Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, भदौ २८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेसबाट मन्त्री बन्न आकांक्षी सांसदहरु!
कांग्रेसबाट मन्त्री बन्न आकांक्षी सांसदहरु!
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, साउन ६, २०७८ बागेश्वरी पोस्ट
कांग्रेसबाट मन्त्री बन्न आकांक्षी सांसदहरु!

नेपालगन्ज ।प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिहीबार मन्त्रीपरिषद् विस्तार गर्ने तयारी थालेका छन् । प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मंगलबार दुई पटक भएको छलफलमा सत्ता गठवन्धन आबद्ध नेताहरुबीचको छलफलपछि बिहीबार मन्त्रीपरिषद् विस्तार गर्ने सहमति बनेको कांग्रेसका एक नेताले जानकारी दिए ।
 
ती नेताका अनुसार कांग्रेसले ८, माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव पक्षलाई ६–६ मन्त्रालय दिने विषयमा छलफल भइरहेको छ । यसैगरी एमालेको माधव नेपाल समूहलाई पनि सरकारमा ल्याउन नेताहरुले प्रयास गरिरहेका छन् । ‘अहिले हाम्रा बीचमा मन्त्रीपरिषद् विस्तारका विषयमा कुनै समस्या छैन, विश्वासको मत दिन आएको जसपाको महन्थ ठाकुर पक्षलाई के गर्ने भन्ने विषय हो, त्यो पनि बुधबारसम्म शीर्ष नेताहरुले टुंगाउनु हुन्छ,’ देउवा निकट एक नेताले भने । 

यस्तै जसपाको निर्वाचन आयोगमा रहेको आधिकारिकताको विवादका कारण पनि मन्त्रीमण्डल विस्तारमा ढिलाइ भइरहेको बताउँदै आइएको छ । अब विस्तार हुने मन्त्री मण्डलमा कांग्रेसबाट भने आकांक्षीहरु धेरै देखिएका छन् । संविधानतः प्रधानमन्त्रीसहित बढीमा २५ मन्त्री बनाउन पाउँछन् । यो कारण देउवा दबाबमा भने रहने छन् । 

मन्त्रीका लागि सभापतिसमेत रहेका प्रधानमन्त्री देउवालाई आकांक्षीहरूले ‘लबिङ’ तीव्र पारिरहेका छन् । देउवासँग कांग्रेस भित्रैको रामचन्द्र पौडेल समूहले पनि उपप्रधानसहितको मन्त्रालयमा दाबी गर्दै आइरहेको छ । 

कांग्रेसले अब आफूले लिएका बाहेक चार वा पाँच मन्त्रालय पाउने सम्भावना छ । जसमा आफ्ना गुटकासँगै पौडेल पक्ष र नेता कृष्णप्रसाद सिटौलालाई मिलाउनु पर्ने बाध्यतामा प्रधानमन्त्री देउवा छन् ।  

कांग्रेसको संस्थापन समूहबाट डा। नारायण खड्का, डा। डिला संग्रौला, पुष्पा भुसाल, मीन विश्वकर्मा, देवेन्द्रराज कँडेल, किशोरसिंह राठौर, विनोद चौधरी, भरत शाह आकांक्षी छन् । महामन्त्री डा। शशांक कोइरालासँगसमेत निकट रहेका चौधरीलाई परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिनसक्ने चर्चा छ । 

यसैगरी पौडेल समूहबाट डा। शशांक कोइराला, प्रकाशमान सिंह, सुजाता कोइरालामध्ये एक जना हुने गरी उपप्रधानसहितको दाबी गरिरहेका छन् । यस्तै सोही समूहबाट डा। मिनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडू, सञ्जय गौतम, तेजुलाल चौधरी चर्चामा छन् । त्यसैगरी गगन थापाको नाम पनि सो समूहबाट प्रस्तावित भएको छ । यो समूहबाट दीव्यमणि राजभण्डारीको नाम पनि चर्चामा छ । 

यसैगरी सिटौला समूहबाट गगन थापा, भीमसेनदास प्रधान र उमाकान्त चौधरी चर्चामा छन् । यीमध्ये एक जनालाई सिटौलाले सिफारिस गर्ने सम्भावना छ । 

तर अहिलेसम्म पनि देउवाले मन्त्रीका लागि आफ्नै दल भित्रका नेताहरुसँग नाम मागिसकेका छैनन् । सो विषयमा बुधबार छलफल हुने बताइएको छ ।हाम्राकुराबाट।


प्रकाशित मिति: बुधबार, साउन ६, २०७८  १०:३२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादव दिइन् राजीनामा
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादव दिइन् राजीनामा
बीपी कोइरालाको ११३औं जन्मजयन्तीमा कांग्रेस बाँकेद्वारा माल्यार्पण
बीपी कोइरालाको ११३औं जन्मजयन्तीमा कांग्रेस बाँकेद्वारा माल्यार्पण
सामाजिक सञ्जालमा गालीगलौज रोक्न एमाले बाँकेको चेतावनी, ‘स्क्रिनसट पुस्तिका बनाएर घर–घर पठाउँछौँ’
सामाजिक सञ्जालमा गालीगलौज रोक्न एमाले बाँकेको चेतावनी, ‘स्क्रिनसट पुस्तिका बनाएर घर–घर पठाउँछौँ’
जेनजी आन्दोलनको एक वर्ष: सडकमा उठेको प्रश्नको जवाफ अब परिणामबाट खोजिँदै
जेनजी आन्दोलनको एक वर्ष: सडकमा उठेको प्रश्नको जवाफ अब परिणामबाट खोजिँदै
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP