prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, भदौ १, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • एक बेला माओवादी ‘जनसेना’ थिए उनी; अहिले वडा हाँक्दैछन्
एक बेला माओवादी ‘जनसेना’ थिए उनी; अहिले वडा हाँक्दैछन्
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, असार ९, २०७८ बागेश्वरी पोस्ट
एक बेला माओवादी ‘जनसेना’ थिए उनी; अहिले वडा हाँक्दैछन्

नेपालगञ्ज । उनी अहिले जनताको सेवामा तल्लीन छन् । जनताका समस्या सुन्दै समाधानका बाटाहरु पहिल्याउँदै विकासलाई गति दिन उनलाई भ्याई नभ्याई छ । विभिन्न कार्यक्रमहरुबाट आउने निमन्त्रणालाई स्विकार्दै गर्दा उनको व्यस्तता अझ चर्को देखिन्छ । 

एक बेला हातमा हतियार बोकेर परिवर्तनको विगुल फुक्दै युद्ध मैदानमा होमिने उनी अहिले कलम समाएर दस्तखत गर्न अग्रसर छन् । त्यो बेला लुकी लुकी हिँड्ने उनी, अहिले जनतासंग साक्षात्कार गरेर रत्तिभर थाक्दैनन् । माओवादीले चलाएको सशस्त्र जनयुद्ध ताका सहायक सैन्य कमाण्डर बनेका उनी अहिले जनताले चुनेका जनप्रतिनिधि हुन् । 

२०७४ असार १४ गते भएको स्थानीय तहको निर्वाचनमा नेपालगञ्जको पुरानो बस्ती एक्लैनी क्षेत्रबाट उदाएका जनप्रतिनिधि हुन्, एक बेलाका माओवादी सेनाका सहायक कमाण्डर मो.अयुब सिद्धिकी । साविकको वडा नम्बर ४ र ९ जहाँ कांग्रेस र अन्य पार्टीको दबदबा थियो, त्यही क्षेत्रबाट खासै संगठन नभएको माओवादीबाट उम्मेदवार बनेर उदाए सिद्धिकी । उनी भन्छन्—‘वडाबासीले मलाई अगाध माया गर्नुभयो, मेरो पार्टीको यहाँ खासै संगठन नै नभएको अवस्थामा मलाई ठूलो विश्वास गरेर जिताउनुभयो, उहाँहरुको ऋणको भारी तिर्न म अहोरात्र खटिएको छु ।’ 

मुस्लिम परिवारका ४२ बर्षीय सिद्धिकी २०५६ देखि २०६२ सम्म भूमिगत थिए । कैलालीलाई मुख्य क्षेत्र बनाएर उनको सैन्य यात्रा अघि बढेको थियो । बाउबाजे कांग्रेस भएपनि उनी त्यतै डोरिए । कांग्रेस पृष्ठभूमिका सिद्धिकी कस्मेटिकका सामान लिएर पहाड जान्थे । उतै जाँदा जाँदै, उनीहरुसंग संगत गर्दागर्दै माओवादीको प्रतिबद्ध क्याडर बनेर सैन्य परेड खेल्न थाले । ‘जनसेना’ उनी खुलेआम व्यापार गर्ने मान्छे, कसैले देख्ला कि भनेर लुकेर हिंड्न थाले । शुरुमा उनी सञ्चारमा थिए, पछि ‘जनसेना’ बने ।

मधेशी मुस्लिम समुदायको एउटा युवालाई पार्टीले विश्वास गरेर अघि बढाएकोमा उनी औधि खुसी देखिन्छन् । भन्छन्—‘यहाँसम्म आइपुग्न पार्टीले गरेको विश्वासलाई म कहिल्यै घात गर्दिन, जनताले दिएको साथलाई कहिल्यै भूल्दिन ।’ पछिल्लो चार बर्षदेखि वडाको विकासमा तन, मन र बचनले लागेको बताउने सिद्धिकी आफूले वडामा थुप्रै काम गरेको दाबी गर्छन् । ‘म प्रचार रुचाउँदैन, यो गरें त्यो गरें भनेर भनिरहनु पर्दैन, वडाबासीको मुहारमा खुसी देख्न पाए मलाई पुग्छ’, उनी थप्छन्—‘मेरो कामलाई जनताले रुचाएका छन्, म यसमै खुसी छु ।’ 

निर्वाचित भएर आए लगत्तै बाटो चौडा गर्ने क्रममा उनले कुटाई पनि खाए । तर, यसलाई उनले अन्यथा सम्झेका छैनन् । ‘जनताले कुरा बुझेका छन् । मैले गर्न खोजेको उनीहरुकै लागि हो भन्ने बुझेका छन्, त्यसमा मलाई रत्तिभर गुनासो छैन’, उनी भन्छन् । नेपालगञ्ज उपमहानगरबाट वडाका लागि मोटरसाइकल खरिद गर्ने पैसा आएपनि आफूले त्यसो नगरी विकासमै उक्त रकम खर्चेको बताउने सिद्धिकी वडाका सबै जनप्रतिनिधिलाई साथमा लिएर अघि बढेकाले राम्रो काम भइरहेको दाबी गर्छन् । 

(सिद्धिकीसंग प्रधान सम्पादक नवीन गिरीले गर्नुभएको कुराकानीमा आधारित)


प्रकाशित मिति: बुधबार, असार ९, २०७८  १६:२९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु
बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु
गैसस महासंघ लुम्बिनी रणनीतिक र प्रभावकारी कार्यक्रममा केन्द्रित
गैसस महासंघ लुम्बिनी रणनीतिक र प्रभावकारी कार्यक्रममा केन्द्रित
मारुती नन्दन अर्डर एण्ड सप्लायर्सलाई २० हजार रुपैयाँ जरिवाना
मारुती नन्दन अर्डर एण्ड सप्लायर्सलाई २० हजार रुपैयाँ जरिवाना
मानव बेचविखन सम्बन्धि राष्ट्रिय प्रतिवेदन तयार गर्न 'केन्द्रिकृत समूह छलफल' गर्दै मानव अधिकार आयोग
मानव बेचविखन सम्बन्धि राष्ट्रिय प्रतिवेदन तयार गर्न 'केन्द्रिकृत समूह छलफल' गर्दै मानव अधिकार आयोग
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP