Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, भदौ २८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस नेता गिरी र पाण्डेद्वारा बाँकेका नेता कार्यकर्तासंग भेटघाट
कांग्रेस नेता गिरी र पाण्डेद्वारा बाँकेका नेता कार्यकर्तासंग भेटघाट
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, असार १२, २०७८ बागेश्वरी पोस्ट
कांग्रेस नेता गिरी र पाण्डेद्वारा बाँकेका नेता कार्यकर्तासंग भेटघाट

नेपालगन्ज । नेपाली कांग्रेसका दुई जना केन्द्रिय सदस्यले आज बाँकेमा नेता कार्यकर्ताहरुसंग भेटघाट गर्नुभएको छ । पार्टी कार्यालयमा केन्द्रिय सदस्य तथा पूर्व मन्त्री दीपक गिरी र केन्द्रिय सदस्य सुरेन्द्र पाण्डेले कार्यकर्ताहरुसंग भेटघाट गर्नुभएको हो ।

जिल्लामा देखिएको क्रियाशील सदस्यता विवाद र आगामी १४औं महाधिवेशनका विषयमा नेताद्वयले जिल्लाका नेता कार्यकर्तासंग छलफल गर्नुभएको थियो । बाँके जिल्ला सभापति किरण कोइराला र उपस्थित अन्य नेता कार्यकर्ताले जिल्लामा उत्पन्न क्रियाशील सदस्यता विवाद, विवाद समाधानका लागि जिल्ला तहमा भएका प्रयास, क्षेत्र नम्बर १ मा झण्डै ४/५ सय नयाँ सदस्यता इन्ट्री नगरिएको विषयमा गुनासो गरेका थिए । क्षेत्र नम्बर १ मा क्षेत्रीय सभापतिले पूर्वाग्रही बनेर वडाबाट सिफारिस भएर गएका नामहरु पनि इन्ट्री नगरेको भन्दै उनीहरुले आक्रोश समेत पोखेका थिए । 

नेताद्वयले निर्धारित मितिमा जसरी पनि महाधिवेशन गर्नुपर्ने बाध्यात्मक अवस्था रहेकाले समयमै विवाद समाधान गरेरै पार्टी महाधिवेशनमा होमिने बताउनुभएको थियो । बर्दियाको नयाँ क्रियाशील सदस्यता र नवीकरणमा देखिएको शुल्क विवाद समाधानका लागि गुलरिया पुग्नुभएका गिरी र पाण्डेले काठमाण्डौ फर्कने क्रममा बाँकेका नेता कार्यकर्तासंग छलफल गर्नुभएको हो ।

यसअघि आज नेपाली काङ्ग्रेस बर्दियाको पार्टी कार्यालयमा केन्द्रिय सदस्यद्वय गिरी र पाण्डे एवम् जिल्ला सभापति सञ्जय गौतम , जिल्ला सदस्य, पदाधिकारी तथा विभिन्न सरोकारवाला नेता-कार्यकर्ताको बीचमा व्यापक छलफल भई क्रियाशिल सदस्यताको शुल्कको विषयमा जिल्ला कार्यसमितिको पूर्ववत्  निर्णय बमोजिम नै शुल्क लिएर क्रियाशील सदस्यता नविकरण एवम् वितरण गर्ने सर्वसम्मत निर्णय भएको छ ।


प्रकाशित मिति: शनिबार, असार १२, २०७८  १९:२३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादव दिइन् राजीनामा
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादव दिइन् राजीनामा
बीपी कोइरालाको ११३औं जन्मजयन्तीमा कांग्रेस बाँकेद्वारा माल्यार्पण
बीपी कोइरालाको ११३औं जन्मजयन्तीमा कांग्रेस बाँकेद्वारा माल्यार्पण
सामाजिक सञ्जालमा गालीगलौज रोक्न एमाले बाँकेको चेतावनी, ‘स्क्रिनसट पुस्तिका बनाएर घर–घर पठाउँछौँ’
सामाजिक सञ्जालमा गालीगलौज रोक्न एमाले बाँकेको चेतावनी, ‘स्क्रिनसट पुस्तिका बनाएर घर–घर पठाउँछौँ’
जेनजी आन्दोलनको एक वर्ष: सडकमा उठेको प्रश्नको जवाफ अब परिणामबाट खोजिँदै
जेनजी आन्दोलनको एक वर्ष: सडकमा उठेको प्रश्नको जवाफ अब परिणामबाट खोजिँदै
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP