prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, साउन ३, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश प्रहरी प्रमुख र जिल्ला प्रमुखको सरुवाको तयारी
प्रदेश प्रहरी प्रमुख र जिल्ला प्रमुखको सरुवाको तयारी
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, जेठ ३१, २०७८ बागेश्वरी पोस्ट
प्रदेश प्रहरी प्रमुख र जिल्ला प्रमुखको सरुवाको तयारी

नेपालगन्ज  । नेपाल प्रहरीको प्रदेश र केही जिल्लाका नेतृत्व फेरबदलको तयारी थालिएको छ । प्रदेश र जिल्लामा एक वर्ष अवधि पूरा भएका अधिकृतहरुको सरुवा गर्ने प्रक्रिया थालिएको हो ।

paribartan 1

गृह मन्त्रालयले प्रदेशमा सुरक्षा प्रमुखहरु खटाएको १२ महीना पुगिसक्दा पनि सरुवा हुन सकेको छैन । ८ वैशाख २०७७ मा सरुवा भएर प्रदेश गएका प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरु हालसम्म प्रदेशमै कार्यरत छन्।

सामान्य अवस्थामा एक वर्षमा प्रहरी अधिकारीहरुको सरुवा गर्ने व्यवस्था छ । कार्यसम्पादनमा समस्या देखिए त्यसअगावै पनि प्रहरीको सरुवा हुने गरेको छ । उनीहरुको सरुवा प्रक्रिया थालिएको गृह मन्त्रालय स्रोतले बतायो । यसपछि क्रमशः प्रहरी नायब उपरीक्षक (डीएसपी) सम्मै सरूवा हुने स्रोतको भनाइ छ ।

हाल प्रहरीमा वरिष्ठ उपरीक्षक (एसएसपी), उपरीक्षक (एसपी), नायब उपरीक्षक (डीएसपी)हरुको सरुवा गर्ने बेला भइसकेको प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकृत बताउँछन् । संघीय प्रहरी कार्यालयका एसएसपीहरु, मोरङ, सुनसरी, दाङ, कैलाली, बाँके, कास्की लगायतका जिल्लाका एसपी र अर्घाखाँची, भोजपुर, संखुवासभा, खोटाङ लगायतका डीएसपीले एक वर्ष अवधि विताइसकेका छन् ।

उपत्यकामा प्रहरी वृत्तको नेतृत्व गरिरहेका डीएसपी दक्षकुमार बस्नेत, हरिबहादुर बस्नेत, नविन कार्की, निराजनदत्त भट्ट, रोशन खड्कालगायतको पनि एक वर्ष अवधि पुगिसकेको छ । सोह्रखुट्टका डीएसपी दिपक खड्काको पनि एक वर्ष अवधि पुगिसकेको थियो । तर कारबाहीमा परेर जिम्मेवारी खोसिएको छ ।

कानूनतः एसपीसम्म सरुवा गर्ने अधिकार प्रहरी महानिरीक्षक (आईजीपी) लाई हुन्छ । तर हरेक प्रहरी निरीक्षक (इन्स्पेक्टर) सम्मकै सरुवामा शक्तिकेन्द्रले दबाब दिने गरेको छ ।एक अधिकृतका अनुसार सुरुवातमा कोरोना भाइरस महामारीलाई कारण देखाउँदै सरुवा रोकिएको थियो । पछि गृहमन्त्री रामबहादुर थापा ‘बादल’ पदमुक्त भएपछि प्रहरीमा सरुवा हुनसकेन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर चुनाव घोषणा गरेपछि प्रहरी सरुवामा बालुवाटारको चासो छ । यद्यपि अदालतमा मुद्दा–मामिला चलेर परिस्थिति अन्यौलग्रस्त भइरहँदा पनि प्रदेश र जिल्लाका नेतृत्वको सरुवामा ढिलाइ भएको छ ।

हालै डीआईजी सरुवाको तयारी गरिए पनि नयाँ गृहमन्त्री आएसँगै पछाडि धकेलिएको एक अधिकृत बताउँछन् । प्रहरी प्रवक्ता वसन्त कुँवरले भने सरुवाको विषयमा आफूलाई केही जानकारी नभएको बताए ।

स्रोतका अनुसार नयाँ गृहमन्त्री खगराज अधिकारीले बल्ल डीआईजी सरुवा सुरु गर्ने तयारी गरेका छन् । यदि सर्वोच्च अदालतमा विचाराधीन मुद्दा फैसला हुँदा संसद पुनर्स्थापना नभए हाल सरुवा गरिने प्रहरी कमाण्डरहरुले चुनाव गराउने भएकाले पनि यो पटक प्रहरीमा हुने फेरबदललाई महत्वका साथ हेरिएको छ ।

प्रदेशमा प्रमुखमा क-कसको दाबी ?

हालका रहेका डीआईजीमध्ये कार्यक्षमतामा बलियो मानिएकालाई प्रहरी महानिरीक्षक शैलेश थापाले यसअघिकै सरुवामा महत्वपूर्ण ठाउँमा अवसर दिइसकेको अधिकृतहरु बताउँछन् ।

सामान्यतया प्रदेशबाट प्रदेशमै सरुवा गरिँदैन । त्यसैले अबको सरुवा प्रदेश जाने योग्न डीआईजीहरु कम भएको प्रहरी प्रधान कार्यालय स्रोत बताउँछ ।

अब प्रदेश जाने अधिकांश डीआईजीहरु अघिल्लो बढुवामा छुटेका डीआईजीहरु छन् । प्रहरी प्रधान कार्यालय, नक्सालले प्रदेश नं १ मा अरुणकुमार बिसीलाई पठाउने तयारी गरेको छ। सबैभन्दा चुनौतिपूर्ण मानिने प्रदेश नं २ मा दिवेश लोहनीलाई जिम्मा दिने प्रहरी मुख्यालयको तयारी छ ।

संगठनमा व्यवसायिक अधिकृतको छवि भए पनि ३३ किलो सुनकाण्डमा मुछिएपछि उनी बढुवामा छुटेका थिए । स्रोतका अनुसार बागमती प्रदेशमा डीआईजी सहकुलबहादुर थापालाई पठाउने तयारी गरिएको छ । हाल केन्द्रीय अनुसन्धान ब्युरोमा निर्देशक रहेका डीआईजीमा ब्याचको दोस्रो वरियतामा छन् ।

पहिलो बरियताका विश्वराज पोखरेल प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बनिसकेका छन् । र, प्रहरी महानिरीक्षक (आईजीपी)बन्ने लाइनमा आफूलाई सुरक्षित स्थानमा उभ्याएका छन् ।

गण्डकी प्रदेशमा डीआईजी प्रकाशजंग कार्की, लुम्बिनीमा मुकुन्द आचार्य, कर्णालीमा गणेश ऐर र सुदूरपश्चिममा डा. देवबहादुर बोहोरालाई पठाउने तयारी छ । तर यसमा गृहमन्त्री खगराज अधिकारीको राय आइसकेको छैन । त्यसैले सूचीमा केही फेरबदल हुनसक्ने भनिएको छ ।अनलाइनखबरबाट।


प्रकाशित मिति: सोमबार, जेठ ३१, २०७८  १८:४१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP