prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, साउन ४, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • जसपाका सांसदहरु दुबै पक्षबाट तानातान
जसपाका सांसदहरु दुबै पक्षबाट तानातान
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, वैशाख १३, २०७८ बागेश्वरी पोस्ट
जसपाका सांसदहरु दुबै पक्षबाट तानातान

नेपालगन्ज ।पार्टी दुई कित्तामा विभाजित भए पछि जनता समाजवादी पार्टीका सांसदहरू दुवै पक्षबाट तानातानमा परेका छन् । जसपामा हाल ३४ जना सांसद छन् । ती मध्ये दुई सांसद हरिनारायण रौनियार र रेशम चौधरी निलम्बनमा परेका छन् । बाँकी ३२ जना सांसदहरूको दुवै कित्ताका नेताहरूले गणना सुरु गरेका छन् ।

paribartan 1

केपी ओलीलाई सहयोग गर्ने कि ओलीको विरोधमा जाने भन्ने विषयमा पार्टी दुई कित्तामा बाँडिएको छ । जसपाका सङ्घीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई र जसपाका अध्यक्ष उपेन्द्र यादव ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनु पर्छ भन्दै लबिङ गरिरहेका छन् । ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन भट्टराई र यादवले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग बैठक र छलफल गरेका छन् । ओली सरकार ढाल्नु पर्छ भन्ने पार्टीको लाइन यथावत् रहेको यादवको भनाइ छ ।

यता, ओली सरकार विरोधी कुनै पनि गठबन्धनमा सहभागी नहुने सहमति जसपाका अर्का अध्यक्ष महन्थ ठाकुरले गरेका छन् ।  जसपाले उठाएका माग सरकारले पूरा गर्न प्रक्रिया अघि बढाइरहेको बेला सरकार विरोधी गठबन्धनमा पार्टी सहभागी नहुने सहमति भएको ठाकुर निकट नेता डा।सुरेन्द्र झाले बताए ।

पार्टी भित्र दुई कित्ताको विवाद यसरी बढ्दै गएको छ कि, पुराना समाजवादी पार्टीका नेताहरू पुरानै समाजवादी पार्टीको कार्यालय बालकुमारी जाने गर्छन् भने पुरानो राजपाका नेताहरू पुरानो पार्टी कार्यालय बबरमहल जाने गर्छन् । तर, दुवै पक्षबाट सांसद तान्ने क्रम भने सुरु भएको छ । यो होडबाजीमा पुरानो समाजवादीका अध्यक्ष उपेन्द्र यादवले पुरानो राजपाका अध्यक्ष मण्डलका सदस्य महेन्द्र यादवलाई नै आफूतिर पार्न सफल भएका छन्। ५१ सदस्यीय कार्यकारिणी समितिमा रहेका महेन्द्र पक्षधर ३ नेताहरू महेन्द्र यादव, रमेश यादव र रामनरेश यादवले अहिले कित्ता परिवर्तन गरी उपेन्द्र यादवको कित्तामा पुगेका छन् । महेन्द्र यादव पक्षधर नेताहरू अहिले पुरानो राजपा पार्टी कार्यालय बबरमहल जाने गर्दैनन् ।

पूर्व समाजवादीका सांसदहरू रेणु यादव, प्रदीप यादव, इस्तियाक राई, विमल श्रीवास्तव अहिले पनि प्रधानमन्त्री ओलीसँग निकट मानिन्छन् । त्यसैले उनीहरू ठाकुरसँग निकट भएको बताइन्छ । पोहोर यी नेताहरूले झन्डै तत्कालीन समाजवादी पार्टी फुटाएका थिए । सुरेन्द्र यादवलाई महोत्तरीबाट काठमाडौँ ल्याउने क्रममा पोल खुले पछि पार्टी फुटाउने योजना भताभुङ्ग भएको थियो । रेणु, इस्तिायक लगायतका नेताहरूको त्यस बेला प्रधानमन्त्रीसँग भएको निकटता अहिले पनि कायमै रहेको बताइन्छ । पार्टी फुटाउन लागेको पोल खुलाएका सुरेन्द्र यादव अहिले बाबुराम भट्टराईसँग निकट मानिन्छन् । सुरेन्द्रलाई इस्तियाक, रेणु, प्रदीप लगायतका सांसदहरुले त्यति विश्वास गदैनन् । त्यसैले सुरेन्द्र भट्टराई–यादव गुटसँग निकट मानिन्छन् । यसै गरी भट्टराई–यादव गुटलाई रामसहाय यादव, रामबाबु यादव, राजेन्द्र श्रेष्ठ र लीला सिटौलाले साथ दिएका छन् । सूर्य नारायण यादव मौन छन् । रेणुका गुरुङ अशोक राई पक्षसँग निकट मानिन्छिन् । पूर्व राजपाका १६ सांसदहरू मध्ये महेन्द्र यादव बाहेक १५ सांसद अहिले पनि ठाकुरसँग निकट रहेको स्रोतको भनाइ छ ।

पोहोर साल तत्कालीन दुई पार्टी राजपा र समाजवादीबीच एकीकरण भई जसपा गठन भए पनि अहिलेसम्म दुई पार्टीका अलग अलग संसदीय दल छन् । दुई पार्टीका संसदीय दलबीच अझै समायोजन हुन सकेको छैन । पूर्व समाजवादीको संसदीय दलको नेता उपेन्द्र यादव हुन भने पूर्व राजपाका संसदीय दलको नेता महन्थ ठाकुर हुन् ।


प्रकाशित मिति: सोमबार, वैशाख १३, २०७८  १७:३२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेकपा एमाले शिक्षा तथा मानव स्रोत विभागद्वारा सम्मान
नेकपा एमाले शिक्षा तथा मानव स्रोत विभागद्वारा सम्मान
नेपालगञ्ज-१८ मा काँग्रेसको वडा कार्यालय निर्माण द्रुत, तीनै तहको सरकारसंग सहयोगको अपेक्षा
नेपालगञ्ज-१८ मा काँग्रेसको वडा कार्यालय निर्माण द्रुत, तीनै तहको सरकारसंग सहयोगको अपेक्षा
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP