prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असोज २, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • देउवा उतिबेला श्री ५ बाट अहिले श्रीमान् ५ बाट प्रधानमन्त्री : प्रदीप ज्ञवाली
देउवा उतिबेला श्री ५ बाट अहिले श्रीमान् ५ बाट प्रधानमन्त्री : प्रदीप ज्ञवाली
banijya office RSG-2
बागेश्वरी पोस्ट
आइतबार, साउन ३, २०७८ बागेश्वरी पोस्ट
देउवा उतिबेला श्री ५ बाट अहिले श्रीमान् ५ बाट प्रधानमन्त्री : प्रदीप ज्ञवाली
नेकपा एमालेका सचिव प्रदीप ज्ञवाली

नेपालगन्ज । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा श्रीमान ५ बाट प्रधानमन्त्री नियुक्त भएको टिप्पणी गरेका छन् ।

विश्वासको मत लिने प्रधानमन्त्री देउवाको प्रस्तावमाथि संसदमा भएको छलफलमा भाग लिँदै ज्ञवालीले ०६१ मा श्री ५ बाट प्रधानमन्त्री भएका देउवा अहिले सर्वोच्च अदालतका ५ न्यायाधीशबाट प्रधानमन्त्री बनेको बताएका हुन् ।

एमाले नेता प्रदीप ज्ञवालीले शेरबहादुर देउवा २०७१ सालमा श्री ५ बाट र अहिले सर्वोच्च अदालतको फैसलबाट प्रधानमन्त्री बनेको बताएका छन्। ज्ञवालीले  प्रतिनिधिसभाको आइतबारको बैठकमा सम्बोधन गर्दै २०६१ सालमा प्रधानमन्त्री बनेपछि देउवाले राजाबाट आफूलाई न्याय मिलेको बताएको विषय स्मरण गर्दै उक्त कुरा बताएका हुन्।

उनले अहिले देउवा सर्वोच्च अदालतका पाँच न्यायाधीशको आदेशमा प्रधानमन्त्री बनेको बताए। प्रतिनिधिसभा विघटन विरुद्ध परेको रिटमा सुनुवाइ गर्न पाँच जना न्यायाधीश सम्मिलित संवैधानिक इजलास गठन गरिएको थियो। सोही इजलासले संसद् विघटन बदर गरेको थियो भने शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आदेश दिएको थियो। ज्ञवालीले कुनै पनि लोकतन्त्रले सर्वोच्च अदालतले प्रधानमन्त्री तोक्छ भनेर कल्पना पनि नगरेको बताए। 

ज्ञवालीले भने, ‘जतिसुकै अप्रिय भए पनि सर्वोच्च अदालतको फैसला स्वीकार्य स्वीकार्य छ।’ यद्यपि लोकतन्त्र अडिएका पिलर खलबलिएको भन्दै ज्ञवालीले चिन्ता व्यक्त गरे। उनले भने, ‘हाम्रो चिन्ता प्रणालीप्रति हो। विघटन गलत थियो भने जहाँबाट गल्ती भयो अदालतले त्यहींबाट सुधार भन्नुपर्ने थियो।’ उनले रेफ्रीले आफैंले गोल गरेर विजयी घोषणा गरिएको भन्दै आपत्ति जनाए। 

उनले एमालेका निम्ति जनता भगवान् र सर्वोच्च अदालत रहेका बताए। प्रत्येक चोटि कोरोना खोप लगाउँदा नेपाली जनताले एमालेलाई सम्झने दाबी उनले गरे। उनले २०७२ सालको भूकम्पले ध्वस्त पारेको संरचना निर्माण भइसकेकाले त्यसलाई पनि नेपाली जनताले सम्झिइरहने धारणा राखे। ज्ञवालीले सगरमाथाको उचाइ र चुच्चे नक्सालाई पनि नेपाली जनताले सम्झिइरहने बताए।

२०५९ असोजमा असक्षम भनेर बर्खास्त भएका देउवालाई तत्कालीन राजाले २०६१ प्रधानमन्त्री नियुक्त भएपछि मैले आज श्री ५ बाट न्याय पाएँ भनेको स्मरण गर्दै ज्ञवालीले भने, ‘श्री ५ ले दिनुभएको न्याय माघ १९ मा कहाँ गयो हामी सबैलाई थाहा छ । आज ५ जना श्रीमानहरुबाट माननीय शेरबहादुर देउवा प्रधानमन्त्री हुनु भएको छ । उतिबेला श्री ५, अहिले श्रीमान ५ ।’

प्रतिनिधिसभा विघटन गलत भएको भए दलहरुले निर्णय गर्न दिनुपर्ने भन्दै उनले भने, ‘रेफ्रीले आफैं गोल हानिदिनुभयो । विजेता घोषणा गरिदिनुभयो । रेफ्रीले हानेको गोलबाट विजेता हुनुभएको छ । तर प्रणाली भत्कियो भने ….।’

संविधानको धारा ७६(५) को अपव्याख्या गरेर जस्केलाबाट निर्दलीय व्यवस्थालाई छिराइएको र यसले शक्ति पृथकीकरणको सिद्धान्त खल्बदिने आफू र आफ्नो दलको चिन्ता भएको एमाले सचिव ज्ञवालीले बताएका छन् ।


प्रकाशित मिति: आइतबार, साउन ३, २०७८  १९:१४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP