नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, कात्तिक २३, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • कृषि अनुसन्धान कार्यालयहरुको प्रगति समिक्षा गोष्ठी खजुरामा सम्पन्न
कृषि अनुसन्धान कार्यालयहरुको प्रगति समिक्षा गोष्ठी खजुरामा सम्पन्न
banijya office RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, साउन ८, २०७८ बागेश्वरी पोस्ट
कृषि अनुसन्धान कार्यालयहरुको प्रगति समिक्षा गोष्ठी खजुरामा सम्पन्न

खजुरा(बाँके) । नेपाल कृषि अनुसन्धान परिषद्को तीन प्रदेशमा रहेका १२ ओटा कृषि अनुसन्धान कार्यालयहरुको आर्थिक बर्ष २०७७/७८ को तेस्रो चौमासिक तथा बार्षिक प्रगति समिक्षा गोष्ठी खजुरामा शुक्रबार सम्पन्न भएको छ । 

कृषि अनुसन्धान निर्देशनालय लुम्बिनी प्रदेश खजुराले आयोजना गरेको गोष्ठीमा खजुरासहित कृषि अनुसन्धान निर्देशनालय सुदुरपश्चिम प्रदेश डोटी र कृषि अनुसन्धान निर्देशनालय कर्णाली प्रदेश सुर्खेतले आ-आफ्नो कार्यालयको प्रस्तुतिकरण गरेका थिए । खजुराका प्राविधिक अधिकृत रविन गिरी, डोटीका निर्देशक मथुरा यादव र सुर्खेतका प्राविधिक अधिकृत केशव पोख्रेलले कार्य प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो । गोष्ठीमा उच्च पर्वतीय कृषि अनुसन्धान प्रतिष्ठान जुम्लाका बैज्ञानिक रमेश प्रसाद साहले प्रस्तुतिकरण गर्नुभएको थियो । 

No description available.

No description available.

कृषि अनुसन्धान निर्देशनालय लुम्बिनी प्रदेश खजुराका निर्देशक अमर बहादुर पुन मगरको सभापतित्वमा सम्पन्न गोष्ठीको प्रमुख अतिथि नेपाल कृषि अनुसन्धान परिषद्का आर्थिक प्रशासन निर्देशक डा.युगनाथ घिमिरे हुनुहुन्थ्यो । गोष्ठीमा राष्ट्रिय गहुँबाली अनुसन्धान कार्यक्रम भैरहवा, कोसेबाली अनुसन्धान कार्यक्रम खजुरा, अदुवावाली अनुसन्धान कार्यक्रम कपुरकोट, कफी अनुसन्धान कार्यक्रम गुल्मी, भेडाबाख्रा अनुसन्धान कार्यक्रम जुम्ला, बागबानी अनुसन्धान केन्द्र दैलेख, कृषि अनुसन्धान केन्द्र जुम्ला र बागबानी अनुसन्धान केन्द्र जुम्लाले पनि आ-आफ्ना कार्यालयका प्रगति विवरण प्रस्तुत गरेका थिए । 

No description available.

गोष्ठीमा बोल्दै प्रमुख अतिथि नेपाल कृषि अनुसन्धान परिषद्का आर्थिक प्रशासन निर्देशक डा।घिमिरेले विगतका अनुसन्धान सिकाई र कार्यशैलीको समिक्षा गर्दै आगामी दिनमा थप परिमार्जन गर्दै कार्ययोजना बनाई अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले नार्कमा विकास भएका प्रविधि किसानसम्म पुगेपछि मात्र अनुसन्धानको उपलब्धिले पूर्णता पाउने भएकाले किसानसम्म प्रविधि विस्तारलाई जोड दिन निर्देशन दिनुभयो । डा. घिमिरेले स्थानीय र प्रदेश स्तरका कृषि विकाससंग सम्बन्धित सरकारी गैरसरकारी निकायसंग समन्वयमा जोड समेत दिनुभयो । 

खजुराका निर्देशक पुन मगरले नार्कले मातहतका कार्यालयको अनुसन्धान परियोजनाको डिजिटल मोनिटरिङ गर्नुपर्ने बताउनुभयो । किसानले बुझ्ने भाषामा प्रविधि सामग्री प्रकाशन गरिनुपर्नेमा उहाँको जोड छ । आफूहरुले लुम्बिनी प्रदेशमा अनुसन्धान र प्रसार बीच स्थानीय र प्रदेशस्तरमा समन्वय बढाइरहेको र थप गर्दै जाने उहाँले उल्लेख गर्नुभयो । निर्देशक पुन मगरले कोभिडका कारणले वाह्य अनुसन्धानका केहि क्रियाकलापमा असर परेको भएपनि आफूहरु निरन्तर प्रविधि विस्तारमा लागिपरेको बताउनुभयो । उक्त गोष्ठीको सहजीकरण प्राविधिक अधिकृतद्वय हेमा पौडेल र सुमन बोहराले गर्नुभएको थियो ।


प्रकाशित मिति: शुक्रबार, साउन ८, २०७८  १७:०२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आइतबार नेपालगञ्जमा किसानको जुलुस प्रदर्शन
आइतबार नेपालगञ्जमा किसानको जुलुस प्रदर्शन
जिल्ला प्रशासन कार्यालय बाँकेमा राहदानी सेवा सुचारु
जिल्ला प्रशासन कार्यालय बाँकेमा राहदानी सेवा सुचारु
नेपालगञ्ज कारागारमा क्षमता भन्दा दोब्बर कैदीबन्दी
नेपालगञ्ज कारागारमा क्षमता भन्दा दोब्बर कैदीबन्दी
नैतिक र जिम्मेवार पत्रकारिता गर्न महासंघ बाँकेको आह्वान
नैतिक र जिम्मेवार पत्रकारिता गर्न महासंघ बाँकेको आह्वान
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP