नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, साउन २१, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • सुर्खेत–हिल्सा सडक समयमै बन्ने
सुर्खेत–हिल्सा सडक समयमै बन्ने
RSG-2
६४ अर्ब लागत
बागेश्वरी पोस्ट
शुक्रबार, कात्तिक १, २०७६ बागेश्वरी पोस्ट
सुर्खेत–हिल्सा सडक समयमै बन्ने

सुर्खेत । चीनका राष्ट्रपति सी चिनफिङको दुईदिने नेपाल भ्रमणका बेला कर्णालीको जीवनमार्गको रूपमा लिइने कर्णाली करिडोर (सुर्खेत–हिल्सा फास्ट ट्र्याक)लाई समेटेकोमा कर्णाली प्रदेश सरकारले खुसी व्यक्त गरेको छ । कोसी, गण्डकीसंँगै कर्णाली करिडोरलाई पनि नेपाल चीनबीच भएको संयुक्त वक्तव्यको ५ नं. बुँदामा समेटेपछि कर्णाली करिडोर समयमै बन्नेमा प्रदेश सरकार आशावादी भएको छ ।
कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले कर्णालीको जीवनमार्गका रूपमा चिनिएको सुर्खेत–हिल्सा सडक चीन सरकारले बनाइदिने भएपछि खुसी प्रकट गर्नुभयो । दक्षिणको भारत र उत्तरको चीन जोड्ने सो सडक बनाउन चीन सरकारले नीतिगत रूपमा स्वीकार गरेको र त्यसका लागि कर्णाली प्रदेश सरकारले चीन सरकार र नेपाल सरकारलाई धन्यवाद दिएको उहाँले बताउनुभयो ।
सुरुमा जमुनाहा–हिल्सा सडक भनिए पनि कोहलपुर–सुर्खेत सडक स्तरोन्नति गर्ने काम भइरहेकाले अब सुर्खेतको सुब्बा कुनालाई ‘जिरो प्वाइन्ट’ मानेर हिल्सासम्म कर्णाली करिडोर पु¥याइने छ । दुवै देशलाई जोड्ने सडक सुर्खेत–हिल्सा भएकाले कर्णाली प्रदेशको आवश्यकता र चीन सरकारको प्राथमिकता पनि भएको मन्त्री ज्वालाले बताउनुभयो ।
उक्त सडकको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर)समेत तयार भइसकेको छ । प्रदेश सरकार स्थापना भएसँगै प्राथमिकतामा राखेर सुरुमा जमुनाहा–हिल्सा सडक नामकरण गरी प्रदेश सरकारले सङ्घीय अर्थ मन्त्रालय र चीनको चाइन रेल्वे कम्पनीको चाइना इन्जिनियरिङ कम्पनीले डीपीआरसमेत तयार पारिसकेको छ ।
लागत ६४ अर्ब
सुर्खेत–हिल्सा फास्ट ट्र्याकको लम्बाइ ४०३ किलोमिटर छ । वीरेन्द्रनगरको सुब्बाकुनादेखि हुम्लाको हिल्सासम्म कुल ४०३ किलोमिटर लम्बाइ रहने छ । निर्माण लागत ६४ अर्ब रुपियाँ रहेको डीपीआरमा उल्लेख छ । सुरुमा बाँकेको जमुनाहाबाट जिरो प्वाइन्ट मानेर डीपीआर तयार गरिए पनि अब प्रदेश राजधानी सुर्खेतवीरेन्द्रनगरको सुब्बाकुनालाई जिरो प्वाइन्ट मानेर ४०३ किलोमिटर लम्बाइ तय गरिएको मन्त्री ज्वालाले बताउनुभयो ।
सुर्खेत–हिल्सा फास्ट ट्र्याकलाई दुईवटा मोडलमा निर्माण गर्न सकिने छ । पहिलो चीन सरकारको पूर्ण लगानी अर्थात् अनुदानमा र दोस्रो कम्पनीले ईपीएफ मोडेलमा अर्थात् सस्तोमा ऋण लिएर तिर्ने सर्तमा सो सडक निर्माण गर्न सक्ने छ । प्रदेश सरकारले दोस्रो मोडेलका रूपमा काम गर्न सकिने चाहना राखेको मन्त्री ज्वालाले बताउनुभयो ।
प्रदेशको जीवनमार्ग
सुर्खेत–हिल्सा सडकलाई कर्णालीको जीवनमार्गका रूपमा लिइएको छ । दक्षिण भारततर्फ सिमाना नछोएको कर्णाली प्रदेशलाई उक्त सडक निर्माण हुन सकेमा भारत र उत्तर चीनलाई छुने छ । त्रिदेशीय सडक हुने भएकाले यसलाई जीवनमार्गका रूपमा लिइएको छ । यो सडक निर्माण भए चीन, नेपाल र भारतबीच व्यापारिक र पर्यटकीय सम्बन्धमा टेवा पुग्ने छ । 


प्रकाशित मिति: शुक्रबार, कात्तिक १, २०७६  ०७:३४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ममता थापा नाइस अवार्ड २०२६ बाट पुरस्कृत
ममता थापा नाइस अवार्ड २०२६ बाट पुरस्कृत
रेडक्रसकर्मीलाई सेफगार्डिङ्गसम्बन्धी अभिमुखीकरण 
रेडक्रसकर्मीलाई सेफगार्डिङ्गसम्बन्धी अभिमुखीकरण 
रंग लगाइएको मासको दाल नष्ट, कर बीजक नराख्ने डिस्ट्रिब्युटरलाई १० हजार जरिवाना
रंग लगाइएको मासको दाल नष्ट, कर बीजक नराख्ने डिस्ट्रिब्युटरलाई १० हजार जरिवाना
'योगा डान्स' का श्रष्टा 'रेडियोप्रेमी वान' श्याम गिरीको विश्व कीर्तिमान राख्ने सपना 
'योगा डान्स' का श्रष्टा 'रेडियोप्रेमी वान' श्याम गिरीको विश्व कीर्तिमान राख्ने सपना 
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP