नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, फागुन ८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • आन्तरिक उडान बन्द गर्ने बारे छलफल गर्दै सिसीएमसी
आन्तरिक उडान बन्द गर्ने बारे छलफल गर्दै सिसीएमसी
banijya office RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, वैशाख १६, २०७८ बागेश्वरी पोस्ट
आन्तरिक उडान बन्द गर्ने बारे छलफल गर्दै सिसीएमसी

नेपालगन्ज ।सरकारले सार्वजनिक तथा निजी सवारी साधनलाई मात्रै सञ्चालनमा रोक लगाएर आन्तरिक तथा बाह्य हवाई उडान जारी राखेपछि आलोचना सुरु भएको छ ।

सरकारलाई निषेधाज्ञाको आवश्यकता बोध गराउने सीसीएमसी -कोभिड (१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र)ले समेत निषेधाज्ञा जारी गर्दा सवारी साधनसहित हवाई उडानमा पनि रोक लगाउनु पर्ने भन्दै सिफारिस गरेको थियो ।

तर, गत सोमबार बसेको मन्त्रीपरिषद् बैठकले भने निजी तथा सार्वजनिक सवारीलाई मात्रै सञ्चालनमा रोक लगाउने गरी सीसीएमसीको सिफारिसलाई परिमार्जनसहित पारित गरेको थियो । 

जसकारण बिहीबारबाट सुरु निषेधाज्ञामा सडक सुनसान भए पनि मुलुकको अन्तर्राष्ट्रिय विमानस्थल र आन्तरिक विमानस्थलबाट देशका विभिन्न स्थानमा जाने हवाई यात्रुहरूको भिडभाड बढेको छ ।  

भीड बढेको र स्वास्थ्य मापदण्डको पालना नभएको गुनासोपछि सीसीएमसीका अधिकारीसहितका टोलीले बिहीबार अन्तर्राष्ट्रिय तथा आन्तरिक विमानस्थलको यात्रु भिडभाड हुने क्षेत्रको अनुगमन गरेका हुन् । 

सीसीएमसीका सचिवालयका संयोजक डा. खगराज बरालले  विमानस्थलमा लापरबाही बढेको पाइएपछि सीसीएमसीले आज चार बजेका लागि विमानस्थलका म्यानेजर, पर्यटन मन्त्रालयका उडान हेर्ने सहसचिवसहितलाई छलफलका लागि बोलाइएको जानकारी दिए । 

‘स्वास्थ्य मापदण्ड पालना नगर्ने हो भने विमानस्थल बन्द गर्नु पर्छ, लापरबाही बढेको गुनासो आइरहेको छ, सीसीएमसीको सरकारलाई पहिले नै यही सुझाव थियो,’ नेपाल सरकारका सचिव तथा सीसीएमसीका सचिवालय संयोजक बरालले   भने ।

सीसीएमसीको अनुगमन टोलीले निषेधाज्ञा लागु हुने पूर्व सन्ध्यामा  विमानस्थलमा अनुगमन गरेको थियो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले निजी तथा सार्वजनिक सवारीलाई मात्रै सञ्चालनमा रोक लगाउने सरकारी निर्णय जायज नभएको र कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको निर्णयमा पुनर्विचार गर्न आग्रह गरिएको बताए । 

‘निजी तथा सार्वजनिक सवारीलाई मात्रै सञ्चालनमा रोक लगाउने सरकारी निर्णय जायज छैन, कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको निर्णयमा पुनर्विचार गर्नै पर्छ, हामीले सरकार र सीसीएमसीलाई निर्णय पुनर्विचारका लागि आग्रह गरेका छौं,’ महासचिव सिटौलाले भने । 

सरकारले गत सोमबारको मन्त्रीपरिषद् बैठकबाट काठमाडौं उपत्यकामा निषेधाज्ञाको घोषणा गर्ने सीसीएमसीको सिफारिसलाई स्वीकृत गरे पनि आन्तरिक र बाह्य हवाई उडान भने यथावतै राख्ने निर्णय गरेको थियो । 

विमानस्थलबाट काठमाडौं आएका यात्रुहरूले टिकट देखाएर विमानस्थलमा रहने प्रिपेड ट्याक्सी लिएर बसोबास स्थलसम्म जाने सुविधा प्रयोग गरेकोसमेत पाइएको छ । सरकारले विदेशबाट आउनेहरूका लागि अनिवार्य होटेल क्वारेनटिनमा बस्नुपर्ने नियम बनाएको छ।हाम्राकुराबाट।


प्रकाशित मिति: बिहीबार, वैशाख १६, २०७८  १६:२७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
देउडा खेलमार्फत मत माग्दै उम्मेदवार पाण्डे
देउडा खेलमार्फत मत माग्दै उम्मेदवार पाण्डे
‘देशको नीति राम्रो भएपछि मात्र राष्ट्र र जनता समृद्ध हुने हो’ : उम्मेदवार कोइराला
‘देशको नीति राम्रो भएपछि मात्र राष्ट्र र जनता समृद्ध हुने हो’ : उम्मेदवार कोइराला
रुकुमेली सेवा समाज बाँकेले कोइरालालाई जिताउने, दिनभर मतदाता भेटघाटमै ब्यस्त
रुकुमेली सेवा समाज बाँकेले कोइरालालाई जिताउने, दिनभर मतदाता भेटघाटमै ब्यस्त
हराएका दुई बालक भेटिए
हराएका दुई बालक भेटिए
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP