Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, भदौ २८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • बाँके कांग्रेसमा क्षेत्रीय सभापतिका लागि 'रस्साकस्सी'
बाँके कांग्रेसमा क्षेत्रीय सभापतिका लागि 'रस्साकस्सी'
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, असार २६, २०७८ बागेश्वरी पोस्ट
बाँके कांग्रेसमा क्षेत्रीय सभापतिका लागि 'रस्साकस्सी'

नेपालगञ्ज । नेपाली कांग्रेसको १४औं महाधिवेशन नजिकिँदै गर्दा वडादेखि केन्द्रसम्म सरगर्मी बढेको छ । वडा अधिवेशन साउन १२ गते हुँदैछ । त्यस्तै पालिका स्तरीय अधिवेशन १६ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन २० गते, प्रतिनिधि सभा निर्वाचन क्षेत्र अधिवेशन साउन २३ गते, जिल्ला अधिवेशन २६ गते र प्रदेश अधिवेशन भदौ १ र २ गते सम्पन्न भई भदौ १६ देखि १९ सम्म केन्द्रिय महाविधेशन काठमाण्डौमा हुने कार्यतालिका छ । अधिवेशन संघारमै आइपुग्दा बुथ सभापतिदेखि केन्द्रिय सभापतिसम्मका उम्मेदवारहरुले आकांक्षा प्रकट गरिरहेका छन् । कतिपय त 'ब्याक' नहुने गरी तीब्र तयारीमा जुटेका समेत छन् ।

बाँकेमा पनि उम्मेदवारहरुको चर्चाले बजार तात्न थालेको छ । वडा वडामा बुथ सभापतिदेखि जिल्ला सभापतिसम्म क-कसले उम्मेदवारी दिँदैछन् भन्ने चर्चा परिचर्चाले माहोल गर्माएको छ । तीन वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको बाँकेमा झण्डै एक दर्जन आकांक्षी देखिएका छन् । क्षेत्र नम्बर १ मा ५ जनाको चर्चा छ । क्षेत्र नम्बर २ मा ३ जना र क्षेत्र नम्बर ३ मा २ जनाको नामले चर्चा पाएको छ । यी मध्ये अधिकांशले 'मुख' खोलिसकेका छन् भने केही 'पर्ख र हेर'को रणनीतिमा छन् ।

कोहलपुर नगरपालिका, राप्तीसोनारी गाउँपालिका र नरैनापुर गाउँपालिका क्षेत्र समेटेको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा लामो समय पत्रकारिता गरेर पार्टीको सक्रिय राजनीतिमा होमिएका पोषण केसीदेखि विद्यार्थी नेता पूर्ण आचार्यसम्मको चर्चा छ । केसी नेपाल पत्रकार महासंघका पूर्व महासचिव हुन् भने आचार्य नेपाल विद्यार्थी संघ बाँकेका अध्यक्ष हुन् । केसी र आचार्यसंगै अहिलेका क्षेत्रीय सभापति माधवराम खत्री पनि दोहोरिने दौडमा छन् । गत क्षेत्रीय अधिवेशनमा खत्रीसंग पराजित भएका युवराज पौडेलको पनि क्षेत्रीय सभापतिमा चर्चा छ । बर्तमान क्षेत्रीय सचिव डिल्ली गिरीले पनि क्षेत्रीय सभापतिमा लड्ने 'मुड' बनाएका छन् । केसी, आचार्य, पौडेल र गिरी संस्थापन इतरका हुन् भने खत्री संस्थापन पक्षका हुन् ।

सदरमुकाम नेपालगञ्ज उपमहानगरपालिकासहित जानकी र डुडुवा गाउँपालिका समेटिएको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा वर्तमान क्षेत्रीय सभापति रमेश कुमार गुप्ता पुनः सभापति बन्ने दाउमा छन् । तरुण दलका बाँके जिल्ला अध्यक्ष तथा नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष विरेन्द्र बहादुर शाहले पनि क्षेत्रीय सभापतिमा आफ्नो उम्मेदवारी हुने बताइसकेका छन् । नेपालगञ्ज नगर सभापति प्रशान्त विष्टलाई पनि क्षेत्रीय सभापतिको सम्भावित उम्मेदवारका रुपमा हेरिएको छ । यद्यपि उनले नगर सभापतिमै चुनाव लड्ने 'इच्छा' देखाएका छन् । तर, क्षेत्रीय सभापतिमै उनको उम्मेदवारीलाई नकार्न नसकिने कांग्रेस बृत्तमा चर्चा छ । कांग्रेसको समूहगत राजनीतिमा गुप्ता र शाह संस्थापन निकटका मानिन्छन् भने विष्ट संस्थापन इतरका हुन् ।

खजुरा र बैजनाथ गाउँपालिका समेटेर बनेको प्रतिनिधिसभा क्षेत्र नम्बर ३ मा भने अहिलेसम्म दुई जनाको मात्र चर्चा छ । अहिलेका सभापति नक्की खाँ र खाँसंगै गत अधिवेशनमा पराजित भएका प्रकाश शाहीको उम्मेदवारी रहने प्रबल सम्भावना छ । खाँ संस्थापन पक्षका हुन् भने शाही संस्थापन इतरका नेता हुन् ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्रको सभापतिमा धेरै जनाले दाबी गरेपनि तीन वटै निर्वाचन क्षेत्रमा अन्त्यमा पार्टीको समूहगत 'लाइन' पाउने संस्थापनका एक र संस्थापन इतरका एक जना गरी दुई जना बीच मात्रै प्रतिष्पर्धा हुने सम्भावना बढी रहने कांग्रेसका नेता कार्यकर्ता बताउँछन् ।

एउटा क्षेत्रको कमाण्डर भएर आफ्नो प्रभाव बढाउन सकिने, स्थानीय तह तथा प्रदेश र संघको संसदीय निर्वाचनमा टिकट वितरणमा अहम् भूमिका हुने, क्रियाशील सदस्यता वितरणमा 'लाभ' पुग्ने भएका कारण पनि कांग्रेसमा क्षेत्रीय सभापतिमा 'आकर्षण' हुने गर्दछ ।


प्रकाशित मिति: शनिबार, असार २६, २०७८  १८:२८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादव दिइन् राजीनामा
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादव दिइन् राजीनामा
बीपी कोइरालाको ११३औं जन्मजयन्तीमा कांग्रेस बाँकेद्वारा माल्यार्पण
बीपी कोइरालाको ११३औं जन्मजयन्तीमा कांग्रेस बाँकेद्वारा माल्यार्पण
सामाजिक सञ्जालमा गालीगलौज रोक्न एमाले बाँकेको चेतावनी, ‘स्क्रिनसट पुस्तिका बनाएर घर–घर पठाउँछौँ’
सामाजिक सञ्जालमा गालीगलौज रोक्न एमाले बाँकेको चेतावनी, ‘स्क्रिनसट पुस्तिका बनाएर घर–घर पठाउँछौँ’
जेनजी आन्दोलनको एक वर्ष: सडकमा उठेको प्रश्नको जवाफ अब परिणामबाट खोजिँदै
जेनजी आन्दोलनको एक वर्ष: सडकमा उठेको प्रश्नको जवाफ अब परिणामबाट खोजिँदै
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP