prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, साउन ३, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • गृहमा जान सचिवहरुको दौडधुप सुरु
गृहमा जान सचिवहरुको दौडधुप सुरु
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, साउन ७, २०७८ बागेश्वरी पोस्ट
गृहमा जान सचिवहरुको दौडधुप सुरु
गृह मन्त्रालय

नेपालगन्ज । सचिवहरुको लागि गृह मन्त्रालय सबैभन्दा आकर्षक कार्यालय हो । त्यसैले गृहमा जान सचिवहरुको सधै दौडधुप हुने गर्छ । यो दौडधुपमा सधै पहुँचवाला सचिवहरुले मात्र बाजी मार्दै आएका छन् । त्यसैले गृह सचिवलाई अन्य सचिवहरुले पनि भाग्यमानी र पहुँचवाला सचिव ठान्ने गर्छन् ।

paribartan 1

वर्तमान गृहसचिव महेश्वर न्यौपाने यस्तै भाग्यमानी गृहसचिव हुन् । किनभने उनी झण्डै दुई वर्षसम्म गृहमै बसेका छन् । अहिले सरकार फेरिएको छ । सरकारको नेतृत्व नेपाली कांग्रेसले गरेको छ र गृह मन्त्रालय पनि कांग्रेसको पोल्टामा आएको छ । त्यसैले गृहमा जान अहिले बहालवाला सचिवहरुले दौडधुप शुरु गरेका छन् । यस्तो दौडमा आधा दर्जनभन्दा बढी बहालवाला सचिवहरु छन् । 

वर्तमान गृहसचिव न्यौपानै आफैं पनि यो लाइनमा छन् । उनले गृहमै कायम रहन विभिन्न माध्यमबाट प्रयास जारी राखेका छन् । यसको लागि उनले आफू कांग्रेसी भएको देखाउन विद्यार्थी कालमा रत्नराज्य क्याम्पसमा पढ्दा नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्र्थी संघबाट राजनीति गरेको पनि सुनाउने गर्छन् । भक्तपुरका न्यौपानेलाई केपी शर्मा ओली नेतृत्वको निवर्तमान सरकारका पालामा स्थानीय एमाले नेता महेश बस्नेत सहितका भक्तपुरवासीले गृहमा ल्याउन भूमिका निभाएका थिए । 

‘डेमोक्रयाट’ भनेर चिनिएका गोकर्णमणि दुवाडी तथा कृष्णहरी पुस्कर पनि गृहको लाइनमा छन् । सहसचिवबाट सचिवमा बढुवा गर्न बढुवा सिफारिश समितिले पाँच पटकसम्म्म बढुवाको सिफारिश गर्दा पनि दुवाडीको बढुवा गरिएको थिएन । छैटौं पटकको सिफारिशमा मात्र उनी बढुवा भए । बढुवा हुने बित्तिकै उनलाई प्रदेश २ मा पठाइयो । झण्डै एक वर्षदेखि उनी प्रदेश २ मै कार्यरत छन् । सचिवहरु लामोसमयसम्म काठमाडौ बाहिर बस्दैनन् । दुई तीन महिनामै काठमाडौं सरुवा मिलाउने गर्छन । तर दवाडी भने झण्डै एक वर्षदेखि प्रदेश २ मै छन् । प्रदेश २ सरकारी कर्मचारीहरुकोलागि सबैभन्दा कम आकर्षक ठाउँ हो । 

पुस्कर केही दिन अघिमात्र सहसचिवबाट सचिवमा बढुवा भएका छन् । अहिले उनी मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयको अतिरिक्त समूहमा छन् । उनको पदस्थापन हुन बाँँकी छ । पहिलो पदस्पथापन गृहमा गराउन उनले जोडबल गरेका छन् । सहसचिव हुँदा उनी गृह मन्त्रालयको विपद् ब्यवस्थापनमा कार्यरत थिए ।

यसैगरी पर्यटन सचिव यादव कोइराला, श्रम सचिव सूर्य गौतम तथा संघीय मामिला सचिव एकनारायण अर्याल पनि गृहसचिव हुन दौडधुपमा लागेका छन् । गौतम र अर्याल सहसचिवबाट सचिवमा बढुवा भएपछि पहिलो नियुक्ति काठमाडौंमै पाउने भाग्यमानी सचिव हुन् । सहसचिवबाट सचिवमा बढुवा भएपछि पहिलो नियुक्ति काठमाडौं बाहिर गर्ने परम्परा छ । तर पहुँचवाला सचिवहरुले भने आफ्नो पहिलो नियुक्ति काठमाडौंमै गराउने गर्छन् । 

कोइराला, गौतम र अर्यालले केपी ओली नेतृत्व सरकारको पालामा प्रायः  ‘राम्रो ठाउँ’ पाएका थिए । अर्याल काठमाडौं महानगरपालिकाको सचिव पनि भएका थिए । त्यसो त गृह सचिव हुने दौडमा स्वास्थ्य सचिव लक्ष्मण अर्याल पनि लागिपरेका छन् । राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारीलाई गृहमा लैजानुपर्ने भन्नेहरुको संख्या पनि ठूलै छ । भण्डारीलाई गृह वा अर्थमा लैजाँदा उनले राम्रो काम गरेर देखाउन सक्ने भन्दै उनको पक्षमा लविङसमेत भइरहेको पाइएको छ ।


प्रकाशित मिति: बिहीबार, साउन ७, २०७८  १३:१९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP