Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, भदौ २८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • अर्थ मन्त्रालयका ११ सहसचिबको सरुवा
अर्थ मन्त्रालयका ११ सहसचिबको सरुवा
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, वैशाख १०, २०७८ बागेश्वरी पोस्ट
अर्थ मन्त्रालयका ११ सहसचिबको सरुवा

नेपालगन्ज । अर्थ मन्त्रालयका ११ जना सहसचिबको सरुवा भएको छ। 

अर्थ मन्त्रालयका वैदेशिक सहायता समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपाललाई गत साउन महिनामै सरकारले सुदूर पश्चिम प्रदेशमा सरुवा गरेको थियो, तर उनी एक दिन पनि सरकारले सरुवा गरेको ठाउँमा खुट्टा टेकेका छैनन्। उनी अहिले पनि उक्त महाशाखामै कार्यरत छन्।

जब कि उनीसँग सरुवा भएर प्रदेश गएका सहसचिवहरू फेरि काठमाडौँमा फर्केका छन्। तर उनी अर्थ छाडेनन्। 

१० महिना सम्म पनि नेपाल सरुवा भएको ठाउँमा हाजिरी गर्न गएका छैनन्। उनी अर्थमा शक्तिशाली कर्मचारीको रूपमा चिनिएका छन्।

अर्थ मन्त्रालयको वैदेशिक सहयता समन्वय महाशाखा आकर्षक महाशाखा मानिन्छ। त्यहाँ जान अर्थका सहसचिवहरू प्रयास गर्छन्। तर यो अवसर नेपालले पाएका छन्। 

पाल्पा घर भएका नेपाल अर्थमन्त्री विष्णु पौडेलसँग निकट मानिन्छ। अर्थ स्रोत भन्छ, अर्थमन्त्रीसँग निकट भएको कारण उनलाई सिंहदरबार छाड्नु परेको छैन। सिंहदरबार बसे पनि उनले रोजेकै महाशाखा पाएका छन्।

भन्सार विभागबाट केही समय अघि मात्र अर्थ मन्त्रालयमा ल्याइएका सुमन दाहाललाई अर्थको कर्मचारी प्रशासन महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ। बजेटको मुखमै सरकारले अर्थका ११ जना सहसचिवहरूको फेरबदल गरेको छ। फेरबदलमा पर्नेहरूमा थानप्रसाद पज्ञनी पनि परेका छन्। उनलाई सह महालेखा नियन्त्रकका रूपमा खटाइएको छ।

यसै गरी वीरगन्ज भन्सारका प्रमुख महेश आचार्य अर्थ मन्त्रालयमा सरुवा गरिएको छ। वीरगन्ज भन्सार प्रमुखमा सहसचिव सरहको दरबन्दी कायम गरिएको छ। वीरगन्ज बाहेक अन्य भन्सारहरूमा भने भन्सार प्रमुखको दरबन्दी उपसचिव सरहको  छ। आचार्यलाई सरुवा गरे पछि उनको ठाउँमा विश्वप्रसाद अर्याललाई खटाइएको छ।

यसै गरी अर्का सहसचिव अच्युत शिवाकोटीलाई भन्सार जाँच पास कार्यालयको प्रमुख प्रशासक पदमा सरुवा गरिएको छ। त्यतै ईश्वरीप्रसाद अर्याललाई अर्थ मन्त्रालयबाट भन्सार विभागको उप महानिर्देशक पदमा सरुवा गरिएको छ। यसै गरी अर्थका अर्का सहसचिव बाबुराम भण्डारी सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रको तालिम प्रमुख पदमा खटाइएको छ। भन्सारका उपमहा निर्देशक भूमिराम शर्मा भने नेपाल राजश्व परामर्श विकास समितिको सदस्य सचिवमा सरुवा भएका छन्।

उमाकान्त आचार्य अर्थ मन्त्रालयबाट सह महालेखा नियन्त्रकमा पदस्थापन भएका छन्। यस अघि उनी वन मन्त्रालयमा कार्यरत थिए। वनमै हुँदा उनी उपसचिवबाट सहसचिवमा बढुवा भएका थिए।


प्रकाशित मिति: शुक्रबार, वैशाख १०, २०७८  १४:२१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादव दिइन् राजीनामा
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादव दिइन् राजीनामा
बीपी कोइरालाको ११३औं जन्मजयन्तीमा कांग्रेस बाँकेद्वारा माल्यार्पण
बीपी कोइरालाको ११३औं जन्मजयन्तीमा कांग्रेस बाँकेद्वारा माल्यार्पण
सामाजिक सञ्जालमा गालीगलौज रोक्न एमाले बाँकेको चेतावनी, ‘स्क्रिनसट पुस्तिका बनाएर घर–घर पठाउँछौँ’
सामाजिक सञ्जालमा गालीगलौज रोक्न एमाले बाँकेको चेतावनी, ‘स्क्रिनसट पुस्तिका बनाएर घर–घर पठाउँछौँ’
जेनजी आन्दोलनको एक वर्ष: सडकमा उठेको प्रश्नको जवाफ अब परिणामबाट खोजिँदै
जेनजी आन्दोलनको एक वर्ष: सडकमा उठेको प्रश्नको जवाफ अब परिणामबाट खोजिँदै
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP