नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, चैत ४, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • प्रहरी-प्रशासनमा एमालेको कब्जा रहेको महेश बस्नेतको खुलासा
प्रहरी-प्रशासनमा एमालेको कब्जा रहेको महेश बस्नेतको खुलासा
बागेश्वरी पोस्ट
बुधबार, साउन ६, २०७८ बागेश्वरी पोस्ट
प्रहरी-प्रशासनमा एमालेको कब्जा रहेको महेश बस्नेतको खुलासा

नेपालगन्ज ।नेकपा एमालेका नेता तथा अध्यक्ष केपी शर्मा ओलीका निकटस्थ महेश बस्नेतले प्रहरी र प्रशासनमा एमालेको कब्जा रहेको खुलासा गरेका छन् । आफ्ना नेता तथा कार्यकर्तालाई सम्वोधन गर्ने क्रममा बस्नेतले यस्तो खुलासा गर्दै अहिलेको शेरबहादुर देउवा नेतृत्वको सरकारमाथि हुँकार छाडेका हुन् । 

उनले सम्वोधनका क्रममा भने, ‘अहिले मुलुकको स्थायी सरकार कोही छ भने त्यो नेकपा एमाले हो । हामी सत्तामा भए पनि नभए पनि । यहाँ भित्रको प्रहरी प्रशासन भित्र हामीलाई माया गर्ने सपोर्ट गर्ने धेरै साथीहरु हुनुहुन्छ ।’

नेता बस्नेतले ‘हाम्रा विरुद्ध यस्ता खालका षडयन्त्र हुने खालका लक्षण देखिए भने हामी बडो सशक्त ढङ्गले प्रतिरोध गर्न तयार छौं ।’ भनी कार्यकर्तालाई हौसाएका छन्। उनी भिडन्तको मुडमा देखिएको पनि स्पष्टै हुन्छ । केपी शर्मा ओलीले बालुवाटार छाड्नुअघि प्रधानमन्त्रीको कुर्सी खोसिएकै दिन असार २९ गते महेश बस्नेत इन्चार्ज रहेको युथ फोर्स एमालेले फेरि ब्युँताएको थियो । 

उनले केपी ओलीले मधेशी नेताहरुलाई एमालेमा भित्र्याउन अध्यादेश ल्याएको खुलासासमेत गरेका छन् । उनले उक्त क्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले नेता माधवकुमार नेपाललाई मात्र सम्झेनन् नेपाली कांग्रेसको कर्तव्यमाथि पनि प्रश्न उठाए । 

उनले भने, ‘नेपाल बदल्ने अध्यादेश ल्याइरहँदा मधेश आन्दोलनबाट विद्रोह गरेका साथीहरुलाई एमालेमा प्रवेश गर्ने कुरा गरिरहँदा प्रचण्ड र माधव नेपालहरुले त्यो अध्यादेशको विरोध गर्नुभो । कांग्रेसले सदन अवरोध गर्यो । आज फेरि एमाले फुटाउनको निमित्त त्यो अध्यादेश ल्याइँदैछ भन्ने सुन्दैछौं ।’

ओलीले दुई पटक असंवैधानिक तबरले विघटन गरेको प्रतिनिधिसभालाई ब्युँताएको सन्दर्भमा रीस फेर्दै उनले भनेका छन्, ‘सदन अन्त्य गरिँदैछ भन्ने कुरा सुन्दैछौं । संसदीय पद्धतिको वकालत गर्ने र हामी नहुँदा संसदीय व्यवस्था हुँदैन संसदीय व्यवस्था नहुँदा हामी हुँदैनौं भन्ने कांग्रेसलाई लाज लाग्नु पर्ने हो । एमाले जुटाउनको निमित्त अध्यादेश ल्याउने केपी ओलीलाई रोक्ने माधव नेपालहरुलाई लाज लाग्नु पर्ने हो एमाले फुटाउन अध्यादेश ल्याउने कुरा गरिरहँदा ।’

नेता बस्नेतले आक्रोशपूर्ण तरिकाले भने, ‘यो षडयन्त्र पनि हामी पार लाग्ने देख्दैनौं । अनि केपी ओलीसँग निकट रहेका नेकपा एमालेका नेता कार्यकर्तालाई अनेक झुठा मुद्दा लगाई फसाउने भन्ने कुरा साथीहरुले हल्ला गर्दै हुनुहुन्छ । म कान खोलेर सुन्नका लागि अनुरोध गर्न चाहन्छु । अहिले पनि प्रशासन लगायतका निकायहरुमा नेकपा एमाले निकै बलियो छ ।’

उनले अगाडि थपे, ‘हिजो कुनै बेलामा कांग्रेसलाई स्थायी सरकार भन्ने गर्थे मान्छेले । कांग्रेस सत्तामा नगए पनि प्रहरी प्रशासन कांग्रेसको आडमा चल्छ भन्थे । अहिले मुलुकको स्थायी सरकार कोही छ भने त्यो नेकपा एमाले हो । हामी सत्तामा भए पनि नभए पनि । यहाँ भित्रको प्रहरी प्रशासन भित्र हामीलाई माया गर्ने सपोर्ट गर्ने धेरै साथीहरु हुनुहुन्छ । र हाम्रा विरुद्ध यस्ता खालका षडयन्त्र हुने खालका लक्षण देखिए भने हामी बडो सशक्त ढङ्गले प्रतिरोध गर्न तयार छौं।’हाम्राकुराबाट।


प्रकाशित मिति: बुधबार, साउन ६, २०७८  १४:०४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कांग्रेस क्षेत्र नम्बर १ बाँकेले भन्यो-'निर्वाचन परिणाम स्वीकार्दै बिगतका कमजोरीका गम्भीर समीक्षा गर्छौं'
कांग्रेस क्षेत्र नम्बर १ बाँकेले भन्यो-'निर्वाचन परिणाम स्वीकार्दै बिगतका कमजोरीका गम्भीर समीक्षा गर्छौं'
नेपाली कांग्रेसका उम्मेदवार कोइरालाद्वारा मतदाताप्रति आभार ब्यक्त, विजयी उम्मेदवारलाई बधाई
नेपाली कांग्रेसका उम्मेदवार कोइरालाद्वारा मतदाताप्रति आभार ब्यक्त, विजयी उम्मेदवारलाई बधाई
बाँकेमा ४७ जना उम्मेदवारको जमानत जफत !
बाँकेमा ४७ जना उम्मेदवारको जमानत जफत !
बाँकेमा समानुपातिकतर्फ रास्वपा पहिलो दल
बाँकेमा समानुपातिकतर्फ रास्वपा पहिलो दल
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP