prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असोज २, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • देउवा प्रधानमन्त्री भएको चीनले पत्तै पाएन
देउवा प्रधानमन्त्री भएको चीनले पत्तै पाएन
banijya office RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, साउन १, २०७८ बागेश्वरी पोस्ट
देउवा प्रधानमन्त्री भएको चीनले पत्तै पाएन

नेपालगन्ज । लामै उतारचढावपछि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा २९ असारमा पद तथा गोपनीयताको शपथ लिए। झन्डै दुई तिहाइको प्रचण्ड बहुमत सहित सत्ता रोहण भएको केपी ओली नेतृत्वको सरकार आफ्नै भारले थिचिएर पाँच वर्षको कार्यकाल पुरा नगरी बाहिरिएसँगै देउवाले सरकार सम्हाल्ने अवसर पाएका हुन्।

पाँच दलीय गठबन्धनको नेतृत्व गर्दै काँग्रेस सभापति देउवा प्रधानमन्त्री  भएसँगै देशभित्र र बाहिरबाट बधाई प्राप्त भएका छन्। छिमेकी देश भारत र अमेरिकी राजदूतले आफ्ना आफ्ना देशका तर्फबाट प्रधानमन्त्री देउवालाई भेटेरै बधाई दिए । तर अर्को छिमेकी चीनले देउवा प्रधानमन्त्री भएको पत्तै नपाए झैँ गरेको छ। 

भारतीय राजदूत विनय मोहन क्वात्राले ३० असारको बिहानै प्रधानमन्त्री देउवालाई भेटेर बधाई दिए । क्वात्राले प्रधानमन्त्री देउवाको कार्यकालमा नेपाल र भारतको वहुआयामिक साझेदारी र जनता जनताबीचको सम्बन्धलाई आपसी हित र समृद्धिको लागि काम गर्न चाहेको उल्लेख गरेका छन्। 

त्यसैसरि बिहीबार प्रधानमन्त्री देउवालाई भेटेरै शुभकामना दिँदै अमेरिकी राजदूत रेण्डी बेरीले बिहीबार करिब ७५ वर्षदेखिको मित्रतालाई निरन्तर बलियो बनाउन वाइडेन प्रशासनको तर्फबाट प्रतिबद्धता जनाए। अन्य देशका तर्फबाट पनि प्रधानमन्त्री देउवाले शुभकामना पाइरहेका छन्। 

तर, अर्को छिमेकी राष्ट्र चीनले भने देउवा नेपालको नयाँ प्रधानमन्त्री भएको पत्तै नपाएको झैँ गरेको छ। कुनै समय दुई ठुला कम्युनिस्ट पार्टीलाई एक बनाएर नेकपा बनाउन भूमिका खेलेको चिनियाँ कम्युनिस्ट पार्टी र उसकै नेतृत्वको चीन सरकारले नेपालले नयाँ प्रधानमन्त्री पाउँदा पत्तै नपाएको व्यवहार देखाएको हो। चीन सरकारको नेपालमा रहेको दूतावासले पनि नयाँ सरकार बनेको पत्तै नपाएको देखिएको छ।

सामाजिक सञ्जालमा अत्यन्तै सक्रिय देखिने चिनियाँ राजदूत होऊ यान्छी यो पटक चुपचाप झैँ देखिएकी छिन्। न त उनको सामाजिक सञ्जालमा नै नेपालको नयाँ प्रधानमन्त्रीको बारेमा उल्लेख छ न त उनले नयाँ प्रधानमन्त्री देउवालाई भेटेरै बधाई दिएकी छिन् । विगतमा नयाँ प्रधानमन्त्री मात्र नभई सभामुख,मन्त्रीहरूलाई पनि बधाई दिन हतार गर्ने चिनियाँ राजदूत अहिले किन चुपचाप छिन् भन्ने धेरैले प्रश्न गरेका छन्। 

भारत र अमेरिकाका राजदूतहरूले भेटेरै आफ्नो देशको तर्फबाट बधाई दिँदा पनि चीनको यो मौनता बुझिनसक्नुको रहेको छ। के चीन देउवा नेतृत्वको सरकारप्रति खुसी छैन त भन्ने अड्कल पनि काटिन थालेको छ। 

कतिपयले चीनको यो चिसो प्रतिक्रिया विगतमा चिनियाँ कम्युनिस्ट पार्टी निकट अङ्ग्रेजी पत्रिका ग्लोबल टाइम्सको १० नोभेम्बर २०२० को अनलाइन संस्करणको लेखसँग पनि जोडेर हेरेका छन्। ‘हु इज विहाइन्ड दी फ्याब्रिकेटेड रिपोर्ट्स प्रोभोकिङ नेपाल एग्नेस्ट चाइना रुु शीर्षकको समाचारमा ‘भारत पक्षधर पहिचान बनाएका नेपाली काँग्रेस र तिनका नेताले सीमा अतिक्रमणको गलत हल्ला फैलाइरहेका छन् ।’ भन्ने गम्भीर आरोप लगाइएको थियो। सो आरोपको नेपाली काँग्रेसले वक्तव्य निकालेरै गम्भीर असहमति जनाउँदै खण्डन गरेको थियो। 

हुम्लास्थित १२ नम्बर सीमा स्तम्भ चीनले अतिक्रमण गरेर नेपालतिर सारेको विषय स्थानीयहरूले उठाएपछि काँग्रेस नेता जीवनबहादुर शाहीको नेतृत्वमा अनुगमनसमेत भएको थियो । अनुगमनका क्रममा शाहीले सीमा अतिक्रमणमा भएको प्रतिवेदन पार्टीलाई बुझाएका थिए । देउवा नेतृत्वको सरकार बन्नु केही दिन अघि मात्रै कर्णाली प्रदेश मुख्यमन्त्री र शाहीको टोली सोही क्षेत्रमा हवाई निरीक्षणमा फेरि गएको थियो। 

नेकपा नेतृत्वको सरकार गठन भएदेखि नेपालको राजनीतिमा केही समय माइक्रो म्यानेजमेन्टमा समेत उत्रेको चीन पछिल्लो समय भने नयाँ प्रधानमन्त्रीलाई बधाई दिन पनि हच्किएको देख्दा कूटनीतिक क्षेत्रका जानकारहरूले अचम्मै मानेका छन्।हाम्राकुराबाट।


प्रकाशित मिति: शुक्रबार, साउन १, २०७८  ०७:४९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP