prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ ३, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • पुलिस रिपोर्ट अव पूर्णरूपमा अनलाइनबाटै !
पुलिस रिपोर्ट अव पूर्णरूपमा अनलाइनबाटै !
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, मंसिर १७, २०७६ बागेश्वरी पोस्ट
पुलिस रिपोर्ट अव पूर्णरूपमा अनलाइनबाटै  !
फाइल तस्बिर

काठमाडाैं । पुलिस रिपोर्ट लिन घण्टौं लाइन बस्न नपर्ने भएको छ । नेपाल प्रहरीले पुलिस रिपोर्टका लागि आइतवार (मंसिर १५ गते)देखि पूर्णरूपमा अनलाइन सिस्टम लागू गरेको हो ।

पुलिस रिपोर्ट बनाउनका लागि धेरै खर्च गरेर काठमाडौंसम्म आइपुग्नुपर्ने र घण्टौंसम्म लाइन बस्नुपर्ने बाध्यतालाई अन्त्य गर्न लागि अनलाइन सिस्टम ल्याएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेलले बताए ।

पोखरलेले भने, ‘घण्टौंसम्म लाइन बस्ने बाध्यतालाई अन्त्य गर्नका लागि नेपाल प्रहरी दिवसको दिनबाट अनलाइन गर्ने घोषणा गरेका थियौं, आइतवारदेखि पूर्णरूपमा लागू भएको हो ।’
 
पुलिस रिपोर्टको लागि अनलाइन फर्म भर्ने तरिका  opcr.nepalpolice.gov.np मा जाने अथवा नेपाल प्रहरीको बेवसाइटमा गएपछि दायाँतर्फ पुलिस क्लिरेनस रजिस्ट्रेसन सिस्टम अनलाइन अप्लाइमा क्लिक गर्नुपर्ने हुन्छ ।

त्यसपछि एउटा डाइलग बक्स खुल्छ, जसमा पहिले नै रजिस्ट्रेसन भएको खण्डमा इमेल र पासवर्ड हान्ने यदि पहिले रजिस्ट्रेसन भएको छैन भने रजिस्ट्रेसन गर्न सकिन्छ ।

दोस्रो चरणमा नेपाली र विदेशी छान्नका लागि विकल्पहरू देखिन्छन्, नेपालीले आईएम नेपालीमा क्लिक गर्नुपर्ने हुन्छ ।

त्यसपछि अर्को चरणमा आफ्नो नाम, थर, लिंग, फोन नम्बर र इमेल आईडी राखेर क्याप्चा नम्बर राखी रजिस्ट्रेसन गर्न सकिन्छ ।

रजिस्ट्रेसन भइसकेपछि तपाईंको मोबाइल र इमेल आईंडीमा केही समयको लागि पासवर्ड उपलब्ध हुन्छ, जुन पासवर्ड आफूले आफ्नो नयाँ पासवर्ड बनाइसक्दासम्म मात्र काम लाग्छ ।

त्यसपछि नयाँ पासवर्ड बनाउनका लागि डाइलग बक्स खुल्छ, त्यसमा नयाँ आफूले चाहेको पासवर्ड बनाउन सकिन्छ ।

आफूलाई उपलब्ध भएको पासवर्डले रजिस्ट्रेसनको प्रक्रिया खुल्छ, त्यसपछि आफ्नो सम्पूर्ण विवरण राख्ने ५ चरणको डाइलग बक्स खुल्छ ।

पहिलो चरणमा आफ्नो नामथर, बुवाआमाको नाम थर, जन्म मिति र फोटो राख्नुपर्ने हुन्छ । फोटो ३.५ सेन्टीमिटर र ४.५ सेन्टिमिरमा क्रप गरेर राख्नुपर्ने हुन्छ ।

अन्तिममा केका लागि पुलिस रिपोर्ट लिने खुलाउनुपर्ने हुन्छ ।

दोस्रो चरणमा नागरिकताको विवरण भर्ने ठाउँ आउँछ जसमा पुरानो र नयाँ नागरिकताको आधारमा एउटाबाट भर्न सकिन्छ ।

अर्को डाइलग बक्समा आफू रहेको देश कुन त्यस ठाउँको ठेगाना राख्नुपर्ने हुन्छ ।

तेस्रो चरणमा नागरिकता र पासपोर्टका फोटो अफलोड गर्नुपर्ने हुन्छ ।

चौथो चरणमा अपराधिक इतिहासको बारेमा राख्नुपर्ने हुन्छ यदि छ भने यस र छैन भने नो भन्ने विकल्पमा क्लिक गर्नुपर्ने हुन्छ ।

अन्तिम चरणमा तपाईंले भरेको सम्पूर्ण विवरण देखाउँछ यदि नमिलेको खण्डमा सच्याउन पाइन्छ । यदि ठीक छ भने क्याप्चा दिएर रजिस्ट्रेसन गर्न सकिन्छ । 

रजिस्ट्रेसन गरिकेपछि तपाईंलाई एप्लिकेसन नम्बर आउँछ । 

फर्म भरेको ३ दिनपछि नेपाल प्रहरीको केन्द्रीय कार्यलयको चालचलन शाखाबाट पुलिस रिपोर्टको सक्कल लिन सकिन्छ ।

सफ्ट कपी भने तपाईंको आईडीमै उपलब्ध हुने चालचलन शाखाका प्रहरी नायब निरीक्षक निर्मल दुलालले बताए ।

 
 


प्रकाशित मिति: मंगलबार, मंसिर १७, २०७६  ०४:१२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लायन्य क्लब अफ नेपालगञ्जका पदाधिकारीको  सपथ ग्रहण
लायन्य क्लब अफ नेपालगञ्जका पदाधिकारीको सपथ ग्रहण
बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु
बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु
गैसस महासंघ लुम्बिनी रणनीतिक र प्रभावकारी कार्यक्रममा केन्द्रित
गैसस महासंघ लुम्बिनी रणनीतिक र प्रभावकारी कार्यक्रममा केन्द्रित
मारुती नन्दन अर्डर एण्ड सप्लायर्सलाई २० हजार रुपैयाँ जरिवाना
मारुती नन्दन अर्डर एण्ड सप्लायर्सलाई २० हजार रुपैयाँ जरिवाना
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP