नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, साउन ६, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • संसदमा जसपा दुई धार : महन्थले प्रधानमन्त्रीको तारिफ गर्दा उपेन्द्रको गर्जन
संसदमा जसपा दुई धार : महन्थले प्रधानमन्त्रीको तारिफ गर्दा उपेन्द्रको गर्जन
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, वैशाख २७, २०७८ बागेश्वरी पोस्ट
संसदमा जसपा दुई धार : महन्थले प्रधानमन्त्रीको तारिफ गर्दा उपेन्द्रको गर्जन

नेपालगन्ज । जनता समाजवादी पार्टीको विवाद प्रतिनिधिसभामा देखा परेको छ । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत माग्दा जसपाका अध्यक्ष महन्थ ठाकुर र अर्का अध्यक्ष उपेन्द्र यादव दुई धारमा विभाजित भएका हुन् ।

अध्यक्ष ठाकुरले प्रधानमन्त्री ओलीले आफ्ना पार्टीका नेता कार्यकर्तालाई छुटाएको भन्दै धन्यवाद दिएका छन् । उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्ना माग सुने पनि प्रधानमन्त्री ओलीले पीडा बुझेको भन्दै धन्यवाद दिएका थिए ।

‘गम्भीर त्रुटि संविधान देखिएको छ । हामी संविधान संशोधनको माग गर्छौ । ओली प्रचण्ड र देउवाले माग सुन्नुहुन्छ । प्रमलाई धन्यवाद दिन्छु प्रमले हाम्रो कुरा सुनेर पीडा बुझ्नुभएको छ,’ उनले भने ।

अध्यक्ष ठाकुरले आफ्ना १२० जना कार्यकर्ताहरु जेलबाट छुटेको बताए । उनले अन्य कार्यकर्ता पनि जेलबाट छुट्नुपर्ने बताएका थिए ।

ठाकुरले प्रधानमन्त्रीको तारिफ गरिरहँदा जसपाका अर्का अध्यक्ष उपेन्द्र यादव आक्रामक रुपमा प्रस्तुत भए । उनले प्रधानमन्त्रीलाई विश्वासको मत दिन नसक्ने भन्दै विकल्पको बाटो अघि बढिसकेको बताए ।

अध्यक्ष यादवले भने, ‘हामी विश्वासको मत दिन सक्दैनौँ, हाम्रा साथीहरु विश्वासको मतको विरुद्धमा मतदान गर्ने र विकल्प खोज्ने बाटोमा अघि बढिसकेको कुरामा अवगत गराउन चाहन्छु ।’

उनले प्रधानमन्त्री ओली नेतृत्वको सरकारले संघीय लोकतान्त्रिक गणतन्त्र लेख्न पाइदैन भन्ने निर्णय गरेको भन्दै संघीयता भनेको केन्द्रको इकाई मात्रै हो, बढ्ता फूर्ति नदेखाऊ भन्दै चेतावनी दिएको बताए ।

‘संविधानमा त्रुटि छ, हाम्रो रिजर्भेसन छ । तर यही सरकारले संघीय लोकतान्त्रिक गणतन्त्र लेख्न पाइदैन भन्ने निर्णय गर्छ । संघीयता भनेको केन्द्रको इकाई मात्रै हो, बढ्ता फूर्ति नदेखाऊ भन्नु हुन्छ ?,’ यादवले भने ।

उनले विगतमा प्रधानमन्त्री ओलीले मधेशीलाई दुर्व्यवहार गरेको आरोप लगाए । अध्यक्ष यादवले विगतमा दुईचार वटा आँप झरेर केही पर्दैन भन्ने प्रधानमन्त्रीको ओलीले अहिले त्यही आँप खुवाउन खोजेको आरोप लगाए ।


प्रकाशित मिति: सोमबार, वैशाख २७, २०७८  १६:३६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सरकारको प्रारम्भिक कार्यशैली आशाजनक छैन : लिङ्देन
सरकारको प्रारम्भिक कार्यशैली आशाजनक छैन : लिङ्देन
प्रेस काउन्सिलको अध्यक्षमा उमेश श्रेष्ठ र दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे
प्रेस काउन्सिलको अध्यक्षमा उमेश श्रेष्ठ र दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP