नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार २२, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • जसपा फुट्ने संकेत:ठाकुरको छुट्टै भेला सिंहदरबारमा
जसपा फुट्ने संकेत:ठाकुरको छुट्टै भेला सिंहदरबारमा
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, वैशाख ९, २०७८ बागेश्वरी पोस्ट
जसपा फुट्ने संकेत:ठाकुरको छुट्टै भेला सिंहदरबारमा

नेपालगन्ज । जनता समाजवादी पार्टीको बिबाद चरम बिन्दुमा पुगेको छ। जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफू पक्षधर नेताहरूको बैठक बोलाएका छन्।बैठकका लागि भन्दै उनले  आज संसदीय दलको कार्यालय सिंहदरबारमा पूर्व राजपाबाट सांसद बनेका नेताहरूलाई बोलाएका हुन् ।
 
जसपा नेतृ चन्दा चौधरीले बैठक नभएर अनौपचारिक छलफलमा मात्रै भएको र पूर्व राजपाका तर्फबाट सांसद बनेका १२ जना सांसदहरू छलफलमा सहभागी भएको जानकारी दिइन् । 

अनौपचारिक भनिएको सो बैठकमा अध्यक्ष ठाकुरले सरकार पक्षसँग भइरहेको वार्ता र परिणाम बारे ब्रिफिङ गरेका थिए ।  सो क्रममा उनले कांग्रेससँग पनि छलफल चलिरहेको तर कांग्रेससँग भन्दा एमाले अध्यक्षसमेत रहेका केपी ओली नेतृत्वको  सरकारसँगको वार्ता बढी सकारात्मक रहेको सन्देश सुनाएका छन् ।

बैठकमा पूर्व समाजवादी पार्टीका सांसदहरूलाई भने बोलाइएको थिएन ।  सो समूह प्रधानमन्त्री ओलीसँग नभएर कांग्रेस र माओवादीको गठबन्धन बनाएर सरकार बनाउनु पर्ने पक्षमा छ ।
 
पूर्व समाजवादीका एक सांसदलाई हामीले ‘तपाईँहरू बैठकमा जानु भएन रु’ भनेर सोध्यौँ। जवाफमा ती सांसदले भने,‘पार्टीको बैठक भए बोलाइन्थ्यो गुटको बैठक होला, थाहा भएन ।’

ती सांसदका अनुसार जसपा भित्र पूर्व राजपा र समाजवादी छुट्याएर बैठक बोलाउने परिस्थिति बन्नुले पार्टी विभाजनको सङ्घारमा पुगिसक्यो भन्ने सन्देश दिएको बताए ।

‘पार्टीको बैठक बस्न छाडेर, एकताअघिकै गुटलाई बैठकमा बोलाउँदा अब एकता भङ्ग भयो भन्ने बुझ्दा हुन्छ, यो परिस्थिति भनेको पार्टी विभाजन भयो भनेकै बराबर हो, यसको सन्देश पनि त्यही हो ।’ ती सांसदले भने ।


प्रकाशित मिति: बिहीबार, वैशाख ९, २०७८  १८:३०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP