नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, माघ २५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • नरैनापुरमा सशस्त्र प्रहरीको सीमा सुरक्षा तथा लागू औषध सम्वन्धि सचेतना
नरैनापुरमा सशस्त्र प्रहरीको सीमा सुरक्षा तथा लागू औषध सम्वन्धि सचेतना
banijya office RSG-2
बागेश्वरी पोस्ट
बुधबार, मंसिर १८, २०७६ बागेश्वरी पोस्ट
नरैनापुरमा सशस्त्र प्रहरीको सीमा सुरक्षा तथा लागू औषध सम्वन्धि सचेतना

(नरैनापुर) बाँके । बाँकेको नरैनापुरमा सीमा सुरक्षा र लागू औषध सेवन विरुद्धको सचेतना कार्यक्रम गरिएको छ । नरैनापुर गाउँपालिका वडा नम्बर २ लक्ष्मणपुरमा स्थानीयका लागि सीमा सम्वन्धि जानकारीका साथै लागू औषध विरुद्धको सचेतना कार्यक्रम गरिएको हो ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण हेडक्वाटर बागेश्वरीको आयोजना तथा नरैनापुर गाउँपालिकाको सहयोगमा आयोजित कार्यक्रमका सहभागीहरुलाई सशस्त्र प्रहरी उपरिक्षक दीपक अधिकारीले सीमा सुरक्षाका लागि स्थानीयले ध्यान दिनुपर्ने विषयमा जानकारी गराउनुभएको थियो । उहाँले खुला सीमाका कारण हुन सक्ने लागू औषध ओसारपसार तथा सेवनलाई निरुत्साहित गर्न स्थानीय नै सचेत र जागरुक हुनुपर्ने बताउनुभयो । सशस्त्र प्रहरी उपरिक्षक अधिकारीले सीमा स्तम्भ सुरक्षामा स्थानीयको विशेष दायित्व हुने भन्दै दशगजा क्षेत्रमा कुनै खालको अतिक्रमण हुन नहुने बताउनुभयो । सशस्त्र प्रहरी बल सीमा सुरक्षा बल कट्कुइँयाका प्रहरी निरिक्षक गणेश भण्डारी तथा शसस्त्र प्रहरी बल गंगापुरका प्रहरी नायब निरिक्षक खगेन्द्र विकले अन्तर्राष्ट्रिय सीमा, सीमा स्तम्भ र दशगजाका बारेमा स्थानीयलाई जानकारी गराउनुभएको थियो ।

नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले पछिल्लो एक बर्षमा लागूऔषध दुब्र्यसनीहरुले धमाधम कुलत छाड्दै सत्मार्गमा हिंड्ने प्रण गरिरहेको बताउँदै खुला सीमाका कारण बढेको जोखिम न्यूनीकरणका लागि गाउँपालिका गम्भीर रहेको बताउनुभयो । उहाँले डुडुवादेखि नरैनापुरको हुलासपुर्वासम्मका केही सीमा स्तम्भ हराएकाले सीमा स्तम्भ पुनःस्थापनाका लागि भूमिका खेल्न सशस्त्र प्रहरी बललाई आग्रह गर्नुभयो । नरैनापुरका सीमावर्ती स्थानीयहरु सीमाका असली रक्षक भएको बताउँदै अध्यक्ष शाहले आफ्नो जमिनको रक्षाका लागि सबै गम्भीर हुनुपर्ने बताउनुभयो ।

त्यस्तै नरैनापुर गाउँपालिकामा स्वास्थ्य सम्बन्धी जनचेतना मूलका कार्यक्रम समेत सम्पन्न भएको छ। गाउँपालिकाको सहयोगमा उक्त कार्यक्रम वडा नम्बर ३ मा सम्पन्न भएको छ। कार्यक्रममा ५० बढीको सहभागिता रहेको थियो भने कार्यक्रमको प्रमुख आथित्यता अध्यक्ष राजकुमार मौर्यले गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण सबिना सोडारीले गर्नु भएको थियो।

लागु औषध कार्यक्रममा दुई सय बढी स्थानीय सहभागी कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण कान्त उपाध्याय, नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दल बहादुर बस्नेत, वडा नम्बर १ का अध्यक्ष मोल्हे बेहना शेख, ३ नम्बर वडाका अध्यक्ष राजकुमार मौर्य लगायत सहभागी हुनुहुन्थ्यो ।


प्रकाशित मिति: बुधबार, मंसिर १८, २०७६  १८:५८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगन्जमा बाल अधिकारसम्बन्धि परियोजनाको 'क्लोज-अप' बैठक सम्पन्न
नेपालगन्जमा बाल अधिकारसम्बन्धि परियोजनाको 'क्लोज-अप' बैठक सम्पन्न
कोशी प्रदेश स्तरीय ‘जलवायु कार्य र न्याय सञ्जाल’ गठन
कोशी प्रदेश स्तरीय ‘जलवायु कार्य र न्याय सञ्जाल’ गठन
एकै दिन बर्दियामा चितुवाको आक्रमणमा दुई जनाले ज्यान गुमाए
एकै दिन बर्दियामा चितुवाको आक्रमणमा दुई जनाले ज्यान गुमाए
जन्ती बस दुर्घटना अपडेट: हालसम्म १३ जनाको मृत्यु
जन्ती बस दुर्घटना अपडेट: हालसम्म १३ जनाको मृत्यु
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP