नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, वैशाख २६, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • कोरोना संक्रमित र तिनका परिवारलाई हौसला दिऔं...
कोरोना संक्रमित र तिनका परिवारलाई हौसला दिऔं...
बागेश्वरी पोस्ट
बिहीबार, वैशाख ३०, २०७८ बागेश्वरी पोस्ट
कोरोना संक्रमित र तिनका परिवारलाई हौसला दिऔं...
नेपालगन्जकी उपमेयर उमा थापा मगर कोरोना संक्रमित वार्डमा बिरामीलाई हौसला दिदै

नेपालगन्ज । कोरोना सङ्क्रमितले भोग्ने स्वास्थ्य समस्याभन्दा सङ्क्रमितका परिवारले भोग्ने सामाजिक अपहेलना झन् डरलाग्दो छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोनाको बेला छरछिमेकमा सद्भाव कायम राख्न आग्रह गरेको छ तर समुदायमा सङ्क्रमितका परिवारले अपहेलना भोगिरहेको गुनासो गर्न थालेका छन् । 

कैलालीको टीकापुरको ब्लक नं ‘सी’ का एक युवक सङ्क्रमित भए । युवक सङ्क्रमित भएपछि उनको परिवारले सामाजिक अपहेलना भोगेको बताए । “बाहिर निस्कियो कि छिमेकीले नै कोरोना सार्न निस्किएको हो भन्न थाले, खाद्यान्न तरकारी पनि किन्न पाइएन, पसलेले पनि सामान दिन मानेनन्”, युवककी श्रीमतीले भनिन्, “रातिको समयमा टाढाका पसलमा मुख छोपेर अत्यावश्यक सामान खरिद गरेर ल्याएँ।”

श्रीमान् बिरामी भएको पीडा हुँदाहुँदै छिमेकीले गरेको व्यवहारले थप पीडा दिएको उनले बताइन् । “अपराधीलाई जस्तै व्यवहार गरे, करिब २० दिन निकै गाह्रो भयो”, उनले भनिन्, “मनोबल उच्च बनाउने समयमा दुव्र्यवहार सहनुपर्दा पीडा हुनेरहेछ ।”

जानकी गाउँपालिकाका ४३ वर्षीय अर्का युवक भारतमा रोजगारी गुमेपछि स्वदेश फर्किए । स्वदेश फर्केको ती दिनपछि उनलाई स्वास्थ्य समस्या शुरु भयो । उनले पिसिआर परीक्षण गर्दा नतिजा पोजिटिभ आयो । “मसँगै परिवारका अन्य सदस्यसमेत बिरामी भए । सबैलाई स्वास्थ्य समस्या शुरु भयो । सङ्क्रमित छौँ भनेपछि अरुलाई जोखिम नहोला भनेर छिमेकीलाई भन्यौँ”, युवकले भने, “म त समुदायबाटै एक्लो भएँ, मेरो घरमा छिमेकीले हेर्न पनि छोडे । अहिले हामी सबै निको भइसक्यौँ तर हाम्रो घरतिर न कोही हेर्छन्, न बोल्छन् ।”

समाजमा होम आइसोलेशनमा बसेका मानिसलाई असल छिमेकीले आवश्यक खाद्यान्न, अन्य सामग्री र औषधि किनेर ल्याइदिनु पर्ने हो तर सङ्क्रमित वा सङ्क्रमणको शङ्का लागेका परिवारलाई समाजमा दुव्र्यवहार गर्न थालिएको छ । अझ बजार क्षेत्रमा कोठा भाडामा बस्नेलाई बढी कठिनाइ छ । कोठा भाडामा बस्नेहरु सङ्क्रमित भइहाले कोठा छोड्नुपर्ने डरले परीक्षणमा समेत जान सकेका छैनन् । 

टीकापुर १ ब्लक ‘बी’ मा स्थानीय सहकारीमा कार्यरत एक महिलाको परिवार बस्छ । श्रीमान् भारतमा रोजगारी गर्छन् । एक सातादेखि महिला र महिलाका दुई बच्चा बिरामी छन् । “छिमेकीले शङ्का गरेका छन् तर बिसञ्चो हुँदा पनि समस्या छैन भन्नुपरेको छ”, महिलाले भनिन्, “धारा र शौचालय एउटै छ । बिरामी भए कोठा खाली गर्नु भन्लान् भन्ने डरले लुकेर औषधि गर्न गयौँ ।”
 
सङ्क्रमण फैलिनबाट बच्नु आफैँमा बुद्धिमानी हो तर सङ्क्रमण भइहालेमा सङ्क्रमित बचाउन सबैको सहयोग आवश्यक हुन्छ । सङ्क्रमित र तिनका परिवारका लागि आवश्यक सहयोग सबै क्षेत्रबाट हुनुपर्ने समाजशास्त्री शिवचरण चौधरी बताउँछन् । 

“सङ्क्रमितलाई परीक्षण र उपचारका लागि अस्पतालसम्म जाने वातावरण समुदायले बनाइदिनुपर्छ । उनीहरुले आवश्यक सामानमात्र होइन, औषधि, एम्बुलेन्स आदिका लागि तड्पिनुपरेको छ”, उनी भन्छन्, “यस्तो कठिनाइ भोग्नुपर्दा उनीहरुको मनोबल कमजोर हुन्छ । मनोबल बढाउने काममा सबै सहयोगी बन्नुपर्छ । दूरी कायम गरेर सहयोग गर्दा सबैलाई सहज हुन्छ ।”

टीकापुर अस्पतालकी सिनियर स्टाफ नर्स तथा मनोसामाजिक परामर्शकर्ता कल्पना खड्का कोरोना भाइरसको सङ्क्रमण फैलिरहेकाले यसबाट बच्नका लागि दुव्र्यवहार गर्न आवश्यक नभएको बताउँछिन् । 

“अप्ठ्यारो तथा समस्यामा चाहिने भनेकै छिमेकी हो । छिमेकी बिरामी भएर छटपटाइरहेका बेला उसलाई आवश्यक सहयोग गर्न कञ्जुस्याईं गर्नु गलत हो”, खड्का भन्छिन्, “चिकित्सक तथा स्वास्थ्यकर्मीले कसरी सेवा गरिरहेका छन् रु उनीहरुलाई पनि त मृत्युको डर होला रु चिकित्सकले यो समयमा गरेको सेवाबाट केही सिकौँ ।” 

स्टाफ नर्स खड्का समाजमा सद्भाव बचाइराख्न अप्ठेरोमा रहेकालाई सहयोग गरे अस्पतालमा पनि बिरामीको भीड कम हुने बताउँछिन् । “अस्पतालहरुमा धान्नै नसकिने भीड छ, दूरी कायम गरेर सुरक्षित तवरले एक अर्कालाई सहयोग गरौँ”, उनले भनिन्, “यो बेला धेरै मानिस आत्तिएर मरिरहेका छन् । मानिसलाई शान्त रहन प्रोत्साहन गरौँ ।” रासस।


प्रकाशित मिति: बिहीबार, वैशाख ३०, २०७८  ०८:१९
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्जमा ५३ प्रतिशतले मात्रै खाए हात्तीपाइले रोग विरुद्धको औषधि
नेपालगञ्जमा ५३ प्रतिशतले मात्रै खाए हात्तीपाइले रोग विरुद्धको औषधि
स्वास्थ्य वीमालाई नागरिकको योगदानमा आधारित हुने गरी व्यवस्थित गर्नुपर्दछः मन्त्री पौडेल
स्वास्थ्य वीमालाई नागरिकको योगदानमा आधारित हुने गरी व्यवस्थित गर्नुपर्दछः मन्त्री पौडेल
भेरी अस्पतालमा जलन वार्ड र सर्जिकल विङ्गको उद्घाटन
भेरी अस्पतालमा जलन वार्ड र सर्जिकल विङ्गको उद्घाटन
जानकी गाउँपालिकामा ३ हजार २ सय थान झुल वितरण
जानकी गाउँपालिकामा ३ हजार २ सय थान झुल वितरण
bhandari jee RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP