prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, साउन ३, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • बाँके कांग्रेसको नेतृत्वमा अब को ?
बाँके कांग्रेसको नेतृत्वमा अब को ?
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, असार १५, २०७८ बागेश्वरी पोस्ट
बाँके कांग्रेसको नेतृत्वमा अब को ?

नेपालगन्ज । नेपाली कांग्रेसको १४औं महाधिवेशन नजिकिएसंगै वडा तहदेखि केन्द्रसम्मै उम्मेदवारहरुको चर्चा परिचर्चा शुरु भएको छ । पछिल्लो कार्यतालिका अनुसार साउन १२ गतेदेखि तल्लो तहबाट अधिवेशन शुरु हुनेछ । वडा, पालिका, क्षेत्र, जिल्ला, प्रदेश हुँदै भदौ १६ देखि १९ गतेसम्म काठमाण्डौमा १४औं राष्ट्रिय महाधिवेशन आयोजना हुने कार्यतालिका छ ।

paribartan 1

बाँकेमा पनि उम्मेदवारहरुको चर्चा शुरु भएको छ । नेपाली कांग्रेसका पूर्व सभापति एवम् पूर्व प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाको विरासत बोकेको जिल्ला भएर पनि बाँकेको चर्चा बढी हुन्छ । यहाँ कसले जिल्लाको नेतृत्व लिन्छ भन्ने विषयले केन्द्रैसम्म महत्व पाउने गर्दछ । जिल्ला सदरमुकाम नेपालगन्ज साविकको मध्य र सुदुरपश्चिमको 'ट्रान्जिट' भएको कारण पनि बाँकेलाई चासोको दृष्टिले हेरिन्छ ।

यो पटक जिल्लाको नेतृत्व लिन झण्डै एक दर्जन नेता दौडमा छन् । अघिल्लो जिल्ला अधिवेशनमा पनि चार जनाले प्रतिष्पर्धा गरेका थिए । किरण कोइराला, निरन्जनसिंह सिजापति, नारायण प्रसाद गौडेल र लक्ष्मी नारायण शाह चुनावी मैदानमा थिए । तर, पहिलो चरणमा कसैले पनि ५१ प्रतिशत पु¥याउन नसकेपछि दोस्रो राउण्डमा सभापतिमा किरण कोइराला र निरन्जनसिंह सिजापतिबीच प्रतिष्पर्धा भएको थियो । किरण कोइरालाले सभापतिमा बाजी मारिन् ।

अहिले चर्चामा रहेका नाम मध्ये कुर्मी, हमाल, बर्मा, सिजापति र शाह देउबा निकट हुन् भने पौडेल, राणा र गौडेल संस्थापन इतरका नेता हुन् । सभापति देउवा पक्षीय उम्मेदवार बढी भएका कारण बाँकेमा देउवा पक्षलाई उम्मेदवार टुंग्याउन सकस हुने देखिन्छ । तर, संस्थापन इतर समूहमा भने कम दावेदारी देखिएको छ ।

अहिले अघिल्लो अधिवेशनमा प्रतिष्पर्धा गरिसकेका तीन जनासंगै अन्यको पनि कांग्रेस बृत्तमा चर्चा छ । कति त आन्तरिक तयारीमा जुटिसकेका पनि छन् । अघिल्लो प्रतिष्पर्धामा उत्रेका सिजापति, गौडेल र शाहले यस पटक पनि दाबेदारी प्रस्तुत गरिरहेका छन् । उनीहरु फेरि लड्ने 'मुड'मा छन् । यी बाहेक १२औं महाधिवेशनमा पूर्व सभापति स्वर्गीय अरुण कोइरालासंग प्रतिष्पर्धा गरेका राजकुमार बर्माको पनि चर्चा छ । पार्टी जिल्ला सचिव युवा नेता तप्त पौडेललाई पनि सभापतिका सशक्त दाबेदारका रुपमा हेरिएको छ । अहिलेका जिल्ला कार्यसमितिका उपसभापति सुनिलनरसिंह राणा पनि सभापतिमा उठ्ने चर्चा छ ।

संविधानसभा सदस्य बादशाह कुर्मी, लुम्बिनी प्रदेशका सांसद् सुरेन्द्र हमाल पनि उम्मदेवार बन्ने चर्चा छ । कता कता वर्तमान सभापति कोइराला 'रिपिट' हुने गाइँगुइँ सुनिन्छ । तर, त्यो सम्भावना निकै कम रहेको कांग्रेस नेताहरु बताउँछन् । यद्यपि औपचारिकरुपमा कसैले पनि 'मुख' खोलेका छैनन् । सबै 'पर्ख र हेर'को रणनीतिमा देखिन्छन् ।

यी मध्ये को नेता केन्द्रमा कुन समूहमा नजिक छ भन्ने कुराले अन्तिम उम्मेदवारी निर्धारण हुने स्थानीय नेताहरु बताउँछन् । सुशील कोइराला जिवितै रहँदा बाँकेको राजनीतिमा उनको निर्णयलाई 'क्रस' गर्ने विरलै भेटिन्थे । असन्तुष्टि भएपनि हत्तपत्त विमति जनाइहाल्ने अवस्था थिएन । तर, अहिले 'अभिभावकीय भूमिका'को अभाव हुँदा कसैले कसैलार्ई नटेर्ने अवस्था छ । यद्यपि केन्द्रको आफ्नो लाइनको 'लाइन' जसले पाउँछ उसले नै प्रतिष्पर्धा गर्ने सम्भावना बढी रहन्छ ।

अहिले चर्चामा रहेका नाम मध्ये कुर्मी, हमाल, बर्मा, सिजापति र शाह देउबा निकट हुन् भने पौडेल, राणा र गौडेल संस्थापन इतरका नेता हुन् । सभापति देउवा पक्षीय उम्मेदवार बढी भएका कारण बाँकेमा देउवा पक्षलाई उम्मेदवार टुंग्याउन सकस हुने देखिन्छ । तर, संस्थापन इतर समूहमा भने कम दावेदारी देखिएको छ ।


प्रकाशित मिति: मंगलबार, असार १५, २०७८  १६:५१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP