Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, भदौ २८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • एमाले महाधिवेशन आयोजक कमिटी सदस्यको कार्यविभाजन बाँडफाँड
एमाले महाधिवेशन आयोजक कमिटी सदस्यको कार्यविभाजन बाँडफाँड
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, वैशाख १०, २०७८ बागेश्वरी पोस्ट
एमाले महाधिवेशन आयोजक कमिटी सदस्यको कार्यविभाजन बाँडफाँड

नेपालगन्ज । नेकपा (एमाले)ले १०औँ राष्ट्रिय महाविधेशन आयोजक कमिटी सदस्यको कार्यविभाजन गरेको छ ।

प्रधानमन्त्री निवास वालुवाटारमा आज बसेको आयोजक कमिटीको बैठकले कमिटीका सदस्यको कार्यविभाजन बाँडफाँड गरेको हो ।

दुई सय ६५ आयोजक कमिटीका सदस्यको कार्यविभाजन गरिएको हो। वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षका नेताहरुको भने कार्यविभाजन गरिएको छैन। नयाँ कार्यविभाजन अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओली पार्टी स्कुल विभाग प्रमुख, महासचिव ईश्वर पोखरेल केन्द्रीय कार्यालय प्रमुख र सहइन्चार्ज उपत्यका विशेष कमिटी, विष्णुप्रसाद पौडेललाई सङ्गठन विभाग प्रमुख र अर्थ तथा योजना विभाग प्रमख तोकिएको छ ।

यस्तै नेकपा (माओवादी केन्द्र) बाट एमालेमा प्रवेश गरेका गृहमन्त्री रामबहादुर थापालाई वाग्मती प्रदेशको इन्चार्ज र राष्ट्रिय सुरक्षा प्रवर्द्धन विभागको प्रमुख, लेखराज भट्टलाई सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारीसँगै उद्योग तथा वाणिज्य विभाग प्रमुख, नेपाल उद्योग व्यवसाय महासङ्घको इन्चार्ज तोकिएको छ।

यस्तै, प्रभु साह सहरी विकास विभागको प्रमुख, पेशागत महासङ्घ नेपाल इन्चार्ज र नेपाल बुद्धिजीवी परिषद् इञ्चार्ज तथा टोपबहादुर रायमाझीले मोर्चा सङ्गठनको इन्चार्जको जिम्मेवारी पाएका छन् ।

प्रदीपकुमार ज्ञवाली प्रवक्ता तथा प्रचार तथा प्रकाशन विभाग प्रमुख, सुभास नेम्बाङ प्रदेश नं. १ को इन्चार्ज र संसदीय विभाग प्रमुख, डा राजन भट्टराई विदेश विभाग प्रमुख र प्रवास क्षेत्र इन्चार्ज, विष्णु रिजाललाई विदेश विभाग उपप्रमुख, अग्निप्रसाद खरेल निर्वाचन विभाग प्रमुख र विष्णुप्रसाद रिमाललाई आर्थिक विभाग प्रमुख तथा नेपाल ट्रेड युनियन महासङ्घ इन्चार्जको जिम्मेवारी तोकिएको छ ।

सूर्य थापा  प्रचार तथा प्रकाशन विभाग उपप्रमुख र प्रेस चौतारी नेपालको इन्चार्ज तोकिएका छन्। यसअघि प्रेस चौतारीको इन्चार्ज राजेन्द्रप्रसाद गौतम तोकिएका थिए। गौतम प्रदेश नं १ को सहइन्चार्ज बनेका छन् ।

यसैगरी, माधवकुमार नेपाल पक्षीय पार्टीका नेता  झलनाथ खनाल, वामदेव गौतम, भीमबहादुर रावल, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, योगेश भट्टराई, भीम आचार्य, गोकर्ण विष्टले कुनै पनि जिम्मेवारी पाएका छैनन् । 

पार्टी कार्यालय सचिवमा तामाङ
यस्तै पार्टी केन्द्रीय कार्यालय सचिवका जिम्मेवारी शेरबहादुर तामाङलाई दिइएको छ। यसअघि उक्त सचिवको जिम्मेवारी ईश्वरी रिजाललाई दिइएको थियो। अहिले रिजाललाई स्कुल विभाग सचिवको जिम्मेवारी दिइएको छ ।


प्रकाशित मिति: शुक्रबार, वैशाख १०, २०७८  २०:४७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादव दिइन् राजीनामा
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादव दिइन् राजीनामा
बीपी कोइरालाको ११३औं जन्मजयन्तीमा कांग्रेस बाँकेद्वारा माल्यार्पण
बीपी कोइरालाको ११३औं जन्मजयन्तीमा कांग्रेस बाँकेद्वारा माल्यार्पण
सामाजिक सञ्जालमा गालीगलौज रोक्न एमाले बाँकेको चेतावनी, ‘स्क्रिनसट पुस्तिका बनाएर घर–घर पठाउँछौँ’
सामाजिक सञ्जालमा गालीगलौज रोक्न एमाले बाँकेको चेतावनी, ‘स्क्रिनसट पुस्तिका बनाएर घर–घर पठाउँछौँ’
जेनजी आन्दोलनको एक वर्ष: सडकमा उठेको प्रश्नको जवाफ अब परिणामबाट खोजिँदै
जेनजी आन्दोलनको एक वर्ष: सडकमा उठेको प्रश्नको जवाफ अब परिणामबाट खोजिँदै
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP