नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, वैशाख २२, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • पतिको हत्या भएको दाबी गर्दै पत्नीद्वारा अनुसन्धान गर्न माग
पतिको हत्या भएको दाबी गर्दै पत्नीद्वारा अनुसन्धान गर्न माग
बागेश्वरी पोस्ट
मंगलबार, मंसिर १७, २०७६ बागेश्वरी पोस्ट
पतिको हत्या भएको दाबी गर्दै पत्नीद्वारा अनुसन्धान गर्न माग

नेपालगन्ज । नेपालगन्ज खजुरा सडक खण्डमा मृत भेटिएका सुर्खेतका सतेन्द्र विसीको हत्या नै भएको परिवारले दाबी गरेको छ । गत कार्तिक २० गते मृत अवस्थामा भेटिनुभएका सुर्खेत घर भई हाल नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १२ बेलासपुर बस्दै आउनुभएका विसीको हत्या नै भएको परिवारले दाबी गरेको हो ।

जानकी गाउँपालिकाको वडा नम्बर ३ को सडक छेउँमा विसीको शव कार्तिक २० गते विहान भेटिएको थियो । बाँके प्रहरीले सवारी साधनको ठक्करबाट विसीको मृत्यु भएको बताएपनि घटना रहस्यमय भएको परिवारको दावी छ । घटनाको करिब एक महिनापछि मृतक विसीकी पत्नी जानकी विसीले आज नेपालगन्जमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै घटनामा प्रहरीले प्रभावकारी अनुसन्धान नगरेको दुखेसो पोख्नुभयो । घटनाको सुक्ष्म अनुसन्धान गर्न उहाँले माग गर्नुभयो । मृत्यु हुनु भन्दा अघिल्लो दिनसम्म परिवारकै सम्पर्कमा रहेको व्यक्ति भोलिपल्ट त्यस्तो अवस्थामा भेटिनु रहस्यमय भएको पत्नी जानकीको भनाई छ ।

जग्गाको कारोवार गर्ने विसी १९ गते सुर्खेत जान्छु भनेर घरबाट हिँडेको जानकीले बताउनुभयो। गाडीले ठक्कर दिएको भए शरीरका अन्य भागमा पनि चोट लाग्नुपर्नेमा त्यस्तो नदेखिएको तर टाउकोमा पछाडिबाट हानेको जस्तो चोट भएको भन्दै उहाँले हत्या नै भएको दावी गर्नुभयो । प्रहरीले पोष्टमार्टम रिपोर्टमा टाउकोमा चोट लागेको देखाएको जनाएको छ ।

बाँकेका प्रहरी प्रमुख प्रहरी उपरिक्षक बीरबहादुर ओलीले घटनालाई आफूहरुले गम्भीरताका साथ लिएको बताउँदै अनुसन्धान भइरहेको जानकारी दिनुभयो । परिवारजनले भने प्रहरीको अनुसन्धान प्रभावकारी नभएको गुनासो गरेका छन् ।

घटना भएको महिना दिन वित्नै लाग्दा समेत प्रहरीले कुनै चासो नदिएको विसीकी पत्नी जानकीको गुनासो छ ।


प्रकाशित मिति: मंगलबार, मंसिर १७, २०७६  १७:१२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
चट्याङ लागेर एक जनाको मृत्यु
चट्याङ लागेर एक जनाको मृत्यु
संवैधानिक परिषद्सम्बन्धि अध्यादेश फेरि राष्ट्रपतिलाई पठाउने सरकारको निर्णय
संवैधानिक परिषद्सम्बन्धि अध्यादेश फेरि राष्ट्रपतिलाई पठाउने सरकारको निर्णय
नेपालगञ्जबाट बादी समुदायको मागः 'लालीबजार' को प्रदर्शनमा प्रतिबन्ध लगाउनुपर्दछ
नेपालगञ्जबाट बादी समुदायको मागः 'लालीबजार' को प्रदर्शनमा प्रतिबन्ध लगाउनुपर्दछ
'सरकार प्रेस स्वतन्त्रताप्रति अनुदार बन्ने दिशामा अघि बढेको आशंका'
'सरकार प्रेस स्वतन्त्रताप्रति अनुदार बन्ने दिशामा अघि बढेको आशंका'
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP