prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, साउन ३, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • सरकारमा जान सर्बोच्च अदालतको फैसला कुर्दै ठाकुर-महतो
सरकारमा जान सर्बोच्च अदालतको फैसला कुर्दै ठाकुर-महतो
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, जेठ १२, २०७८ बागेश्वरी पोस्ट
सरकारमा जान सर्बोच्च अदालतको फैसला कुर्दै ठाकुर-महतो

नेपालगन्ज ।सरकारमा जान जनता समाजवादी पार्टीको महन्थ ठाकुर–राजेन्द्र महतो पक्षले सर्वोच्च अदालतको सम्भावित प्रारम्भिक निर्णय कुरेको छ। ठाकुर निकट स्रोतले दिएको जानकारी अनुसार अदालतले सुरुमै पुनस्स्थापनाको पक्षमा या सरकारको विपक्षमा परमादेश या अन्तरिम आदेश गर्‍यो भने ठाकुर पक्ष सरकारमा नजाने भएको छ। तर अदालतमा बहस लम्बिँदै गई निर्णय गर्न एक दुई महिना लाग्ने अवस्था आयो भने ठाकुर महतो पक्ष सरकारमा जाने भएको छ। त्यसकालागि कम्तीमा यो हप्ता (शनिबार)सम्म कुर्ने निष्कर्ष ठाकुर पक्षले निकालेको छ।

paribartan 1

‘सर्वोच्चले अन्तरिम आदेश या परमादेश जारी गरेन भने अर्को हप्ता सरकारमा जाने निश्चित छ’ ठाकुर पक्षका एक नेताले भने,‘त्यसकालागि करिब करिब सबै तयारी पूरा भएको छ ।’ उनले आफ्नो नाम खुलाउन चाहेनन् । सरकरमा पठाउनको लागि प्रारम्भिक सूचि समेत तयार भएको ठाकुर पक्षको भनाइ छ । 

सरकारमा जाने निश्चित भए पछि यादव पक्षका ५ जना सांसदले कित्ता परिवर्तन गरी ठाकुर पक्षमा पुगेका छन् । यद्यपि संसद् विघटन भएको अवस्थामा गैर सांसदलाई पनि मन्त्री बनाउने छुट प्रधानमन्त्रीलाई छ । तर ठाकुरले सकेसम्म सांसदलाई मात्रै सरकारमा पठाउने तयारी गरेका छन् । गैर सांसद बाहिरबाट सिफारिस भयो भने सर्बेन्द्रनाथ शुक्ल या उमाकान्त झा मात्र हुने छन्, स्रोतले बताएको छ। 

प्रधानमन्त्रीले संसद्मा विश्वासको मत लिनु अघि यादव पक्षका दुई सांसद विमल श्रीवास्तव र उमाशङ्कर अरगरैयाले कित्ता परिवर्तन गरी ठाकुर पक्षमा पुगेका थिए । हाल यादव पक्षका अरू तीन जना सांसद रुही नाथ, कल्लुदेबी विश्वकर्मा र रेणुका गुरुङले कित्ता परिवर्तन गरेका छन् । कित्ता परिवर्तन गरेकाहरूलाई मन्त्री बनाउनु पर्ने दबाब ठाकुरलाई छ । 

यादव पक्षका ५ जना सांसदले कित्ता परिवर्तन गरे पछि संसदीय दलमा ठाकुरको पक्षमा २० र यादव पक्षमा  १२ जना सांसद मात्र छन् । बहुमत सांसदको आधारमा ठाकुर पक्षले महतोलाई संसदीय दलको नेता चयन गरेको हो। 

कार्यकारिणीमा बहुमत जुटाउन अशोक राई सँग कुरा गर्दै ठाकुर

यसैबिच, ठाकुर पक्षले कार्यकारिणी समितिमा बहुमत पुर्‍याउन यादव पक्षका कार्यकारिणी समितिका केही सदस्यहरूसँग कुराकानी अघि बढाएको छ । यसकोलागि अशोक राईसँग समेत गम्भीर कुराकानी भइरहेको स्रोतले दाबी छ । राई निकट रेणुका गुरुङले यसअघि नै कित्ता परिवर्तन गरी ठाकुर पक्षमा गएकी छन् । हाल कार्यकारिणी समितिमा यादव पक्ष बहुमतमा छ । ५१ सदस्यीय कार्यकारिणीमा २८ जना सदस्य यादवको पक्षमा छन् । 

यदि राईले कित्ता परिवर्तन गरे भने राई र राई निकट नेताहरू ठाकुर तीर जाने छन्। त्यस बेला कार्यकारिणीमा पनि ठाकुरको पक्षमा बहुमत पुग्ने ठाकुर पक्षीय नेताहरूको विश्लेषण छ । अहिले एकले अर्कोलाई स्पष्टीकरण सोध्ने होडबाजी सुरु भएको छ । तर दुवै पक्षले स्पष्टीकरण दिएका छैनन् । आफ्नो पक्षलाई वैधानिक देखाउनको लागि कार्यकारिणी समितिमा बहुमत जुटाउन दुवै पक्ष सक्रिय छन्। 

यादव पक्षका कार्यकारिणी समितिका सदस्यहरू कित्ता परिवर्तन गरेनन् भने बहुमत यादवको पक्षमै हुनेछ । तर ठाकुर पक्षले मन्त्री दिने लोभ देखाएको छ, जसबाट कार्यकारिणीमा पनि केही सदस्यहरूले कित्ता परिवर्तन गर्ने सम्भावना रहेको स्रोतले बताएको  छ ।हाम्राकुराबाट।


प्रकाशित मिति: बुधबार, जेठ १२, २०७८  १४:५०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP