prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असोज २, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • सत्ता हत्याएका मुख्यमन्त्री शंकर पोखरेललाई अब झनै कठिन हुँदै
सत्ता हत्याएका मुख्यमन्त्री शंकर पोखरेललाई अब झनै कठिन हुँदै
banijya office RSG-2
बागेश्वरी पोस्ट
बुधबार, वैशाख २२, २०७८ बागेश्वरी पोस्ट
सत्ता हत्याएका मुख्यमन्त्री शंकर पोखरेललाई अब झनै कठिन हुँदै

नेपालगन्ज । मुख्यमन्त्री शंकर पोखरेल दोस्रो पल्ट लुम्बिनी प्रदेशको सत्ता हत्याएपछि  दोहोरो सङ्कटमा परेका छन्। निरङ्कुश शैलीमा प्रदेश प्रमुख धर्मनाथप्रसाद यादवलाई आफ्नै कार्यकक्षमा बोलाएर मुख्यमन्त्रीको शपथ लिएको उनी पक्षधरलाई नै मन परेको छैन।

पोखरेल पक्षधर अधिकांश सांसदले गल्ती सच्याउन भनिरहेका छन्। उनीहरूले चेतावनीसहित सत्ताको लोभ नगर्न समेत भनेका छन्। विपक्षी गठबन्धनले त सार्वजनिक रूपमै मुख्यमन्त्रीलाई बहिस्कार गर्ने निर्णय गरेको छ।

आइतबार पदबाट राजीनामा दिएर पुनः मुख्यमन्त्री नियुक्त भएका पोखरेलले कडा सुरक्षाबीच आफ्नै कार्यकक्षमा प्रदेश प्रमुख उभ्याएर शपथ लिइरहँदा विपक्षी ‘चार दल’ नेपाली काँग्रेस, नेकपा ९माओवादी केन्द्र०, जनता समाजवादी पार्टी ९जसपा०को एक पक्ष र राष्ट्रिय जनमोर्चाका सांसद प्रदेश प्रमुखको कार्यालय घेराउ गर्न पुगे।

प्रदेश प्रमुख यादव केन्द्रीय सत्ताको त्रासमा परे। जागिर जाने डरले संसदीय अभ्यास समेतको ख्याल गरेनन्, लुरुक्क परेर मुख्यमन्त्रीको कार्यकक्ष टेके। र, माथिको आदेश बमोजिम शपथ गराए। 

मुख्यमन्त्रीले भविष्यमा आउने घटनाको ख्यालै गरेका छैनन्, रुपन्देहीकी सांसद रमा अर्यालले भनिन्, ‘उहाँहरूभित्रै आगो सल्किएको छ। हामी त नियुक्ति हुनुभन्दा अघिदेखि नै आन्दोलनमा थियौं। थप आन्दोलनका लागि हामी निरन्तर छलफलमा छौँ।’ उनका अनुसार पोखरेललाई अब झनै कठिन दिनहरू आउँदै छन्।

विपक्षी गठबन्धनले विशेष अधिवेशन बोलाउन माग गरेको छ। त्यही अधिवेशनबाटै सरकार परिवर्तन अथवा नयाँ सरकार बन्ने प्रक्रियाको सुरुवात गर्ने विधि उपयुक्त हुने विपक्षीको तर्क छ। विपक्षी गठबन्धनमा बहुमत सांसद छन्। मुख्यमन्त्री पोखरेल पक्षधर प्रदेशसभा सदस्यहरू समेत असन्तुष्ट छन्। सोमबार रिटर्न भएका दुई स्वतन्त्र सांसद नयाँ समीकरणको पक्षमा देखिएपछि मुख्यमन्त्री धरापमा छन्।

 


प्रकाशित मिति: बुधबार, वैशाख २२, २०७८  १०:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP