prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, साउन ३, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रियसभा लुम्बिनी प्रदेशको उपनिर्वाचनमा गठबन्धन बलियो
राष्ट्रियसभा लुम्बिनी प्रदेशको उपनिर्वाचनमा गठबन्धन बलियो
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, जेठ १६, २०७८ बागेश्वरी पोस्ट
राष्ट्रियसभा लुम्बिनी प्रदेशको उपनिर्वाचनमा गठबन्धन बलियो

नेपालगन्ज।राष्ट्रियसभा सदस्य अन्तर्गत लुम्बिनी प्रदेशको लागि उपनिर्वाचन मिति नजिकिएको छ। जेठ १७ गते हुने उपनिर्वाचन, प्रदेशको राजधानी घोराहीमा हुने भएको हो। उपनिर्वाचनमा लुम्बिनी प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका दृग नारायण पाण्डे र एमालेका चन्द्र बहादुर खड्का बीच चुनावी मैदान तातिने भएको छ।

paribartan 1

राष्ट्रियसभा सदस्य पदमा एमालेका खड्का दोहोरिन खोजेका वेला, गठबन्धनका साझा उम्मेदवार दृग नारायण पाण्डेले आफ्नो जितका लागि कसरत बढाएका छन्। पाण्डे, कपिलवस्तुबाट एमाले तर्फ विजय भएका हुन्। उनले पछिल्लो समय एमाले पार्टी माथि विभिन्न समस्या देखाउँदै, नेपाली काँग्रेसमा प्रवेश गरेका हुन्।

माओवादी केन्द्रबाट राष्ट्रियसभा सदस्य निर्वाचित खड्का एमालेमा प्रवेश गरेपछि उनको राष्ट्रियसभा सदस्य पद गुम्न पुगेको थियो। माओवादी केन्द्रबाट कारबाहीमा परेका खड्का पुनः आफ्नो पदलाई जिताउन निकै कस्सिएको पाइएको छ।

स्थानीय तहका प्रमुख–उपप्रमुख र प्रदेशसभा सदस्यहरूले मतदान गर्न पाउने सो उपनिर्वाचनमा प्रदेशमा रहेका ४ दलीय गठबन्धनले आफ्नो साझा उम्मेदवारको विजयी हात पार्न तदारुकता देखाएको छ, भने एमाले एक्लैको प्रयासमा खड्कालाई पुनः राष्ट्रिय सभा सदस्य बनाउन जोड दिँदै आएको छ।

तर, लुम्बिनी प्रदेशको अङ्कगणितलाई हेर्दा, ४ दलीय गठबन्धनको पटक बलियो देखिएको छ। जसको जित सुनिश्चित देखिएको छ। गठबन्धनको कुल मत भार ३ हजार २ सय ६७ छ, भने एमाले तर्फ २ हजार ८ सय ३२ छ।

नेपाली काँग्रेस तर्फ, १९ जना प्रदेशसभा सदस्य, ४५ स्थानीय तहका प्रमुख–उपप्रमुख गरी कुल मत भार १ हजार ६ सय ८५, माओवादी केन्द्र तर्फ १८ प्रदेशसभा सदस्य, १८ स्थानीय तहका प्रमुख उपप्रमुख गरी कुल मत भार १ हजार १ सय ८८, जनता समाजवादी तर्फ २ जना प्रदेशसभा सदस्य सहित कुल मत भार २ सय ९४ र जसपाको १३ मत छ, भने गठबन्धनमै रहेको राष्ट्रिय जनमोर्चा तर्फ १ जना प्रदेशसभा सदस्य र ४ स्थानीय तहका प्रमुख उपप्रमुख गरी कुल मत भार १ सय २० रहेको छ।

यस्तै, एमाले तर्फ ३८ जना प्रदेशसभा सदस्य र ५६ स्थानीय तहका प्रमुख उपप्रमुख गरी कुल मत भार २ हजार ८ सय ३२ रहेको छ। मतदानमा सहभागी हुने अन्य दल तर्फ ७९ र स्वतन्त्र तर्फ ४ रहेको बताइएको  छ।


प्रकाशित मिति: आइतबार, जेठ १६, २०७८  १४:४०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP