कर्मचारीलाई मन्त्रालय प्रवेशमा रोक लगाए
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, वैशाख ७, २०७८ बागेश्वरी पोस्ट
गृहमन्त्रीले माओवादी निकट कर्मचारीलाई मन्त्रालय प्रवेशमा रोक लगाए

नेपालगन्ज ।गृह मन्त्रालयमा सरुवा गरी पठाइएका माओवादी केन्द्रसँग निकट सहसचिव सरहका एक उच्च कर्मचारीलाई गृहमन्त्री रामबहादुर थापा बादलले पुनः वन मन्त्रालयमै  फर्काएका छन् । ती कर्मचारीले गृहमा एक दिन पनि हाजिरी गर्न  पाएनन् । 

सहसचिव नवराज ढुङ्गाना माओवादी केन्द्रका नेता मातृका यादव उद्योग मन्त्री भएको बेला यादवको निजी सचिव भई काम गरेका थिए । उनी माओवादी केन्द्रसँग निकट कर्मचारी मानिन्छन् । उनको सम्बन्ध सोझै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग रहेको ढुङ्गाना निकट कर्मचारीहरु बताउँछन् । तर, राजनीति फेरिए पछि उनलाई गृहमन्त्री बादलले गृहमा प्रवेश गर्न रोकेका छन्  ।

नेपाल कम्युनिस्ट पार्टी फुट्नु भन्दा अघि करिब डेढ वर्ष पहिले ढुङ्गाना गृह मन्त्रालयमै काम गरे। त्यसपछि उनी मातृका यादवको निजी सचिवालयमा बसे ।  उद्योग मन्त्रालयबाट उनी वनमा गए । वनमा हुँदा उनी उपसचिवबाट सहसचिवमा बढुवा भए । सहसचिवमा बढुवा भए पछि सङ्घीय मामिला मन्त्रालयले उनलाई गृह मन्त्रालयमा सरुवा गर्‍यो । उनी प्रशासन समूहका कर्मचारी हुन् । 

तर गृह मन्त्रालयले ढुङ्गानाको  सरुवा स्वीकार गरेन । त्यसपछि उनी फेरि वनमै फकिए । अहिले वनमा ३ जना प्रशासन समूहका सहसचिव कार्यरत छन् । जब कि, वनमा प्रशासन समूहमा  एक जना मात्र सहसचिवको दरबन्दी छ । वनमा ढुङ्गाना बाहेक बद्रीराज अर्याल र उमकान्त आचार्य कार्यरत छन् । उनीहरु प्रशासन समूहका हुन् । आचार्य भरखरै मात्र उपसचिवबाट सहसचिवमा बढुवा भएका छन् । केही दिनमै उनी वनबाट अन्य कार्यालय सरुवा हुने भएका छन् । आचार्य सरुवा भए पनि वनमा दुई जना प्रशासन समूहका सहसचिव कार्यरत हुनेछन् । स्रोत भन्छ, माओवादी केन्द्रले बादललाई कारबाही गरे पछि बादलले यस्तो प्रतिक्रिया जनाएका हुन् । ‘यसको सोझो असर  कर्मचारीमा क्षेत्रमा देखियो’वनका एक उपसचिवले भने ।  

यसबारेमा सम्पर्क गर्न खोज्दा ढुङ्गाना सम्पर्कमै आउन चाहेनन् । स्रोतका अनुसार गृहले फर्काए पछि सङ्घीय मन्त्रालयले उनलाई अन्य कुनै ठाउँमा मिलाउन तयारी गरेको छ । तर उनले सकेसम्म काठमाडौमै बस्ने चाहना राखेका छन्। 

माओवादी केन्द्र सत्तामा हुँदा अधिकांश समय उनी सिंहदरबारमै बसे । माओवादी केन्द्र सरकार बाहिर हुँदा उनी मर्कामा पर्ने भएका छन् ढुङ्गाना निकट स्रोतका अनुसार उनकै चाहनामा सङ्घीयले उनलाई गृहमा सरुवा गरेको थियो । हाम्राकुराबाट।


प्रकाशित मिति: मंगलबार, वैशाख ७, २०७८  १५:५१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP