नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, चैत ४, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • प्रधानमन्त्रीको शपथ बदर गर्न माग गर्दै सर्वोच्चमा रिट
प्रधानमन्त्रीको शपथ बदर गर्न माग गर्दै सर्वोच्चमा रिट
बागेश्वरी पोस्ट
आइतबार, जेठ २, २०७८ बागेश्वरी पोस्ट
प्रधानमन्त्रीको शपथ बदर गर्न माग गर्दै सर्वोच्चमा रिट

नेपालगन्ज । सर्वोच्च अदालतमा प्रधानमन्त्री केपी शर्मा ओलीले पुनःनियुक्तपछि लिएको सपथ बदर गर्न माग गर्दै रिट लिएर कानुन व्यवसायीहरु सर्वोच्च अदालत पुगेका छन् ।

प्रधानमन्त्रीले लिएको सपथ बदर गर्न माग गर्दै आइतबार (आज) वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवाली, अधिवक्ताद्वय लोकेन्द्रबहादुर ओली र केशरजंग केसी रिट लिएर सर्वोच्च पुगेका हुन्। यद्यपि समयअभावका कारण रिटहरु आज दर्ता हुन नसकेको सर्वोच्च अदालत प्रशासनले जनाएको छ । 

गत वैशाख ३१ गते प्रधानमन्त्रीले पद तथा गोपनीयताको शपथ लिँदा राष्ट्रपति विद्यादेवी भण्डारीले दुईपटक उच्चारण गर्दासमेत ‘प्रतिज्ञा गर्दछुु भन्ने वाक्यांश प्रधानमन्त्रीले त्यो पर्दैन भनी उच्चारण गरेनन्। उनीहरुले शपथमा राष्ट्रपतिले दुई–दुई पटक उच्चारण गरेको शब्द उच्चारण गर्न पर्दैन भनी प्रधानमन्त्रीले राष्ट्रपति, राष्ट्रपति संस्था, संविधान, जनताप्रतिको सार्वभौमसत्ता र राष्ट्रप्रतिको निष्ठामाथि नै मानमर्दन गरेको भनी बदर गर्न माग गरेका छन् ।

सर्वोच्चमा पेश गरिएको रिटमा भनिएको छ, ‘राष्ट्रपतिले सपथको ढाँचाबमोजिम सपथ वाक्यांश जे जस्तो पढ्नु हुन्छ सोही बमोजिम नै प्रधानमन्त्रीले सपथग्रहण गर्नुपर्ने हुन्छ । सपथको ढाँचालाई तलमाथि फेरबदल गर्न पाइँदैन। यदि यसो भयो भने संविधान, संविधानवाद, जनताप्रतिको सार्वभौमसत्ता र राष्ट्रप्रतिको निष्ठामाथि नै मानमर्दन हुन पुग्दछ।’ संघीय संसद सदस्य नरहेकालाई पुनः नियुक्त गर्नु संविधान विपरीत हुने समेत रिटमा उल्लेख गरिएको छ ।

वरिष्ठ अधिवक्ता ज्ञवालीले शपथको शब्द उच्चारण नगरेर प्रधानमन्त्रीले विधिको शासनप्रतिको प्रतिज्ञा र जवाफदेहिता नमानेकाले त्यसलाई बदर गरिपाउँ र अर्को शपथ नलिएसम्म प्रधानमन्त्री पद यथास्थितिमा राख्न पनि माग गरिएको बताए। रिटमा अहिले भइरहेको शपथ कुन कानुन र अभ्यास अन्तर्गत भएको हो भन्ने प्रश्न समेत उठाइएको छ। साथै, शपथको ढाँचासम्बन्धी संघीय कानुन बनाउन परमादेश पनि माग गरिएको छ ।


प्रकाशित मिति: आइतबार, जेठ २, २०७८  १९:०३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कांग्रेस क्षेत्र नम्बर १ बाँकेले भन्यो-'निर्वाचन परिणाम स्वीकार्दै बिगतका कमजोरीका गम्भीर समीक्षा गर्छौं'
कांग्रेस क्षेत्र नम्बर १ बाँकेले भन्यो-'निर्वाचन परिणाम स्वीकार्दै बिगतका कमजोरीका गम्भीर समीक्षा गर्छौं'
नेपाली कांग्रेसका उम्मेदवार कोइरालाद्वारा मतदाताप्रति आभार ब्यक्त, विजयी उम्मेदवारलाई बधाई
नेपाली कांग्रेसका उम्मेदवार कोइरालाद्वारा मतदाताप्रति आभार ब्यक्त, विजयी उम्मेदवारलाई बधाई
बाँकेमा ४७ जना उम्मेदवारको जमानत जफत !
बाँकेमा ४७ जना उम्मेदवारको जमानत जफत !
बाँकेमा समानुपातिकतर्फ रास्वपा पहिलो दल
बाँकेमा समानुपातिकतर्फ रास्वपा पहिलो दल
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP