prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, साउन ४, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • दाङमा अक्सिजन ब्यवस्थापनको पहलमा प्रदेश सांसदहरु
दाङमा अक्सिजन ब्यवस्थापनको पहलमा प्रदेश सांसदहरु
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, वैशाख ३०, २०७८ बागेश्वरी पोस्ट
दाङमा अक्सिजन ब्यवस्थापनको पहलमा प्रदेश सांसदहरु

नेपालगन्ज । दाङमा संचालित सिमेन्ट उद्योगहरुले अक्सिजन सिलिन्डर र अक्सिजन भर्ने रकम उपलब्ध गराउने भएका छन् । 

paribartan 1

कोभिडका कारण जनजीवन नराम्ररी प्रभावित हुन थालेपछि जनताको ज्यान जोगाउन निजी क्षेत्रको सहयोग लिने विषयमा दाङका लुम्बिनी प्रदेशका सांसदहरुको पहलमा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा आज जिल्ला प्रशासन कार्यालय दाङमा बसेको बैठकमा सोनापुर सिमेन्टले प्रति दिन २० वटा सिलिन्डर उपलब्ध गराउने घोषणा गरेको छ । त्यस्तै सगरमाथा सिमेन्टले दैनिक ५० वटा सिलिन्डर भर्ने बराबरको रकम दिने प्रतिबद्धता जनाएको छ । सम्राट सिमेन्टले दैनिक २० वटा सिलिन्डर भर्ने रकम उपलब्ध गराउने भएको छ । 

लुम्बिनी प्रदेशका सांसद, सिमेन्ट उद्योगका प्रतिनिधि, राजनीतिक दल, संचारकर्मी लगायत उपस्थित बैठकमा अक्सिजनको सहज र यथेष्ट उपलब्धताका लागि प्रशासन र सांसदहरुले पहल गर्नुपर्नेमा जोड दिइएको छ । वैठकमा सहभागी लुम्बिनी प्रदेशका सांसद शंकर गिरीका अनुसार अक्सिजनको दीर्घकालीन समाधानका लागि अक्सिजन प्लान्ट स्थापना गर्ने कार्यलाई अघि बढाउन सोनापुर सिमेन्टका प्रवन्धक हरि पाठकलाई व्यवस्थापनको जिम्मा दिइएको छ । सरकारी स्तरबाट प्लान्ट स्थापना गर्न ढिला हुने निष्कर्ष निकाल्दै निजी क्षेत्रलाई जिम्मा दिइएको हो । यस कार्यमा आउने बाधा व्यवधान हटाउन प्रमुख जिल्ला अधिकारी र सांसदहरुले पहल गर्ने सहमति बनेको गिरीले बताउनुभयो । 

भारतबाट लिक्विड अक्सिजन ढुवानीको जटिलतालाई मध्यनजर गर्दै सोनापुर सिमेन्टका प्रवन्धक पाठकलाई नै जिम्मेवार दिइएको छ । सरकारबाट डकुमेन्टेसनका लागि प्रजिअ र सांसदहरुले जिम्मा लिने निर्णय भएको छ । बैठकमा सिलिन्डर भर्न विद्युतको समस्या हुने भएकाले लुम्बिनी प्रदेशका सार्वजनिक लेखा समितिका सभापति डिल्ली बहादुर चौधरीले नेपाल विद्युत प्राधिकरणका महानिर्देशकसंग कुरा गरेर समस्या समाधान गर्ने प्रतिबद्धता जनाउनुभयो ।

होम आइसोलेसनमा बसेकाहरुलाई स्थानीय स्वास्थ्यकर्मी परिचालन गरी स्वास्थ्य स्थितिबारे जानकारी लिने र टोल टोलमा अनुगमन समिति बनाएर संक्रमित बसेका घरबाट बाहिर कोभिड फैलिनबाट रोक्ने निर्णय गरिएको छ । बैठकमा सार्वजनिक लेखा समिति संयोजक डिल्ली चौधरी, प्रदेश मामिला तथा कानुन समिति सभापति दामा शर्मा, सांसदहरु शंकर गिरी, अर्जुन श्रेष्ठ, रेवतीरमण शर्मा, सरस्वती गौतम र धमकली चौधरी सहभागी हुनुहुन्थ्यो । 

 

 

 


प्रकाशित मिति: बिहीबार, वैशाख ३०, २०७८  १७:०१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेकपा एमाले शिक्षा तथा मानव स्रोत विभागद्वारा सम्मान
नेकपा एमाले शिक्षा तथा मानव स्रोत विभागद्वारा सम्मान
नेपालगञ्ज-१८ मा काँग्रेसको वडा कार्यालय निर्माण द्रुत, तीनै तहको सरकारसंग सहयोगको अपेक्षा
नेपालगञ्ज-१८ मा काँग्रेसको वडा कार्यालय निर्माण द्रुत, तीनै तहको सरकारसंग सहयोगको अपेक्षा
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP