नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असार १७, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • निषेधाज्ञामा कडाइ,अटेर गर्नेलाई १ वर्ष कैद वा ५ लाख जरिवाना
निषेधाज्ञामा कडाइ,अटेर गर्नेलाई १ वर्ष कैद वा ५ लाख जरिवाना
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, जेठ ९, २०७८ बागेश्वरी पोस्ट
निषेधाज्ञामा कडाइ,अटेर गर्नेलाई १ वर्ष कैद वा ५ लाख जरिवाना

नेपालगन्ज ।सरकारले कोरोना भाइरसको महामारी रोक्ने बहानामा देशभर निषेधाज्ञामा कडाइ गर्न निर्देशन दिएको छ । अहिलेसम्म निषेधाज्ञा पनि वाध्यता सम्झेर गरेको सरकारले अहिले आएर संसद विघटनको विरोधमा देशैभर विपक्षीहरु सडकमा उत्रने ठानेर निषेधाज्ञामा कडाइ गर्न निर्देशन दिएको हो । 

गृह मन्त्रालयले शनिबार ७७ वटै जिल्लामा निषेधाज्ञामा कडाइ गर्न सर्कुलर जारी गरेको छ। गृहसचिव महेश्वर न्यौपानेले कोभिड–१९ संकट व्यवस्थापन सम्बन्धमा जारी भएको अध्यादेशको कडाइका साथ कार्यान्वयन गर्न सुरक्षा प्रमुखहरुलाई निर्देशन दिएका हुन् । 

निषेधाज्ञा कार्यान्वयनमा वाधा अवरोध गर्नेलाई १ वर्षसम्म कैद र ५ लाख रुपैयाँ जरिवाना वा दुवै सजाय गर्नसक्ने व्यवस्था गरिएको छ । सोही अनुसार कार्यान्वयन गर्न मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गरेको हो ।

केपी शर्मा ओली नेतृत्वको सरकारले निरंकुश मानसिकता बोक्दै दोस्रो पटक संसद विघटन गरेको छ । संसद विघटन गर्नुअघि यो अवस्था आउन सक्ने भन्दै कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश ल्याएको थियो । उक्त अध्यादेशमार्फत राजनीतिक विरोधसमेत रोक्ने योजना सरकारको हो । 

यसअघि नै स्वास्थ्य संकटकाल लगाउन विपक्षीले आग्रह गर्दा समेत अटेर गरेका ओलीले आफू विरुद्धको आवाज दबाउन भने अध्यादेश ल्याएर निरंकुश मानसिकता प्रदर्शन गरेको आरोप लागेको छ । 

यसअघि निषेधाज्ञा लगाउन पनि स्थानीय सरकारको जिम्मा दिने ओली सरकारले अहिले भने विरोध रोक्नका लागि ७७ वटै जिल्लामा सर्कुलर जारी गरेको हो । 

अध्यादेश बमोजिम दिइएको आदेश उल्लंघन गरे प्रमुख जिल्ला अधिकारीले तत्काल जरिवाना गर्न सक्नेछन् । मास्क नलगाएको व्यक्तिलाई प्रहरीले पटकैपिच्छे एक सय रुपैयाँ, आवतजावत बन्द उल्लंघन गर्दा दुई सय रुपैयाँ, अनुमति बिना सवारी चलाए दुई पाङ्ग्रे सवारीलाई दुई हजार र अन्य सवारीलाई पाँच हजार रुपैयाँ जरिवाना गर्न सक्ने प्रहरीले जनाएको छ । 

त्यसैगरी अध्यादेश विपरीत काम गर्ने संस्था वा व्यवसायलाई सजायसँगै प्रजिअले छ महिनासम्म बन्द गरिदिन पनि सक्ने बताइएको छ । 

विपक्षी दलका नेताहरुले भने यो अध्यादेशमार्फत रोक्न खोजिएको विरोधका स्वरलाई पूर्व राजा ज्ञानेन्द्र शाहको भन्दा पनि अझ क्रुर भनी आक्रोश पोखेका छन् । 

सरकारले कोरोना नियन्त्रणलाई पैसा छैन भने पनि चुनाव गर्नका लागि भने जति पनि खर्च गर्ने मानसिकता बनाएको छ । हाम्राकुराबाट।


प्रकाशित मिति: आइतबार, जेठ ९, २०७८  ०९:५२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
३५० क्षमताको जेलमा ८७२ कैदीबन्दी, संसदीय समितिले देख्यो दयनीय अवस्था
३५० क्षमताको जेलमा ८७२ कैदीबन्दी, संसदीय समितिले देख्यो दयनीय अवस्था
बाँके जिल्ला स्तरीय चौथो नागरिक सम्मेलन सम्पन्न
बाँके जिल्ला स्तरीय चौथो नागरिक सम्मेलन सम्पन्न
गैसस महासंघ बाँकेको अध्यक्षमा मन भण्डारी
गैसस महासंघ बाँकेको अध्यक्षमा मन भण्डारी
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP